सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“त्यस्ता मानिसहरूलाई आदरणीय ठान”

“त्यस्ता मानिसहरूलाई आदरणीय ठान”

सन्‌ १९९२ देखि परिचालक निकायका विभिन्‍न समितिलाई सघाउन अनुभवी ख्रीष्टियन एल्डरहरू नियुक्‍त गरियो। a “अरू भेडा”-बाट छानिएका यी सहयोगीहरूले परिचालक निकायलाई धेरै मदत पुऱ्‍याउँछन्‌। (यूह. १०:१६) हरेक हप्ता परिचालक निकायको विभिन्‍न समितिको छुट्टाछुट्टै सभा हुने गर्छ र ती सहयोगीहरू पनि आफूलाई खटाइएको समितिको सभामा जान्छन्‌। तिनीहरूले सभामा छलफल हुने विषयबारे आफूले अनुसन्धान गरेर थाह पाएको जानकारी वा सुझावहरू दिन्छन्‌ तर निर्णय भने परिचालक निकायका सदस्यहरूले नै गर्छन्‌। समितिले गरेको निर्णयअनुसार कामकुरा भएको छ कि छैन भनेर ती सहयोगीहरूले पक्का गर्छन्‌ र आफूले पाएको जुनसुकै जिम्मेवारी पूरा गर्छन्‌। परिचालक निकायका सदस्यहरूसितै तिनीहरू विशेष र अन्तरराष्ट्रिय अधिवेशनहरूमा जान्छन्‌। तिनीहरू मुख्यालय प्रतिनिधिको रूपमा शाखा कार्यालयहरूको भ्रमण पनि गर्छन्‌।

यो प्रबन्ध सुरु भए देखि नै परिचालक निकायको सहयोगीको रूपमा काम गर्दै आएका एक भाइ यसो भन्छन्‌: “मैले आफूले पाएको जिम्मेवारी राम्ररी पूरा गर्दा परिचालक निकायका भाइहरूले आध्यात्मिक मामिलाहरूमा ध्यान दिन सक्नुहुन्छ।” बीस वर्षदेखि सहयोगीको रूपमा काम गर्दै आएका अर्का भाइ यसो भन्छन्‌: “मैले अरू कुरासित तुलना गर्नै नसकिने सुअवसर पाएको छु।”

परिचालक निकायले ती वफादार र जेहनदार भाइहरूलाई भरोसा गर्छ अनि तिनीहरूले गरिरहेको सेवाको कदर गर्छ। त्यसकारण हामीले पनि “त्यस्ता मानिसहरूलाई आदरणीय” ठानौं।—फिलि. २:२९.

a परिचालक निकायको छ वटा समितिले गर्ने कामहरूबारे बुझ्न परमेश्‍वरको राज्यले शासन गर्दै छ! किताबको पृष्ठ १३१ हेर्नुहोस्‌।