सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌

यहोवाको उदारताको अनुकरण गर्नुहोस्‌

यहोवा उदार परमेश्‍वर हुनुहुन्छ। (याकू. १:१७) निलो आकाशमा चमचम चम्किरहेका ताराहरू, अनेक थरीका हरिया वनस्पतिले सजिएको सुन्दर पृथ्वी, यी सबै कुराले यहोवाको उदारताको प्रशंसा गर्छ।—भज. ६५:१२, १३; १४७:७, ८; १४८:३, ४.

सृष्टिकर्ता यहोवाले गर्नुभएको कामको भजनरचयिता असाध्यै कदर गर्थे। त्यसैले तिनले यहोवाको प्रशंसा गर्न सुमधुर गीत रचे। भजन अध्याय १०४ पढ्‌दा तिनको भावना कस्तो थियो भन्‍ने कुरा सजिलै बुझ्न सकिन्छ। तिनले यस्तो उद्‌गार व्यक्‍त गरे: “जहिलेसम्म म बाँच्नेछु, म परमप्रभुको भजन गाउँदै रहनेछु। मेरो जीवन रहुञ्जेल मेरा परमेश्‍वरको स्तुति म गाउँदै रहनेछु।” (भज. १०४:३३) के तपाईंको इच्छा पनि भजनरचयिताको जस्तै छ?

उदारताको उत्कृष्ट उदाहरण

उदार हुने सन्दर्भमा हामीले उहाँको अनुकरण गरेको यहोवा चाहनुहुन्छ। साथै, उदार हुनु किन राम्रो हो भनेर कारण पनि बुझाउनुभएको छ। उहाँले प्रेषित पावललाई यस्तो कुरा लेख्न प्रेरणा दिनुभयो: “जो यस वर्तमान युगमा धनी छन्‌, तिनीहरूलाई के आदेश देऊ भने तिनीहरू अभिमानी नहोऊन्‌ अनि आफ्नो आशा अस्थिर धनसम्पत्तिमा होइन तर हाम्रो आनन्दको लागि हामीलाई सबै कुरा प्रशस्तसित दिनुहुने परमेश्‍वरमा राखून्‌, भलाइको काम गरून्‌, असल काममा धनी होऊन्‌, उदारचित्तका होऊन्‌, बाँडचुँड गर्न तत्पर होऊन्‌ अनि आफ्नो भविष्यको लागि राम्रो जग बसालून्‌, जुन सुरक्षित धनसम्पत्तिसरह हुनेछ। यसरी तिनीहरूले साँच्चैको जीवनलाई दह्रोसित पक्रिराख्न सक्नेछन्‌।”—१ तिमो. ६:१७-१९.

प्रेषित पावलले कोरिन्थ मण्डलीलाई लेखेको दोस्रो पत्रमा अनुदान दिंदा असल मनसाय राखेर खुसीसाथ दिनुपर्छ भन्‍ने कुरामा जोड दिए। तिनले यसो भने: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन, किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।” (२ कोरि. ९:७) उदार भई खुसीसाथ अनुदान दिंदा दिने र पाउने दुवैलाई लाभ हुन्छ भन्‍ने कुरा पनि पावलले बताए। अनुदान पाउनेको आवश्‍यकता पूरा हुन्छ भने अनुदान दिनेले पनि प्रशस्त आशिष्‌ पाउँछन्‌।—२ कोरि. ९:११-१४.

पावलले आफ्नो पत्रको यो अंशको बिट मार्नुअघि यहोवाको उदारताको सबैभन्दा बलियो प्रमाण उल्लेख गरे। तिनले यस्तो लेखे: “परमेश्‍वरले सित्तैंमा दिनुहुने अवर्णनीय वरदानको लागि उहाँलाई धन्यवाद होस्‌।” (२ कोरि. ९:१५) यो पदमा उल्लेख गरिएको वरदानमा यहोवाले येशू ख्रीष्टमार्फत हामीलाई दिनुहुने सबै कुरा समावेश छ। यहोवाले हामीलाई यत्ति धेरै आशिष्‌ दिनुभएको छ, ती आशिष्‌हरूलाई औंलामा गन्‍न र त्यसको मूल्य तोक्न सकिंदैन।

यहोवा र येशू ख्रीष्टले हामीलाई देखाउनुभएको उदारताको कसरी कदर गर्न सक्छौं? एउटा तरिका, साँचो उपासनाको लागि आफ्नो समय, शक्‍ति र स्रोत-साधन दिएर हो। चाहे धेरै होस्‌ वा थोरै, यस्ता कुराहरू खुसीसाथ दिएर यहोवाको प्रशंसा गरौं।—१ इति. २२:१४; २९:३-५; लूका २१:१-४.

a नेपालको सन्दर्भमा “यहोवाका साक्षीहरू समाज”-को नाममा अनि भारतको सन्दर्भमा चाहिं “Jehovah’s Witnesses of India” को नाममा भुक्‍तान हुने गरी पठाउनुपर्छ।

b नेपालमा लागू हुँदैन

c अन्तिम निर्णय गर्नुअघि कृपया स्थानीय शाखा कार्यालयसित सम्पर्क राख्नुहोस्‌।

d नेपालमा लागू हुँदैन

e नेपालमा उपलब्ध छैन। भारतमा भने अङ्‌ग्रेजी कन्‍नडा तामिल तेलगु मल्यालम र हिन्दी भाषामा ‘आफ्नो धन-सम्पत्तिले यहोवाको आदर गर्नुहोस्‌’ उपलब्ध छ।