सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं चिन्‍नुहुन्छ आफ्नो स्वर्गका पितालाई?

के तपाईं चिन्‍नुहुन्छ आफ्नो स्वर्गका पितालाई?

के तपाईं चिन्‍नुहुन्छ आफ्नो स्वर्गका पितालाई?

तपाईं आफ्ना बुबालाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ? यदि मायालु परिवारमा हुर्कनुभएको हो भने ‘कस्तो प्रश्‍न सोधेको होला’ जस्तो तपाईंलाई लाग्ला। भन्‍नुहोला, ‘आम्मै! किन नचिन्‍नु नि, राम्ररी चिन्छु!’ हो, थुप्रैलाई आफ्ना बुबालाई के मन पर्छ/के मन पर्दैन, खास परिस्थितिमा उहाँ कस्तो प्रतिक्रिया देखाउनुहुन्छ र आफ्नो परिवारलाई उहाँ कत्तिको हेरविचार गर्नुहुन्छ त्यो कुरा थाह हुन्छ।

तर, त्यस्तो क्षण पनि होला जतिबेला तपाईंका बुबाले आशै नगरेको तरिकामा प्रतिक्रिया देखाउँदा तपाईं छक्क पर्नुभएको थियो। उदाहरणको लागि: कुनै छोराले आफ्ना बुबालाई सोझो र नम्र व्यक्‍तिको रूपमा चिनेको होला। तर आपत्‌कालीन परिस्थिति आइपर्दा भने तिनले आफ्ना बुबा परिवारको सुरक्षाको लागि एक्कासि कटिबद्ध र दृढ भएको देख्छन्‌।

हाम्रो सृष्टिकर्ताबारे चाहिं के भन्‍न सकिन्छ? उहाँबारे यसो भनिएको छ: “हामी उहाँमै जिउँछौं, र चलहल गर्दछौं, र यसरी हाम्रो अस्तित्व रहेको छ।” (प्रेरित १७:२८) हाम्रो जीवन यहोवामा निर्भर छ। यस अर्थमा उहाँ सबै मानिसका पिता हुनुहुन्छ। (यशैया ६४:८) सायद तपाईं परमेश्‍वरबारे यस्तै सोच्नुहुन्छ होला अनि यसरी सोच्नु सही र मनासिब हो। तर हामीले उहाँबारे बुझ्नुपर्ने र सिक्नुपर्ने कुरा अझ धेरै छन्‌ जुन कुराले हामीलाई लाभ पुऱ्‍याउँछ र आनन्दित बनाउँछ।

आफ्ना बुबाप्रतिको तपाईंको भावना र आदर, उहाँलाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ त्यसमा भर पर्छ। त्यसैगरि, जति राम्ररी परमेश्‍वरलाई चिन्‍नुहुन्छ त्यति नै उहाँसितको तपाईंको सम्बन्ध पनि घनिष्ठ हुन्छ। उहाँलाई राम्ररी चिन्यौं र उहाँले चाहनुभएअनुरूप गर्न सिक्यौं भने जीवनमा आइपर्ने अनेकन परीक्षा तथा समस्याहरूमा उहाँ तपाईंलाई साथ दिन सक्नुहुन्छ।

परमेश्‍वर कस्तो हुनुहुन्छ? उहाँप्रतिको तपाईंको भावनालाई उहाँका गुणहरूले कसरी असर गर्नुपर्छ? के उहाँलाई चिनेको खण्डमा तपाईंको काँधमा खास जिम्मेवारीहरू आइपर्छन्‌? यी प्रश्‍नहरूको जवाफ तपाईंले यसपछिको लेखमा पाउनुहुनेछ। (w 08 9/1)

[पृष्ठ ३-मा भएको ठूलो अक्षरको क्याप्सन]

कुनै व्यक्‍तिलाई कत्तिको राम्ररी चिन्‍नुहुन्छ त्यसले उनीप्रतिको तपाईंको भावनालाई असर गर्न सक्छ