सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आफ्नो आध्यात्मिक विकास गर्न पाउने बाल-अधिकार”

“आफ्नो आध्यात्मिक विकास गर्न पाउने बाल-अधिकार”

“आफ्नो आध्यात्मिक विकास गर्न पाउने बाल-अधिकार”

डिसेम्बर ९, २००८ मा स्वीडेनको एउटा संस्थाले * बेजोड सेमिनार गऱ्‍यो। त्यसको विषय थियो: “आफ्नो आध्यात्मिक विकास गर्न पाउने बाल-अधिकार।” चर्च अफ स्वीडेन, अरू ख्रीष्टियान सम्प्रदाय, इस्लाम धर्म र मानवतावादी आन्दोलनका वक्‍ताहरूले विभिन्‍न धारणा व्यक्‍त गरे।

वक्‍ताहरूमध्ये एक जना पादरीले यसो भने: “बालबालिकाको आध्यात्मिक विकासको लागि बाइबल विवरण कत्तिको महत्त्वपूर्ण छ, त्यो सायदै कसैले साँचो र निष्पक्ष व्याख्या गर्न सक्ला।” बाइबलको कुनै अंशले बालबालिकाको आध्यात्मिक आवश्‍यकता कसरी पूरा गर्छ?

उक्‍त पादरीले यसो भने: “बाइबलका पद अनि विवरणमा बालबालिकाले व्यक्‍तिगत तवरमा चिन्तन-मनन गर्ने कुरा छ।” तिनले “आदम र हव्वा, कयिन र हाबिल, दाऊद र गोल्यत, येशूको जन्म, महसुल उठाउने जक्कै, उडन्ता पुत्रको दृष्टान्त अनि असल सामरी छिमेकी आदिको कथालाई नमुना विवरणको रूपमा बताए। यी मानव जीवनका महत्त्वपूर्ण कुराहरूमा [बालबालिकाको] सोचाइलाई डोऱ्‍याउन सक्ने उदाहरण हुन्‌। मानव जीवनका महत्त्वपूर्ण कुरामध्ये हुन्‌: छल, क्षमा, प्रायश्‍चित, घृणा, अपमान, मेलमिलाप, निःस्वार्थ भ्रातृप्रेम। तिनले अझ भने: “यी बाइबल विवरण नमुना हुन्‌ जुन जो-कसैको जीवनमा लागू हुन सक्छ, उसको कार्य र व्यक्‍तिगत अनुभव बन्‍न सक्छ।”

हो नि, बाइबल पढ्‌न प्रोत्साहन दिनु राम्रो कुरा हो। तर के बालबालिकाहरू बाइबलमा आफूले पढेका कुरालाई “व्यक्‍तिगत तवरमा चिन्तन-मनन” गर्न अनि सही निष्कर्षमा पुग्न साँच्चै सक्षम हुन्छन्‌?

ठूलाहरूलाई पनि बाइबलको कुनै अंश बुझाइदिनुपर्ने हुन्छ। उदाहरणको लागि, बाइबल हामीलाई “व्यक्‍तिगत तवरमा चिन्तन-मनन” गरेर पनि साँचो आध्यात्मिकता पाउन नसकेको व्यक्‍तिबारे बताउँछ। तिनी इथियोपियाली अफिसर थिए। तिनले यशैयाको भविष्यवाणी पढिरहेका थिए। तर अर्थ भने बुझ्न सकिरहेका थिएनन्‌। तिनले ती अगमवक्‍ताको सन्देश बुझ्न चाहेकाले चेला फिलिपले त्यो सन्देशको अर्थ बुझाइदिंदा तिनले सुने। (प्रेरि. ८:२६-४०) बाइबल बुझ्न ती इथियोपियालीलाई मात्र मदत चाहिएको होइन। हामी सबैलाई बाइबलको कुनै अंशको अर्थ खोलिदिनु आवश्‍यक छ, विशेषगरि बालबालिकालाई।

बाइबल हामीलाई यस्तो चेतावनी दिन्छ: “बालकको हृदयभित्र मूर्खता गाडिएको हुन्छ।” (हितो. २२:१५) बालबालिकालाई डोऱ्‍याइ र निर्देशन चाहिन्छ। अनि तिनीहरूलाई बाइबल र ख्रीष्टियान सभाबाट सिकेका कुरामा आधारित नैतिक तथा आध्यात्मिक शिक्षा दिने जिम्मेवारी आमाबाबुको हो। यस्तो प्रशिक्षण पाउनु छोराछोरीको अधिकार हो। सानैदेखि तिनीहरूलाई आध्यात्मिक विकासका लागि बाइबल आधारित जग दरो बनाउन मदत चाहिन्छ। यसो गर्दा तिनीहरू “परिपक्व मानिस” हुन सक्छन्‌ जसको “मानसिक शक्‍ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्टयाउन सक्ने भएको हुन्छ।”–हिब्रू ५:१४, NRV.w10 -E 02/15)

[फुटनोट]

^ Swedish Academy for the Rights of the Child