सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के हामी पापी छौं भन्‍ने भावना हराएको छ?

के हामी पापी छौं भन्‍ने भावना हराएको छ?

के हामी पापी छौं भन्‍ने भावना हराएको छ?

केही समयअघि मात्रै चर्च जानेहरूले बारम्बार तिनीहरूका प्रचारकबाट “सात महापाप”—कामवासना, घिचुवापन, लोभ, अल्छिपना, रिस, ईर्ष्या र घमन्डबारे उफ्री-उफ्री प्रवचन दिएको सुन्दै आएका थिए। प्रायजसो ती प्रचारकले पापका भयानक नतिजाहरूबारे व्याख्या गर्थे र श्रोताहरूलाई पश्‍चात्ताप गर्न आग्रह गर्थे। एक जना लेखक बताउँछन्‌: “तर अहिले भने प्रचारकहरू आफ्ना श्रोताहरूलाई मन नपर्ने विषयबारे बोल्न चाहँदैनन्‌। तिनीहरू श्रोताहरूलाई मन पर्ने विषयमा ध्यान दिन्छन्‌।”

केही पत्रकारहरूले पनि त्यस्तै कुरा भनेका छन्‌। अखबारका केही टिप्पणी तल दिइएका छन्‌।

▪ “पाप गरेपछि पश्‍चात्ताप गर्नुपर्छ र मुक्‍ति पाइन्छ भन्‍ने पुरानो धारणा मानिसहरू मन पराउँदैनन्‌ तर आत्म-सम्मान र आफूप्रतिको माया कसरी बढाउने भन्‍नेजस्ता रोचक प्रवचन भने लोकप्रिय छन्‌।”—स्टार बिकन, आस्थाबुला ओहायो।

▪ “ ‘म पापी छु’ भन्‍ने भावना प्राय: हराएको छ।”—न्युजवीक।

▪ “अहिले हामी ‘परमेश्‍वर मबाट के चाहनुहुन्छ’ भन्‍ने होइन तर ‘परमेश्‍वरले मेरो निम्ति के गर्न सक्नुहुन्छ’ भनी सोध्ने गर्छौं।”—सिकागो सन-टाइम्स।

विभिन्‍न जाति, धर्म र राजनैतिक पृष्ठभूमि भएको आजको समाजमा मानिसहरू गलत कुरालाई पनि सहन्छन्‌। तिनीहरू नैतिकरूपमा के सही र के गलत भनी सुझाव दिन हिचकिचाउँछन्‌। अरूको नैतिकताबारे यसरी निसाफ गर्नुलाई अशिष्ट ठानिन्छ। अरूको निसाफ गर्नु महापाप हो जस्तो देखिन्छ। त्यसैले यस्तो सोचाइ आउँछ: ‘तपाईं जे विश्‍वास गर्नुहुन्छ त्यो तपाईंको लागि ठीक होला तर तपाईंको सोचाइ अरूमा थोपर्ने कोसिस कहिल्यै गर्नुहुँदैन। आजकल मानिसहरू विभिन्‍न नैतिक मूल्यमान्यताअनुसार जीवन बिताउँछन्‌। सही के हो भनेर तपाईंलाई मात्र होइन अरूलाई पनि थाह छ। अरूको मूल्यमान्यता पनि तपाईंको जस्तै स्वीकार्य छन्‌।

यस्तो तर्कले मानिसहरूको मनोवृत्तिमा परिवर्तन ल्याएको छ। आजकल “पाप” शब्द गम्भीर प्रसङ्‌गमा त्यति प्रयोग गरिंदैन। थुप्रैको लागि यो हँस्सीमजाकको विषय बनेको छ। विवाह नगरी सँगै बस्नु, व्यभिचार गर्नु र समलिङ्‌गी काम गर्नुलाई गम्भीर पापको रूपमा हेर्न छोडिएको छ।

निस्सन्देह, मानिसहरूले “सामान्य” ठानेर स्वीकार्ने कुरा वा “पाप” ठानेर नकार्ने कुरा अहिले बदलिएको छ। तर मानिसहरूको मनोवृत्तिमा किन परिवर्तन आएको? पापलाई के भएको छ? पापप्रतिको तपाईंको दृष्टिकोणमा के यसले कुनै फरक पार्छ? ( w10 -E 06/01)