सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

हाम्रा पाठकहरू सोध्छन्‌ . . .

विभिन्‍न धर्मावलम्बीहरूको सामूहिक उपासनालाई यहोवाका साक्षीहरू कुन दृष्टिकोणले हेर्छन्‌?

वर्ल्ड क्रिश्‍चियन इन्साइक्लोपीडिया-अनुसार करिब “१०,००० वटा फरक-फरक धर्म विश्‍वमा छन्‌।” धर्महरूबीचको मतभेदको कारण धेरै पीडा भोग्नुपरेकोले विभिन्‍न धर्मावलम्बीहरूको सामूहिक उपासना गर्ने धारणाले थुप्रै उपासकहरूलाई राहत दिएको छ। यस विभाजित संसारमा यसरी शान्ति र एकता ल्याउन सकिन्छ भनेर तिनीहरू विश्‍वास गर्छन्‌।

बाइबलले एकतालाई प्रोत्साहन दिन्छ। प्रेरित पावलले ख्रीष्टियान मण्डलीलाई मानव शरीरसित तुलना गरे, जसका हरेक सदस्य ‘ठीक ठीक एकसाथ गाँसिएर एक भएको’ हुन्छ। (एफिसी ४:१६) त्यसैगरि, प्रेरित पत्रुसले पनि आफ्ना सँगी विश्‍वासीहरूलाई यस्तो आग्रह गरे: ‘तिमीहरू सबै एक मनका होओ।’—१ पत्रुस ३:८.

सुरु-सुरुतिरका ख्रीष्टियानहरू बहुसांस्कृतिक र बहुधार्मिक संसारमा बस्थे। तर, विभिन्‍न धर्मबीच अन्तरक्रिया गर्ने सन्दर्भमा पावलले यस्तो प्रश्‍न सोधे: “विश्‍वास गर्नेको विश्‍वास नगर्नेसित के हिस्सा?” त्यसपछि तिनले ख्रीष्टियानहरूलाई “तिनीहरूका बीचबाट निस्केर आओ” भनेर चेतावनी दिए। (२ कोरिन्थी ६:१५, १७) स्पष्ट छ, पावलले विभिन्‍न धर्मावलम्बीहरूको सामूहिक उपासना गर्ने धारणाविरुद्ध बताइरहेका थिए। तिनले किन त्यसो भने?

प्रेरित पावलले एक जना साँचो ख्रीष्टियानले अर्को व्यक्‍ति, जो साँचो ख्रीष्टियान होइन ऊसित मिलेर सँगै उपासना गर्नु भनेको असमान हलो अर्थात्‌ अनुपयुक्‍त हुनेछ भनी व्याख्या गरे। (२ कोरिन्थी ६:१४) यसले ख्रीष्टियान विश्‍वासमा ठूलो हानि पुऱ्‍याउन सक्छ। आफ्ना छिमेकका केही बच्चाहरू बदमास छन्‌ भनेर थाह पाएका बुबाले जस्तो चिन्ता गर्छन्‌, त्यस्तै चिन्ता पावलले पनि व्यक्‍त गरे। चिन्तित बुबाको हैसियतमा उनले आफ्नो बच्चा को-कोसित खेल्नु ठीक छ, त्यसबारे बुद्धिमानीपूर्वक सीमा तोकिदिन्छन्‌। उनको यस्तो प्रतिबन्ध मन नपर्न सक्छ। तर यस परिस्थितिमा अलग रहँदा त्यसले उनको बच्चालाई खराब प्रभावहरूबाट जोगाउनेछ। त्यसैगरि, पावललाई पनि के थाह थियो भने अरू धर्महरूबाट अलग रहँदा त्यसले ख्रीष्टियानहरूलाई ती धर्महरूका हानिकारक प्रचलनबाट जोगाउनेछ।

यो कुरा बताएर पावलले येशूको अनुकरण गरिरहेका थिए। मानिसहरूमाझ शान्ति कायम गर्ने सन्दर्भमा येशूले सबैभन्दा राम्रो उदाहरण बसाल्नुभयो तर उहाँ विभिन्‍न धर्मावलम्बीहरूको सामूहिक उपासनामा सहभागी हुनु भएन। पृथ्वीमा येशूको सेवकाईको दौडान, फरिसी अनि सदुकी जस्ता थुप्रै धार्मिक समूहहरू सक्रिय थिए। वास्तवमा यी धार्मिक गुटहरू एकजुट भएर येशूलाई चुनौती दिए, यहाँसम्म कि उहाँलाई मार्ने षड्यन्त्र समेत गरे। अर्कोतर्फ येशूले भने चेलाहरूलाई “फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार बस्नू” भन्‍ने निर्देशन दिनुभयो।—मत्ती १६:१२.

आज नि? विभिन्‍न धर्मावलम्बीहरूको सामूहिक उपासनाविरुद्ध बाइबलले दिएको चेतावनी के अझै लागू हुन्छ? अवश्‍य हुन्छ। जसरी तेल र पानीलाई एउटै भाँडोमा राख्दैमा मिसाउन सकिंदैन, त्यसरी नै सामूहिक उपासनाद्वारा बेग्लाबेग्लै धर्मलाई एकतामा बाँध्न सकिंदैन। उदाहरणको लागि, जब बेग्लाबेग्लै धर्मका मानिसहरू शान्तिका लागि प्रार्थना गर्न भेला हुन्छन्‌, तब तिनीहरूले कुन ईश्‍वरलाई पुकारिरहेका हुन्छन्‌? चर्चको त्रिएक ईश्‍वरलाई? हिन्दूको ब्रह्‍मालाई? बुद्धलाई? या अरू कसैलाई?

भविष्यवक्‍ता मीकाले भविष्यवाणी गरेझैं “पछिल्ला दिनमा” सबै जातिका मानिसहरूले यसो भन्‍नेछन्‌: “आओ, हामीहरू परमप्रभुको पहाड, याकूबका परमेश्‍वरको भवनमा जाऔं, र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुन्छ र हामी उहाँको मार्गमा हिंड्‌नेछौं।” (मीका ४:१-४) अतः विभिन्‍न धर्म कुनै तरिकामा एकताबद्ध भएर होइन तर सबै मानिसले एउटै साँचो उपासनालाई अँगालेको खण्डमा संसारभरि शान्ति र एकता छाउनेछ। ( w10 -E 06/01)

[पृष्ठ २०-मा भएको चित्र]

सामूहिक उपासना गर्न विभिन्‍न धर्मावलम्बीहरू भेला भएको सम्मेलनमा संसारका प्रमुख धर्मका सदस्यहरू, २००८

[पृष्ठ २०-मा भएको चित्र]

REUTERS/Andreas Manolis