सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

३ प्रार्थना कसरी गर्नुपर्छ?

३ प्रार्थना कसरी गर्नुपर्छ?

३ प्रार्थना कसरी गर्नुपर्छ?

थुप्रै धर्मले प्रार्थना गर्दाको आसन, शब्द र रीतिमा बढी ध्यान दिन्छन्‌। तथापि बाइबलले हामीलाई ती बुँदाहरू पन्छाएर अर्कै महत्त्वपूर्ण पक्ष अर्थात्‌ “हामीले कसरी प्रार्थना गर्नुपर्छ?” भन्‍ने बुँदामा ध्यान दिन मदत गर्छ।

परमेश्‍वरका विश्‍वासी सेवकहरूले विभिन्‍न अवस्था र आसनमा प्रार्थना गरेको विवरण बाइबलमा पाइन्छ। तिनीहरूले परिस्थितिअनुसार कहिले मनमनै त कहिले ठूलो स्वरले प्रार्थना गरे। कहिले माथि आकाशमा हेरेर गरे त कहिले भुइँमा घोप्टो परेर। तिनीहरूले मूर्ति, जपमाला वा प्रार्थना-किताब प्रयोग गर्नुको साटो आफ्नै शब्दमा मनैदेखि प्रार्थना गरे। तिनीहरूको प्रार्थना प्रभावकारी हुनुको कारण के थियो?

अघिल्लो लेखमा बताइएझैं तिनीहरूले एकमात्र परमेश्‍वर यहोवालाई प्रार्थना गरे। तर अर्को एउटा महत्त्वपूर्ण पक्ष पनि छ। त्यसबारे पहिलो यूहन्‍ना ५:१४ मा यसो भनिएको छ: “उहाँमा भएको हाम्रा हिम्मत यही हो, कि उहाँको इच्छाबमोजिम हामीले उहाँसँग जे कुरा मागे पनि उहाँले हाम्रो बिन्ती सुन्‍नुहुन्छ।” हामीले परमेश्‍वरको इच्छाबमोजिम प्रार्थना गर्नुपर्छ। यसको अर्थ के हो?

परमेश्‍वरको इच्छाबमोजिम प्रार्थना गर्न उहाँको इच्छा के हो, त्यो हामीले थाह पाउनुपर्छ। त्यसैले प्रार्थनाको एउटा अत्यावश्‍यक तत्त्व भनेको बाइबलको अध्ययन हो। के यसको मतलब हामी बाइबल विज्ञ भयौं भने मात्र उहाँले हाम्रो प्रार्थना सुन्‍नुहुन्छ भनेको हो? त्यसो त होइन किनभने हामीले उहाँको इच्छा बुझ्न अनि त्यसैअनुसार चल्न उहाँको इच्छा के हो भनेर जानेको परमेश्‍वर चाहनुहुन्छ। (मत्ती ७:२१-२३) आफूले सिकेको कुराअनुसार हामीले प्रार्थना गर्नुपर्छ।

यहोवा र उहाँको इच्छाबारे सिक्दै जाँदा हाम्रो विश्‍वास पनि बढ्‌दै जान्छ र यो प्रार्थनाको अर्को अत्यावश्‍यक तत्त्व हो। येशूले भन्‍नुभयो: “विश्‍वास गरेर जे पनि प्रार्थनामा मागौला त्यो तिमीहरूले पाउनेछौ।” (मत्ती २१:२२) विश्‍वास भनेको अन्धाधुन्ध पत्याउनु होइन। बरु आफूले नदेखेको कुरा भए तापनि बलियो प्रमाणको आधारमा पत्याउनु हो। (हिब्रू ११:१) यहोवालाई हामी देख्न सक्दैनौं तर उहाँ वास्तविक अनि भरपर्दो व्यक्‍ति हुनुहुन्छ र उहाँमा विश्‍वास राख्नेहरूको प्रार्थनाको जवाफ दिन उहाँ इच्छुक हुनुहुन्छ भन्‍ने प्रशस्त प्रमाण बाइबलमा पाइन्छ। साथै हाम्रो विश्‍वास बढाइदिनुहोस्‌ भनेर हामी यहोवालाई सधैं प्रार्थना गर्न सक्छौं अनि हामीलाई जे चाहिन्छ, त्यो दिन उहाँ खुसी हुनुहुन्छ।—लूका १७:५; याकूब १:१७.

प्रार्थना गर्ने सन्दर्भमा अर्को एउटा अत्यावश्‍यक तत्त्व पनि छ। त्यसबारे येशूले भन्‍नुभयो: “मबाहेक अरू कोहीद्वारा पिताकहाँ जानसक्‍तैन।” (यूहन्‍ना १४:६) अतः हाम्रो बुबा यहोवाकहाँ पुग्ने माध्यम येशू हुनुहुन्छ। त्यसैले येशूले आफ्ना चेलाहरूलाई उहाँको नाममा प्रार्थना गर्न सिकाउनुभयो। (यूहन्‍ना १४:१३; १५:१६) यसको मतलब हामीले येशूलाई प्रार्थना गर्नुपर्छ भनेको होइन। बरु हाम्रो सिद्ध तथा पवित्र बुबाकहाँ पुग्ने माध्यम येशू नै हुनुहुन्छ भनेर सम्झँदै येशूको नाममा प्रार्थना गर्नुपर्छ।

येशूका घनिष्ठ चेलाहरूले एक चोटि उहाँलाई सोधेका थिए: ‘हे प्रभु, हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्‌।’ (लूका ११:१) स्पष्टतः हामीले भर्खरै छलफल गरेका आधारभूत कुराहरूबारे तिनीहरूले जान्‍न चाहेका थिएनन्‌। तर प्रार्थनामा कस्ता विषयहरू समावेश गर्ने अर्थात्‌ भनौं भने, ‘हामीले कस्ता विषयमा प्रार्थना गर्नुपर्छ?’ भनेर तिनीहरू जान्‍न खोज्दैथिए। ( w10 -E 10/01)

[पृष्ठ ६-मा भएको चित्र]

परमेश्‍वरको इच्छाबमोजिम, विश्‍वासका साथ अनि येशूको नाममा गरिएका प्रार्थनाहरू प्रभावकारी हुन्छन्‌