सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मानिसलाई प्रेम गर्नुहोस्‌ पैसा र सम्पत्तिलाई होइन

मानिसलाई प्रेम गर्नुहोस्‌ पैसा र सम्पत्तिलाई होइन

पहिलो रहस्य

मानिसलाई प्रेम गर्नुहोस्‌ पैसा र सम्पत्तिलाई होइन

बाइबलले के सिकाउँछ? “रूपियाँ-पैसाको प्रेमनै सबै किसिमका खराबीको जरा हो।”—१ तिमोथी ६:१०.

चुनौती के हो? विज्ञापकहरूले हामीलाई आफूसित भएको कुरासित असन्तुष्ट हुने दबाब दिन्छन्‌। पैसा कमाउन हामी दिनरात काममा घोटियोस्‌ भन्‍ने तिनीहरू चाहन्छन्‌ ताकि अझ नयाँ, राम्रो अनि ठूलो सामान किन्‍न सकियोस्‌। पैसाले लोभ्याउने हुँदा हामी सजिलै त्यसको मोहजालमा फस्न सक्छौं। तथापि धनसम्पत्तिलाई माया गर्ने मानिस कहिल्यै सन्तुष्ट हुँदैन भनी बाइबल चेतावनी दिन्छ। राजा सुलेमानले लेखे, “जसले रुपियाँपैसाको माया गर्छ, त्यसलाई रुपियाँपैसाले कहिल्यै पुग्दैन। जसले धन-सम्पत्तिको माया गर्छ, त्यो आफ्नो आम्दानीसँग कहिल्यै सन्तुष्ट हुँदैन।”—उपदेशक ५:१०, NRV.

तपाईं के गर्न सक्नुहुन्छ? येशूको अनुकरण गर्नुहोस्‌ अनि सरसामानलाई भन्दा मानिसलाई माया गर्न सिक्नुहोस्‌। येशू आफूसित भएको सबै कुरा, यहाँसम्म कि आफ्नो जीवन दिन पनि इच्छुक हुनुहुन्थ्यो किनभने उहाँ मानिसलाई माया गर्नुहुन्थ्यो। (यूहन्‍ना १५:१३) उहाँले भन्‍नुभयो: “लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) यदि हामीले अरूलाई आफ्नो समय अनि स्रोतसाधन दिने बानी बसाल्यौं भने अरूले पनि त्यसै गर्नेछन्‌। येशूले भन्‍नुभयो, “देओ, र तिमीहरूलाई दिइनेछ।” (लूका ६:३८) पैसा र धनसम्पत्तिको पछि लाग्नेहरूले दुःख अनि पीडा भोग्नुपर्छ। (१ तिमोथी ६:९, १०) अर्कोतर्फ, अरूलाई माया गर्दा अनि अरूबाट माया पाउँदा साँचो सन्तुष्टि पाइन्छ।

आफ्नो जीवनशैली अझ सरल बनाउन सकिन्छ कि, केलाउनुभए कसो होला? आफूसित भएका सरसामान घटाउन वा किन्‍न चाहेका सामानहरूको सूची कम गर्न सकिन्छ कि? त्यसो गर्नुभयो भने जीवनमा अझ महत्त्वपूर्ण कुराहरूको लागि समय अनि शक्‍ति पाउन सक्नुहुन्छ। त्यो हो—मानिसहरूलाई मदत गर्ने अनि तपाईंलाई सब थोक दिनुहुने परमेश्‍वरको सेवा गर्ने।—मत्ती ६:२४; प्रेरित १७:२८. ( w10 -E 11/01)

[पृष्ठ ४-मा भएको चित्र]

“देओ, र तिमीहरूलाई दिइनेछ”