सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल प्रश्नहरूको जवाफ

बाइबल प्रश्नहरूको जवाफ

परमेश्वर कस्तो हुनुहुन्छ?

परमेश्वर अदृश्य हुनुहुन्छ। उहाँले स्वर्ग, पृथ्वी र सबै जीवित प्राणीहरू सृष्टि गर्नुभयो। परमेश्वरलाई कसैले सृष्टि गरेको होइन। उहाँको सुरुवात छैन। (भजन ९०:२) मानिसहरूले उहाँलाई खोजून्‌ र उहाँको विषयमा सत्य कुरा थाह पाऊन्‌ भन्ने परमेश्वर चाहनुहुन्छ।प्रेषित १७:२४-२७ पढ्नुहोस्।

हामी परमेश्वरको नाम थाह पाउन सक्छौं। उहाँले बनाउनुभएका कुराहरूमा हामी उहाँका केही गुण देख्न सक्छौं। (रोमी १:२०) तर परमेश्वरलाई राम्रोसँग चिन्ने हो भने हामीले उहाँको वचन बाइबल अध्ययन गर्नुपर्छ। यसले हामीलाई मायालु परमेश्वरलाई अझ राम्ररी चिन्न मदत गर्छ।भजन १०३:७-१० पढ्नुहोस्।

परमेश्वरलाई अन्याय कस्तो लाग्छ?

सृष्टिकर्ता यहोवा अन्यायलाई घृणा गर्नुहुन्छ। (व्यवस्था २५:१६) उहाँले मानिसहरूलाई आफ्नै स्वरूपमा बनाउनुभयो। त्यसैले त हामी अन्यायलाई घृणा गर्छौं। हाम्रो वरपर भइरहेको अन्यायमा परमेश्वरको कुनै हात छैन। परमेश्वरले मानिसलाई आफ्नो इच्छाअनुसार रोज्ने अथवा निर्णय गर्ने क्षमता दिनुभएको छ। दुःखको कुरा, धेरै मानिसले आफ्नो यस क्षमताको दुरुपयोग गर्छन्‌ र अन्यायी व्यवहार गर्छन्‌। यो देखेर यहोवा “मनमा साह्रै दु:खित” हुनुहुन्छ।उत्पत्ति ६:५, ६; व्यवस्था ३२:४, ५ पढ्नुहोस्।

यहोवा इन्साफ प्रेम गर्नुहुन्छ। उहाँले अन्याय सधैंभरि रहन दिनुहुने छैन। (भजन ३७:२८, २९) परमेश्वरले चाँडै सबै अन्याय हटाउनुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ।२ पत्रुस ३:७-९, १३ पढ्नुहोस्।

परमेश्वरले चाँडै अन्याय हटाउनुहुनेछ भनेर बाइबलमा प्रतिज्ञा गरिएको छ