सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 आवरण लेख | परमेश्वरको राज्य—यसले तपाईंको लागि के गर्नेछ?

परमेश्वरको राज्य—यसले तपाईंलाई कसरी लाभ पुऱ्याउँछ?

परमेश्वरको राज्य—यसले तपाईंलाई कसरी लाभ पुऱ्याउँछ?

तपाईंले अघिल्ला लेखहरूबाट यहोवाका साक्षीहरू परमेश्वरको राज्यलाई किन सबैभन्दा धेरै महत्त्व दिन्छन्‌ भनेर बुझ्नुभयो होला। परमेश्वरको राज्यले भविष्यमा ल्याउने केही आशिष्‌बारे पढ्दा सायद तपाईंको मन छोएको हुन सक्छ। तर यी प्रतिज्ञाहरू साँच्चै पूरा होला त जस्तो पनि तपाईंलाई लागेको हुनुपर्छ।

आफूले सुनेको कुरामा झट्टै विश्वास गर्नुको सट्टा त्यो कुरा सत्य हो कि होइन भनेर होसियार भई जाँच्नु वास्तवमा बुद्धिमानी कुरा हो। (हितोपदेश १४:१५) यसरी जाँच्नुभयो भने तपाईं पुरातन समयका बिरियालीहरूजस्तै * हुनुहुनेछ। तिनीहरूले पहिलो पटक परमेश्वरको राज्यको सुसमाचार सुन्दा तुरुन्तै स्वीकारेका थिए, तर परमेश्वरको राज्य आओस् भनेर चाहेकोले मात्र त होइन। बरु आफूले सुनेका कुराहरू “सत्य हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न” तिनीहरूले होसियारीसाथ धर्मशास्त्र जाँचेका थिए। (प्रेषित १७:११) परमेश्वरको राज्यको सुसमाचार वास्तवमा परमेश्वरको वचनमा नै आधारित रहेछ भन्ने कुरामा पछि तिनीहरू पक्का भए।

हामी तपाईंलाई त्यसै गर्न निम्तो दिन्छौं। यहोवाका साक्षीहरूले परमेश्वरको राज्यमा राखेको विश्वास बाइबलले सिकाउने कुरासित मेल खान्छ कि खाँदैन भनेर जाँच्न निश्शुल्क बाइबल अध्ययन गर्नुहोस् भनी हामी तपाईंलाई आग्रह गर्छौं।

बाइबल अध्ययन गर्दा तपाईंले परमेश्वरको राज्यबारे सिक्नुका साथै जीवनका महत्त्वपूर्ण प्रश्नहरूको जवाफ पनि पाउनुहुनेछ। जस्तै:

  •   हामी कहाँबाट आयौं?

  • जीवनको उद्देश्य के हो?

  • परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न?

  • मान्छे मरेपछि कहाँ जान्छ?

  • के पृथ्वीको विनाश हुनेछ?

  • परिवारलाई सुखी बनाउन के गर्नुपर्छ?

तर सबैभन्दा मुख्य कुरा बाइबल अध्ययनले तपाईंलाई “परमेश्वरसित नजिक” हुन मदत गर्छ। (याकूब ४:८) परमेश्वरसित नजिक हुँदै जाँदा कसरी उहाँको राज्यले तपाईंलाई अहिले मात्र नभई सधैंको लागि लाभ पुऱ्याउनेछ भनी तपाईंले बुझ्नुहुनेछ। आफ्नो बुबालाई गरेको प्रार्थनामा येशूले यसो भन्नुभयो: “अनन्त जीवन पाउन तिनीहरूले तपाईं एक मात्र साँचो परमेश्वरको अनि तपाईंले पठाउनुभएको येशू ख्रीष्टको ज्ञान लिइरहनुपर्छ।”—यूहन्ना १७:३.

 

^ अनु. 4 बिरिया पुरातन म्यासिडोनियाको एउटा सहर थियो।