सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचन निर्भयता साथ बोलिरहनुहोस्‌

परमेश्‍वरको वचन निर्भयता साथ बोलिरहनुहोस्‌

अध्याय २२

परमेश्‍वरको वचन निर्भयता साथ बोलिरहनुहोस्‌

१. (क) सा. यु. ३३-को पन्तिकोसदेखि येशूका चेलाहरूले के सुसमाचारको घोषणा गर्न सुरु गरे तर यसप्रति शासकहरू र प्राचीनहरूले के प्रतिक्रिया व्यक्‍त गरे? (ख) त्यस सम्बन्धमा हामी के प्रश्‍न सोध्न सक्छौं?

 मानव इतिहासको ४,००० वर्षभन्दा बढी अवधिको सबैभन्दा महत्त्वपूर्ण घटना घटेको थियो। भविष्यमा सारा पृथ्वीमाथि राजा हुनका लागि परमेश्‍वरका आफ्नै पुत्र येशू ख्रीष्ट अभिषिक्‍त हुनु भएको थियो। धर्मविरोधीहरूको उक्साइले गर्दा येशूको हत्या भए तापनि यहोवाले आफ्नो पुत्रलाई मृत्युबाट बिउँताउनु भएको थियो। अनन्त जीवन पाउने मुक्‍ति उहाँद्वारा सम्भव भयो। तर येशूका विश्‍वासी चेलाहरूले यो सुसमाचार आम रूपमा प्रचार गर्दा भयङ्‌कर विरोध सुरु भयो। पहिले, दुई जना, अनि पछि सबै नै प्रेरितहरू झ्यालखानमा थुनिए। तिनीहरूलाई कोर्राले हिर्काइयो र येशूको नाउँमा बोल्दै नबोल्नु भन्‍ने कडा आज्ञा दिइयो। (प्रे. ४:१-३, १७; ५:१७, १८, ४०) यस्तो बेलामा तिनीहरूले कसो गर्नुपर्थ्यो? तपाईंले के गर्नु हुने थियो? के तपाईंले निर्भयतासाथ साक्षी दिने काम गरी नै रहनु हुने थियो?

२. (क) हाम्रो समयमा त्योभन्दा पनि अद्‌भुत कुन समाचारको घोषणा गर्नु परेको छ? (ख) यो काम गर्ने जिम्मेवारी कसको हो?

विश्‍वव्यापी तवर्‌मा एउटा अझ महत्त्वपूर्ण घटना सा. यु. १९१४ सालमा घट्यो। येशू ख्रीष्टलाई सुम्पिएको परमेश्‍वरको राज्य स्वर्गमा स्थापित भयो। त्यसपछि शैतान र त्यसका प्रेतहरू पृथ्वीमा फालिए। (प्रकाश १२:१-५, ७-१२) यस दुष्ट रीतिरिवाजका आखिरी दिनहरू सुरु भएका थिए। सा. यु. १९१४-सालका घटनाहरू देख्ने पुस्ता सिद्धिनु अघि नै परमेश्‍वरले शैतानको रीति​रिवाजलाई नष्ट पार्नु हुनेछ। (मत्ती २४:३४) बाँच्नेहरूको सामुन्‍ने अनन्त जीवनको आशा हुनेछ। परमेश्‍वरको सुरुको उद्देश्‍य पूरा हुनेछ। सारा पृथ्वी नै एउटा प्रमोदवन हुनेछ। यो सुसमाचारलाई तपाईंले ग्रहण गरिसक्नु भएको छ भने यसलाई अरूहरूसँग बाँड्‌ने जिम्मावारी तपाईंको हो। (मत्ती २४:१४) तर तपाईंले मानिसहरूबाट कस्तो प्रतिक्रियाको आशा गर्न सक्नुहुन्छ?

३. (क) राज्यको समाचारप्रति मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँदछन्‌? (ख) अतः कुन प्रश्‍नको हामीले सामना गर्नुपर्दछ?

एकजना राज्य उद्‌घोषकको रूपमा तपाईंलाई कसै कसैले हार्दिक स्वागत गरे तापनि धेरैजनाले चाहिं उदासीनता नै व्यक्‍त गर्नेछन्‌। (मत्ती २४:३७-३९) अरूहरूले तपाईंको गिल्ला अथवा कट्टर विरोध गर्न सक्छन्‌। तपाईंको आफ्नै नातेदारहरू बाट पनि केही मात्रामा विरोध आउन सक्छ भनि येशूले चेतावनी दिनु भएको थियो। (लूका २१:१६-१९) आफू काम गर्ने ठाउँमा वा स्कूलमा समेत तपाईंले यसप्रकारको प्रतिक्रियाको सामना गर्नु पर्ने हुन सक्छ। पृथ्वीका धेरै भागहरूमा यहोवाका साक्षीहरूमाथि बेइन्साफीका साथ सरकारी प्रतिबन्ध पनि लगाइएको छ। यस प्रकारका कुनै वा सबै नै परिस्थितिहरूको सामना गर्नु परेमा के तपाईं निर्भयतासाथ परमेश्‍वरको वचन बोली नै रहनु हुनेछ?

४. परमेश्‍वरको सेवा विश्‍वासिलो भएर गरिरहने व्यक्‍तिगत सङ्‌कल्प गरेका छौं भन्दैमा के हामी साँच्चै नै विश्‍वासिलो हुन सक्छौं र?

निःसन्देह, तपाईं परमेश्‍वरको एकजना साहसी सेवक हुन चाहनुहुन्छ। तर आफूलाई कुनै कुराले विचलित पार्न सक्‍तैन भन्‍ने केही मानिसहरू पनि राज्य उद्‌घोषक हुन छाडेका छन्‌। यसको विपरीत बरु स्वभावैले अलिकता काँतर व्यक्‍तिहरू चाहिं परमेश्‍वरका उत्साही सेवकहरू भएर एक सुरले हिंडिरहेका छन्‌। तपाईं पनि “विश्‍वासमा दृढ” भइ बस्नेहरूमध्ये एकजना हुनुहुन्छ भन्‍ने कुराको प्रमाण कसरी दिन सक्नुहुन्छ?—१ कोरि. १६:१३.

आफ्नै ताकतमाथि भरोसा नगर्ने

५. (क) आफूलाई परमेश्‍वरको विश्‍वासी सेवक प्रमाणित गर्ने एउटा आधारभूत आवश्‍यकता के हो? (ख) सभाहरू किन यतिका महत्त्वपूर्ण हुन्‌?

वास्तवमा परमेश्‍वरको एकजना विश्‍वासी सेवक हुनमा धेरै कुराहरू बिथोलित छन्‌। तर ती सबैमा मुख्यतः यहोवा र उहाँका प्रबन्धहरूमा भर पर्नु हो। त्यस प्रकारको भरोसा हामी कसरी देखाउँछौं? एउटा त मण्डलीका सभाहरू धाएर। ती सभाहरूको उपेक्षा नगर्नु भनी धर्मशास्त्रले हामीलाई आग्रह गर्दछ। (हिब्रू १०:२३-२५) लगातार यहोवाका विश्‍वासी साक्षी भएर बसेकाहरूले आम उदासीनता वा सतावटको सामने पनि विश्‍वासका आफ्ना सङ्‌गीहरू​सित मिलेर सभाहरूमा लगातार उपस्थित हुन सक्नका लागि बल गरेका छन्‌। यी सभाहरूद्वारा धर्मशास्त्रबारे हाम्रो ज्ञान बढदछ। तर नयाँ नयाँ कुराहरू सिक्नका लागि मात्र हामी त्यहाँ भेला भएका होइनौं। (प्रेरित १७:२१ सङ्‌ग तुलना गर्नुहोस्‌।) राम्ररी थाह भइसकेका सत्य कुराहरूको पनि हामीले अझ मूल्याङ्‌कन गर्न सक्नेछौं र तिनीहरूलाई प्रयोग गर्ने तरिकाहरूबारे पनि हाम्रो ज्ञान अझ तीक्ष्ण हुनेछ। येशूले हाम्रो निम्ति कायम गर्नु भएको उदाहरणले हाम्रो हृदय र मनमा गहिरो छाप पार्नेछ। (एफि. ४:२०-२४) उपासनामा एकताबद्ध भएर हामी आफ्ना मसीही भाइहरूका अझ नजिक हुन्छौं। साथै, परमेश्‍वरको इच्छा गरिरहन हामी आफैले पनि बल पाउँछौं। यहोवाको आत्माले मण्डलीद्वारा निर्देशन प्रदान गर्दछ र येशूको नाउँमा हामी भेला हुँदा त्यसै आत्मामा येशू हाम्रो माझमा हुनुहुन्छ।—प्रकाश ३:६; मत्ती १८:२०.

६. यहोवाका साक्षीहरूमाथि प्रतिबन्ध लागेका ठाउँहरूमा सभाहरूबारे के गरिन्छ?

के तपाईं नियमित रूपमा सबै नै सभाहरूमा उपस्थित हुनुहुन्छ र त्यहाँ छलफल गरिएका कुराहरूलाई के तपाईं आफू मै प्रयोगमा ल्याउने गर्नुहुन्छ? कहिलेकाहीं प्रतिबन्ध लगाइएको बेलामा निजी घरहरूमा साना-साना समूहहरूमा सभाहरू सञ्चालन गर्न आवश्‍यक भएको छ। ठाउँ र समय फेरि रहन सकिन्छ र यो सधैं सुविधजनक नहोला। कहिलेकाहीं अबेर राती पनि सभा सञ्चालन गर्ने आवश्‍यकता पर्न सक्‍तछ। तर व्यक्‍तिगत असुविधा वा खतरा हुँदाहुँदै पनि विश्‍वासी भाइ र बहिनीहरू प्रत्येक सभामा उपस्थित हुने अथक प्रयत्न गर्दछन्‌।

७. (क) यहोवामाथि हामीले आफ्नो भरोसा अरू कसरी जाहेर गर्दछौं? (ख) निर्भयतासाथ बोल्नमा यसले हामीलाई कसरी मदत दिन सक्छ?

यहोवामाथि आफ्नो भरोसा प्रकट गर्ने एउटा अर्को तरिका नियमित रूपमा प्रार्थनाद्वारा उहाँसित सम्पर्क राख्नु पनि हो। तर यो कुनै दैनिक औपचारिकता निभाउने कुरा होइन। बरु, परमेश्‍वरको मदत हामीलाई चाहिन्छ भन्‍ने कुरा आफ्नो हृदयबाट नै स्वीकार्नु हो। के तपाईं यसो गर्नुहुन्छ? आफ्नो पार्थिव सेवकाईको दौडानमा येशू बारम्बार प्रार्थना गर्नुहुन्थ्यो। (लूका ३:२१; ६:१२, १३; ९:१८, २८; ११:१; २२:३९-४४) र उहाँलाई शूलीमा चढाउनुभन्दा अघिल्लो राती उहाँले आफ्ना चेलाहरूलाई यो आग्रह गर्नुभयो: “जागा रह, औ प्रार्थना गर, र परीक्षामा नपर।” (मर्कूस १४:३८) राज्यको समाचारप्रति मानिसहरूमा धेरै नै उदासीनताको हामीले सामना गर्नु परेमा आफ्नो सेवकाईबारे हामी सुस्त हुने सम्भावना हुन सक्छ। मानिसहरूले हाम्रो गिल्ला गर्दा वा अन्य कठिन सतावट आइलाग्दा त्यसबाट बच्नका लागि हामीमा चुप लागेर बस्ने विचार उत्पन्‍न हुन सक्छ। तर निभर्यतासाथ बोलिरहन सक्नका निम्ति परमेश्‍वरको आत्माको मदतका लागि हामीले एकाग्रचित्तका साथ प्रार्थना गऱ्‍यौं भने यी फन्दाहरूबाट हामी उम्कन सक्ने छौं।—लूका ११:१३; एफि. ६:१८-२०.

निर्भयतापूर्वक साक्षी दिने कामको एउटा रेकर्ड

८. (क) प्रेरितको पुस्तकमा भएको वर्णन हाम्रालागि किन विशेष चासोको विषय हो? (ख) यस अनुच्छेदको अन्तमा दिइएका प्रश्‍नहरूको जवाफ दिनुहोस्‌ र यहाँ उल्लिखित जानकारी हाम्रालागि कसरी लाभदायक हुन सक्‍तछ, त्यसमा जोड दिनुहोस्‌।

प्रेरितको पुस्तकमा पाइने वर्णन हामी सबैका लागि विशेष चासोको विषय हो। प्रेरितहरू र सुरु-सुरुका चेलाहरू अर्थात्‌ हाम्रोजस्तै सोचविचार भएका मानिसहरूले कसरी बाधा-विघ्नहरू पार गर्दै आफूलाई यहोवाका निर्भयी र विश्‍वासी साक्षीहरू साबित गरे, सो वर्णन त्यस पुस्तकले दिन्छ। निम्नलिखित प्रश्‍नहरू र उल्लिखित शास्त्रपदहरूको मदतले त्यस वर्णनको एउटा भागलाई हामी अब जाँच गरौं। यसो गर्दै जाँदा तपाईंले पढी रहनु भएका कुराहरूबाट कसरी लाभ उठाउन सक्नुहुन्छ, सो विचार गर्नुहोस्‌।

 के प्रेरितहरू धेरै शिक्षित मानिसहरू थिए? के तिनीहरू जस्तोसुकै परिस्थितिमा पनि स्वभावैले निडर हुने प्रकारका व्यक्‍तिहरू थिए? (प्रे. ४:१३; यूह. १८:१७, २५-२७; २०:१९)

 जुन यहूदी अदालतले केही हप्ताअघि मात्र परमेश्‍वरको आफ्नो पुत्रलाई दोषी ठहराएको थियो, ठीक त्यसैको सामने निडरताका साथ बोल्न पत्रुस कसरी सक्षम भए? (प्रे. ४:८; मत्ती १०:१९, २०)

 महासभाको सामुन्‍ने प्रेरितहरूलाई ल्याउनुभन्दा अघिका हप्ताहरूमा तिनीहरू के गरिरहेका थिए? (प्रे. १:१४; २:१, ४२)

 येशूको नाउँमा बोल्दै नबोल्नु भनेर शासकहरूले आज्ञा दिंदा पत्रुस र यूहन्‍नाले के जवाफ दिए? (प्रे. ४:१९, २०)

 छुटकारा पाउनासाथै तिनीहरूले फेरि कसबाट मदत मागे? के तिनीहरूले सतावट बन्द गराइ दिनुहोस्‌ भनी उहाँसँग बिन्ती गरे वा अरू नै कुराका लागि माग गरे? (प्रे. ४:२४-३१)

 विरोधीहरूले प्रचारको काम बन्द गराउने प्रयास गर्दा यहोवाले के द्वारा सहायता प्रदान गर्नुभयो? (प्रे. ५:१७-२०, ३३-४०)

 तिनीहरूले किन छुटकारा पाए, त्यसको कारण तिनीहरूले बुझेका थिए भनी प्रेरितहरूले कसरी देखाए? (प्रे. ५:२१, ४१, ४२)

 बढ्‌दो सतावटको कारण धेरैजसो चेलाहरू यताउता छरपष्ट हुँदा पनि तिनीहरूले के गरी नै रहे? (प्रे. ८:३, ४; ११:१९-२१)

९. (क) सुरु-सुरुका ती चेलाहरूको सेवकाईबाट के कस्ता रोमाञ्चकारी परिणाम आयो? (ख) त्यसमा हामी कसरी बिथोलित हुन पुग्यौं?

सुसमाचारसम्बन्धी तिनीहरूको काम व्यर्थमा थिएन। सा. यु. ३३-को पेन्तिकोसको दिन करीब ३,००० चेलाहरूले बप्तिस्मा लिए। “विश्‍वास गर्नेहरू झन्‌ बढ़ता गरी प्रभुमा थपिन लागे—लोग्नेमानिस र स्वास्नीमानिसहरू दुवैको भीड।” (प्रे. २:४१; ४:४; ५:१४) केही समयपछि, टार्ससका शावल, जो सतावट गर्नेहरू​मध्ये एकजना प्रमुख थिए, तिनी पनि मसीही भएर सत्यबारे निडरतासाथ साक्षी दिइरहेका छन्‌ भन्‍ने खबर सुनियो। तिनी पछि गएर प्रेरित पावल कहलाइए। (गला. १:२२-२४) प्रथम शताब्दीमा सुरु भएको काम अझै समाप्त भएको छैन। यी “आखिरी दिनहरूमा” त्यस कामको गति अझ बढेको छ र त्यो पृथ्वीका जम्मै भागहरूमा पुगिसकेको छ। त्यसमा भाग लिने सुअवसर हामीले पाएका छौं र यो काम गर्दा हामीभन्दा पहिलेका वफादार साक्षीहरूले कायम गरेको उदाहरणबाट हामीले शिक्षा लिन सक्नेछौं।

१०. (क) साक्षीदिने काममा पावलले कुन अवसरहरू प्रयोग गरे? (ख) राज्यको समाचार कुन कुन तरिकाहरूद्वारा तपाईं अरूहरूसम्म पुऱ्‍याउनहुन्छ?

१० येशू ख्रीष्टबारे सत्य थाह पाएपछि पावलले आलेटाले गरेनन्‌। “तुरुन्तै तिनले . . . येशू परमेश्‍वरका पुत्र हुन्‌ भनेर घोषणा गरे।” (प्रे. ९:२०) परमेश्‍वरले तिनीमाथि देखाउनु भएको अनुग्रहको तिनले मूल्याङ्‌कन गरे र अरूहरूलाई पनि यो सुसमाचारको खाँचो छ भनी महसुस गरे। त्यस बेलाको चलनअनुसार यहूदीहरू सभाघरहरूमा भेला हुने गर्थे। अतः आफू पनि एकजना यहूदी हुनाकारण तिनले सभाघरमा गएर साक्षी दिने गरे। तिनले घर-घरमा गएर प्रचार गर्ने गरे र बजारमा मानिसहरूसित बहस गरे। र सुसमाचार प्रकाश गर्न तिनी नयाँ नयाँ ठाउँहरूमा जान तयार थिए।—प्रे. १७:१७; २०:२०; रोमी १५:२३, २४.

११. (क) साक्षी दिने तरिकामा पावल निर्भयी मात्र होइनन्‌ विवेकी पनि थिए भन्‍ने कुरा तिनले कसरी देखाए? (ख) आफ्ना नातेदारहरू, सङ्‌गै काम गर्नेहरू, वा स्कूलका साथीहरूलाई साक्षी दिंदा हामीले पनि त्यो गुण कसरी प्रतिबिम्बित गर्न सक्‍तछौं?

११ पावल साहसी मात्र होइन, विवेकी पनि थिए र हामी पनि त्यस्तै हुनुपर्दछ। यहूदीहरू सँग कुरा गर्दा परमेश्‍वरले तिनीहरूका पुर्खासँग गर्नु भएको प्रतिज्ञालाई तिनले आधार बनाउँदथे। युनानीहरूसँग कुरा गर्दा चाहिं तिनीहरूलाई थाह भएका कुराहरूको आधारमा छलफल गर्दथिए। सत्य सिक्ने सम्बन्धमा तिनले साक्षी दिंदा कहिलेकाहीं तिनको आफ्नै अनुभवलाई प्रयोग गर्थे। यस विषयमा तिनले यसो भने: “म त्यसको सम्भागी होऊँ भनेर सुसमाचारको खातिर सब थोक गर्दछु।”—१ कोरि. ९:२०-२३; प्रे. २२:३-२१.

१२. (क) पावल निर्भयी भए तापनि विरोधीहरूसित बारम्बार झगडा गरी रहनु नपरोस्‌ भनेर तिनले के गरे? (ख) त्यस उदाहरणको अनुकरण हामीले कहिले गर्न सक्छौं, र कसरी? (ग) निर्भयतासाथ बोलिरहने शक्‍ति कहाँबाट आउँछ?

१२ सुसमाचारको विरुद्धमा विरोध आइपर्दाचाहिं सत्यका शत्रुहरू​सित बारम्बार झगडा गरी रहनुभन्दा तिनले अन्य ठाउँमा गएर प्रचार गर्नु अथवा केही समयका निम्ति नयाँ क्षेत्रमा बसाइँ सर्नु बेस ठाने। (प्रे. १४:५-७; १८:५-७; रोमी १२:१८) तर तिनी सुसमाचार​बारे कहिले पनि शर्माउँदैन थिए। (रोमी १:१६) विरोधीहरूको अपमानजनक र हिंसात्मक व्यवहार तिनलाई नमीठो लागे तापनि प्रचार गरी रहनका निम्ति तिनी ‘परमेश्‍वरमा निर्भय रहे।’ तिनले सामना गर्नु परेका कठिन परिस्थितिहरूको बावजूद तिनले यसो भने: “मद्वारा प्रचार होस्‌ र सबै अन्यजातिहरूले सुनून्‌ भनेर प्रभु मेरो साथमा खड़ा हुनुभयो, र मलाई खुब बलियो तुल्याउनुभयो।” (१ थिस्स. २:२; २ तिमो. ४:१७) मण्डलीको शिर प्रभु येशूले हाम्रा समयका लागि जुन कामबारे भविष्यवाणी गर्नु भएको थियो सो काम सम्पन्‍न होस्‌ भनेर उहाँले आवश्‍यक शक्‍ति उपलब्ध गराइ नै रहनु हुँदैछ।—मर्कूस १३:१०.

१३. मसीही निर्भयताको प्रमाण केले दिन्छ, र त्यसको आधार के हो?

१३ प्रथम शताब्दीमा येशू ख्रीष्ट र परमेश्‍वरका विश्‍वासी सेवकहरूले गरेजस्तै गरी हामीहरूले पनि निर्भयतासाथ परमेश्‍वरको वचन बोलीरहने ठोस कारण छ। यसको अर्थ हाम्रो व्यवहार अशिष्ट वा हठी हुनुपर्दछ भनेको होइन। समाचार सुन्‍न नचाहनेहरूलाई जबरजस्ती सुनाउनु वा अविवेकी हुनुपर्ने केही खाँचो छैन। तर मानिसहरूको उदासीनताको कारण हामी काम बन्द गर्दैनौं नता विरोध हुँदैमा डरले चुप लागी बस्दछौं। येशूले झैं हामीले पनि सारा पृथ्वीमाथिको न्यायोचित सरकार परमेश्‍वरको राज्य हो भनी सङ्‌केत गर्दछौं। हामी विश्‍वासका साथ बोल्दछौं किनभने हामी विश्‍वका सार्वभौम शासक, यहोवालाई प्रतिनिधित्व गर्दछौं र जुन समाचारको हामी घोषणा गर्दछौं त्यो हाम्रो होइन तर परमेश्‍वरको हो।—फिलि. १:२७, २८; १ थिस्स. २:१३.

पुनरावलोकन एवं छलफल

• सम्भवतः प्रत्येक व्यक्‍तिलाई राज्यको समाचार सुनाउने काममा भाग लिनु किन महत्त्वपूर्ण हो? तर के कस्तो प्रतिक्रियाको हामीले आशा गर्नु पर्दछ?

• यहोवाको सेवा गर्नुमा हामी आफ्नै बलमाथि भरोसा गर्दैनौं भनी कसरी देखाउन सक्छौं?

• प्रेरितको पुस्तकबाट के बहुमूल्य शिक्षा हामी सिक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]