सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मोशाको व्यवस्थाले तपाईंका निम्ति के अर्थ राख्तछ?

मोशाको व्यवस्थाले तपाईंका निम्ति के अर्थ राख्तछ?

अध्याय १९

मोशाको व्यवस्थाले तपाईंका निम्ति के अर्थ राख्तछ?

१. (क) सा. यु. ३६-देखि, खतना नभएका अन्यजातिहरू पनि मसीहीहरूको रूपमा यहोवालाई स्वीकार्य थियो भन्‍ने सङ्‌केत के ले दियो? (ख) तर सुरु-सुरुका केही मसीहीहरूले कुन विषयबारे एउटा कट्टर विचारधारा अपनाएका थिए?

 मोशाको व्यवस्था अन्तर्गत गर्नुपर्ने सबै नै कुराहरू मान्‍ने बाध्यता अन्य जातिबाट आएका मसीहीहरूमाथि पनि छ कि छैन, सो विषयमा प्रेरित पावलको समयमा एउटा गरमागरम बहस चलेको थियो। यो कुरा साँचो हो कि सा. यु. ३६-मा खतना नभएका अन्य जातिहरूमाथि पनि पवित्र आत्मा खन्याइएको थियो। तापनि अन्यजातिबाट आएका चेलाहरूको खतना हुनैपर्छ र मोशाको व्यवस्था पालन गर्न तिनीहरूलाई सिकाउनै पर्दछ भन्‍ने दृढ अडान यहूदी मतबाट आएका केही मसीहीहरूले लिएका थिए। के वास्तवमा तिनीहरूले त्यो व्यवस्था अथवा त्यसका केही अंश मान्‍नु आवश्‍यक थियो? सा. यु. ४९-तिर त्यस विवादलाई यरूशलेममा स्थित परिचालक निकायको सामु प्रस्तुत गरियो।—प्रे. १०:४४-४८; १५:१, २, ५.

२. यस विषयमा हामीले किन चासो लिन्छौं?

त्यसको परिणाम हाम्रालागि गहिरो चासोको विषय हो। किन? एक तः, व्यवस्थाका अन्य आवश्‍यकताहरूलाई अर्थात्‌ विश्राम दिन मान्‍ने नियमलाई मसीहीहरूले पूरा गर्नैपर्छ भनेर तर्क गर्ने मानिसहरूसित समय समयमा हाम्रो भेट भई नै रहन्छ। अर्कोचाहिं, बाइबल स्वयं भन्छ कि “व्यवस्था पवित्र छ, औ आज्ञा पवित्र, धर्मी र असल छ।” (रोमी ७:१२) यस व्यवस्थालाई मोशाको व्यवस्था भनिन्छ किनभने व्यवस्थाको वाचाको मध्यस्थ मोशा थिए। तापनि, व्यवस्थाका ती विधिविधानको स्रोत यहोवा परमेश्‍वर नै हुनुहुन्थ्यो।—प्रस्थ. २४:३, ८.

व्यवस्था किन?

३. इस्राएललाई व्यवस्था किन दिइयो?

यहोवाले इस्राएललाई व्यवस्थाको विधिविधान किन दिनुभयो, सो कुरा बुझ्नाले व्यवस्थाप्रति हाम्रो वर्तमान दृष्टिकोणमाथि प्रभाव पर्नेछ। शास्त्रले व्याख्या गर्दछ: “जुन वंशलाई प्रतिज्ञा भएको हो [अब्राहामसँगको वाचा] सो नआउञ्जेल अपराधको कारणले यो थपिन आएको हो . . . यसैले विश्‍वासैबाट हामी धर्मी ठहरिऔं भनेर हामीलाई ख्रीष्टमा ल्याउनलाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो।” (गला. ३:१९, २४) यो काम व्यवस्थाले कसरी पूरा गऱ्‍यो?

४. (क) त्यस व्यवस्थाले कसरी “अपराधहरूलाई प्रकट गऱ्‍यो”? (ख) त्यसले विश्‍वास गर्नेहरूलाई कसरी ख्रीष्टतर्फ लग्यो?

जीवनका विभिन्‍न पक्षहरूलाई छुने एउटा सिद्ध नमुना प्रस्तुत गर्दै त्यसले यहूदीहरूलाई पापी ठहरायो। कति नै राम्रो नियतका साथ परिश्रमपूर्ण प्रयत्न गरे तापनि तिनीहरूले व्यवस्थाका आवश्‍यकताहरूलाई पूरा गर्न सकेनन्‌। यहूदीहरूलाई असिद्ध मानव परिवारको एउटा नमुनाको रूपमा प्रयोग गर्दै व्यवस्थाले हामीसमेत सारा संसारलाई परमेश्‍वरको सामुन्‍ने दण्ड पाउने योग्यको साबित गरी दियो। (रोमी ३:१९, २०) अतः मानवजातिलाई एउटा उद्धारकर्ता चाहिन्छ भन्‍ने कुरामाथि त्यसले जोड दियो र विश्‍वासी व्यक्‍तिहरूलाई उद्धारकर्ता येशू ख्रीष्टतर्फ डोऱ्‍यायो। कसरी? व्यवस्थालाई सम्पूर्णतया पालन गर्ने उहाँ एकमात्र व्यक्‍ति हुनुभएकोले पापरहित एक मात्र मानव पनि उहाँ नै हुनुहुन्छ भनेर व्यवस्थाले स्पष्टसँग चिनायो। व्यवस्था अन्तर्गत चढाइने पशु बलिदानको महत्त्व सीमित थियो। तर एकजना सिद्ध मानवको रूपमा येशूले पापलाई यथार्थमा हटाउन र त्यसप्रति विश्‍वास जनाउनेहरूका निम्ति अनन्त जीवनको बाटो खोलिदिन आफ्नो जीवन बलिदान चढाउन सक्नु भयो।—यूह. १:२९; ३:१६; १ पत्रु. १:१८, १९.

५. दिएका शास्त्रपदहरू प्रयोग गर्दै यस अनुच्छेदमा समावेश गरिएका प्रश्‍नहरूको उत्तर दिनुहोस्‌।

यस कुरालाई ध्यानमा राख्दै निम्नलिखित प्रश्‍नहरूको तपाईं कसरी उत्तर दिनुहुन्छ?

 मोशाको व्यवस्थालाई सबै मानवजातिले मान्‍नै पर्छ भन्‍ने बाध्यता कुनै समयमा थियो र? (भजन. १४७:१९, २०; प्रस्थ. ३१:१२, १३)

 कुनै दिन व्यवस्थाको वाचा समाप्त हुनेछ भनेर के यहोवाले इस्राएललाई केही सङ्‌केत दिनु भएको थियो? (यर्मि. ३१:३१-३३; हिब्रू ८:१३)

 व्यवस्थाको अरू भाग खारेज भइसकेपछि पनि के साप्ताहिक विश्राम-दिन मान्‍ने तथा दश आज्ञाहरू पालन गर्ने नियम कायम नै रह्‌यो? (कल. २:१३, १४, १६; २ कोरि. ३:७-११ [प्रस्थ. ३४:२८-३० ले स्पष्ट पारे अनुसार]; रोमी ७:६, ७)

 यहोवाले वाचाको व्यवस्थालाई कुन ढङ्‌गमा अन्त गरिदिनु भयो? (कल. २:१३-१७; मत्ती ५:१७, १८; रोमी १०:४)

६. मोशाको व्यवस्था अझै कायमै छ भन्‍ने तर्कहरूबाट के बोध हुन्छ?

यी कुराहरूको बावजूद मोशाको व्यवस्था अझै कायम छ भनी तर्क गर्नुको अर्थ के हुनेछ? यसो गर्नुको अर्थ येशू ख्रीष्टमाथिको विश्‍वासलाई इन्कार गरेको बराबर हुनेछ। त्यसो किन? किनभने येशूले व्यवस्थालाई पूरा गर्नुभयो र त्यसलाई खारेज गर्ने बाटो परमेश्‍वरका लागि तयार गरी दिनुभयो भन्‍ने तथ्यलाई यसप्रकारको विचारले तिरस्कार गर्दछ। आफूलाई मसीही कहलाउने तर व्यवस्था वा त्यसका केही अंश कायमै राख्नु पर्दछ भन्‍ने व्यक्‍तिहरूलाई प्रेरित पावलले लेखे: “तिमीहरूमा जो व्यवस्थाबाट धर्मी ठहरिने भएका छौ, तिमीहरू ख्रीष्टबाट अलग भएका छौ। तिमीहरू अनुग्रहबाट पतित भएका छौ।”—गला. ५:४; रोमी १०:२-४ पनि हेर्नुहोस्‌।

७. (क) व्यवस्थाका केही विशेषताहरू कायमै रहनु पर्दछ भनी तर्क गर्नेहरूले कुन कुरा राम्ररी बुझेका हुँदैनन्‌? (ख) मसीही कामहरू कतिका महत्त्वपूर्ण छन्‌, र हामीले पाउने अनन्त जीवनको वरदानसँग यिनको के सम्बन्ध छ?

परमेश्‍वरको दृष्टिमा धर्मी ठहरिनु, व्यवस्थाका कार्यहरू पालन गर्नुमा होइन तर येशूको बलिदानमाथि विश्‍वास राख्नुमा भर पर्छ। व्यवस्थाका केही भागहरू कायम नै रहनु पर्दछ भनी तर्क गर्ने व्यक्‍तिहरूले यस कुरालाई पूर्णरूपमा बुझ्न सक्‍तैनन्‌। (गला. ३:११, १२) पापी मानिसहरूले व्यवस्थामा उल्लिखित कार्यहरूलाई पालन गर्न असम्भव छ। तापनि तिनीहरूको विचारमा त्यही कार्यहरूद्वारा एकजना व्यक्‍तिले आफूलाई धर्मी ठहराउनु पर्दछ। वास्तवमा हामीले मसीहीहरूमा लागूहुने परमेश्‍वर र ख्रीष्टका आज्ञाहरू पालन गर्ने काम गर्नु अत्यावश्‍यक छ। (याकु. २:१५-१७; मत्ती २८:१९, २०) ती कामहरूद्वारा हामीले आफ्नो प्रेम र विश्‍वास प्रदर्शित गर्दछौं र ती कामहरूको अभाव भएमा हाम्रो विश्‍वास मरेसरह हुनेछ। तर ती कामहरूमा हामीले जति नै मेहनत गऱ्‍यौं भने पनि मुक्‍ति आर्जन गर्न चाहिं सक्‍तैनौं। येशू ख्रीष्टको बलिदानबिना पाप र मृत्युबाट मुक्‍ति कुनै हालतमा पनि सम्भव हुने थिएन। यसकारण, अनन्त जीवन येशू ख्रीष्ट मार्फत आउने परमेश्‍वरको एउटा वरदान हो। उहाँको अपार करुणाको यो एउटा अभिव्यक्‍ति हो। हामीले गरेका कार्यहरू वापत प्रदान गरिएको यो कुनै ज्याला होइन।—एफि. २:८, ९; रोमी ३:२३, २४; ६:२३.

८. मोशाको व्यवस्था अन्यजातिबाट आएका मसीहीहरूमा पनि लागू हुनुपर्छ भन्‍ने विवादको फैसला प्रथम शताब्दीको परिचालक निकायले कसरी गऱ्‍यो?

यी कुराहरूलाई नै ध्यानमा राख्दै, अन्यजातिका मसीहीहरू​माथि पनि मोशाको व्यवस्था लागूहुने नहुने विवाद खडा हुँदा यरूशलेममा स्थित परिचालक निकायले निर्णय गरे। विश्‍वास गर्ने अन्यजातिका मानिसहरूमाथि पवित्र आत्मा खनाउनुअघि तिनीहरूले मोशाको व्यवस्थामा दिइएका कार्यहरू पालन गर्नुपर्छ भन्‍ने शर्त यहोवाले लाउनु भएन र यस कुरालाई परिचालक निकायले स्वीकार गरे। तिनीहरूले गरेको फैसलामा निश्‍चय नै केही त्यस्ता “आवश्‍यक कुराहरू” अथवा केही निषेधाज्ञाहरू सम्मिलित थिए जो व्यवस्थामा पनि समावेश थियो। तर ती निषेधाज्ञाहरू व्यवस्था भन्दा अघि नै बाइबलमा उल्लिखित घटनाहरूमा आधारित थिए। अतः मोशाको व्यवस्था वा त्यसका केही भाग पालन गर्न अन्यजातिका मसीहीहरूलाई कुनै बाध्यता थिएन। बरु, मोशाभन्दा अघिका मान्यता प्राप्त स्तरहरूलाई कायम राख्ने काम गरियो।—प्रे. १५:२८, २९; उत्प. ९:३, ४; ३४:२-७; ३५:२-५.

९. (क) के यहूदीहरूले अझ पनि मोशाको व्यवस्था मानेको परमेश्‍वर चाहनुहुन्छ? (ख) ख्रीष्ट जुन ढङ्‌गमा मर्नुभयो, त्यसबाट तिनीहरूका निम्ति के विशेष प्रबन्ध गरियो?

सा. यु. ३३-को पेन्तिकोसको दिनपछि यहूदीहरू समेतले मोशाको व्यवस्थाका नियमहरू पालन गरेको परमेश्‍वरले चाहनु भएन। विश्‍वास गर्ने यहूदीहरूका लागि यो आनन्दित हुने एउटा विशेष कारण थियो। किन? किनभने अन्यजातिका मानिसहरू पनि पापी भएर मरिरहेका भए तापनि, परमेश्‍वरको श्राप चाहिं यहूदीहरूमाथि मात्र थियो। तिनीहरूले व्यवस्थाको वाचालाई भङ्‌ग गरेका थिए। तर एकजना श्रापित अपराधी झैं, अर्थात्‌ शूलीमा मर्नुभएर येशूले उहाँमाथि विश्‍वास गर्ने यहूदीहरूको सट्टामा मरिदिनु भयो। व्यवस्थाप्रति अनाज्ञाकारी हुनाकारण तिनीहरूमाथि आइ​पर्ने सजायबाट उहाँले तिनीहरूलाई मुक्‍त पार्नु भयो। (गला. ३:१०-१३) यसप्रकार मोशाको व्यवस्था अन्तर्गत कहिले पाउन नसकिने क्षमादान तिनीहरूका निम्ति उहाँले उपलब्ध गराइ दिनुभयो।—प्रे. १३:३८, ३९.

१०. व्यवस्थालाई हटाउनाले संयुक्‍त भएर उपासना गर्नमा कसरी मदत पुग्यो?

१० वास्तवमा, व्यवस्था यहूदीहरूलाई अन्यजातिका मानिसहरूबाट अलग पार्ने एउटा पर्खाल सरह थियो। अन्य​जातिहरू​माथि लागू नहुने नियमहरू यहूदीहरूमाथि लगाइएको थियो, र खतना नभएका अन्यजातिका मानिसहरूले यहूदीहरूसित तिनीहरूको उपासनामा पूर्णरूपमा भाग लिन पाउँदैन थिए। (प्रस्थान १२:४८; प्रेरित १०:२८ सङ्‌ग तुलना गर्नुहोस्‌।) तर व्यवस्थाको उद्देश्‍य पूरा भएर त्यसलाई हटाइ सकेपछि यहूदीहरू र खतना नभएका अन्य जातिका मानिसहरूलाई एकता बद्ध भएर ख्रीष्टद्वारा एक मात्र सच्चा परमेश्‍वरको उपासना गर्न सम्भव भयो।—एफि. २:११-१८.

व्यवस्थाको ज्ञानबाट हामीलाई लाभ हुन्छ

११. व्यवस्थाको ज्ञानले ख्रीष्टका शिक्षाहरू बुझ्नमा हामीलाई कसरी मदत दिन्छ?

११ आज हामी व्यवस्थाको अधीनमा नभए तापनि हामी प्रत्येकलाई त्यसबारे ज्ञान हुनु ठूलो लाभको कुरा हो। कसरी? सम्झनु होस्‌, येशू एउटी यहूदी आमाबाट जन्मनु भएको थियो र मोशाको व्यवस्थाको अधीनमा हुनुहुन्थ्यो। त्यस व्यवस्थाका आवश्‍यकताहरूको ज्ञान हामीसित छ भने उहाँले गर्नु भएका कुनै कुनै कुराहरू हामीले राम्रोसित बुझ्न सक्नेछौं। (गला. ४:४; लूका २२:७, ८ हेर्नुहोस्‌।) साथै, त्यही व्यवस्थाको अधीनमा भएका मानिसहरूबीच नै उहाँले सेवा गर्नुभयो। अतः उहाँका शिक्षाहरू अक्सर व्यवस्थासँगै सम्बन्धित परिस्थितिहरूमा आधारित हुन्थ्यो।—मत्ती ५:२३, २४ सङ्‌ग तुलना गर्नुहोस्‌।

१२. (क) मोशाको व्यवस्था र येशूको जीवनबीचको कुन सम्बन्धलाई येशूले औंलाउनु भयो? (ख) व्यवस्थाको ज्ञानको महत्त्वलाई प्रेरित पावलले कसरी सङ्‌केत गरे? (ग) त्यसमा उल्लिखित आवश्‍यकताहरूको आध्यात्मिक महत्त्व हामीले राम्ररी बुझ्यौं भने परिणाम के हुन सक्छ?

१२ येशूबारे व्यवस्थामा, अगमवक्‍ताहरूको पुस्तकमा र भजनसंग्रहमा लेखिएका कुराहरू उहाँको मानवीय जीवनमा पूरा भयो भनेर उहाँले स्वयं आफ्नो पुनरुत्थान पश्‍चात्‌ आफ्ना चेलाहरूलाई सम्झाउनु भयो। (लूका २४:४४) साथै, प्रेरित पावलले व्यवस्थाको वाचासँग सम्बन्धित विभिन्‍न कुराहरू “स्वर्गमा भएका कुराहरूको नकल र छाया” हुन्‌ भन्दै “व्यवस्थामा अब आउने उत्तम कुराहरूको छाया मात्र हो” पनि भने। (हिब्रू ८:४, ५; १०:१) येशू ख्रीष्टको पूजाहारीगिरी र उहाँको मानव जीवनको बलिदानद्वारा पूरा हुने विभिन्‍न र अचम्मका विस्तृत विवरण मोशाको व्यवस्थामा पाइन्छ। ती कुराहरूलाई राम्ररी बुझ्न सकेमा यी प्रबन्धहरू हाम्रालागि अझ अर्थपूर्ण हुन सक्छन्‌। आज यहोवालाई उहाँको महान आत्मिक मन्दिरमा ग्रहणयोग्य उपासना चढाउने प्रबन्धलाई सङ्‌केत गर्ने विस्तृत विवरण ती भविष्यवाणीका व्याख्याहरूमा पनि पाउन सकिन्छ। जसै यी कुराहरूबारे हाम्रो समझ बढ्‌दै जान्छ, आत्माद्वारा अभिषिक्‍त मण्डली र येशू ख्रीष्टको अगुवाइमा हाम्रो उपासनासित त्यसको भूमिकाप्रति हाम्रो मूल्याङ्‌कन पनि बढ्‌नेछ।

१३. व्यवस्थामा प्रतिबिम्बित असल सिद्धान्तहरूमाथि मनन गर्नु किन लाभदायक छ?

१३ मोशाको व्यवस्था परमेश्‍वरद्वारा प्रेरित धर्मशास्त्रको एउटा भाग हो जो “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई उपयोगी” छ। (२ तिमो. ३:१६) त्यसमा भएका कुराहरूको खोजी गर्नाले र व्यवस्थाका आधारभूत सिद्धान्तहरूमाथि मनन गर्नाले परमेश्‍वरलाई खुशी तुल्याउने कामहरू गर्ने हार्दिक इच्छा बढाउने मदत हामीले पाउन सक्नेछौं। व्यवस्थाले सङ्‌केत गरेको भावनालाई हामीले ठम्याएर त्यस भावनालाई आफ्नो जीवनमा प्रतिबिम्बित गर्न सक्यौं भने त्यो कति लाभदायक हुन सक्छ!

१४. (क) व्यवस्थाका आवश्‍यकताहरूमा चित्रित गरिएको भावनालाई बुझ्नु कतिको महत्त्वपूर्ण छ, सो येशूले कसरी प्रदर्शित गर्नुभयो? (ख) पाना १५२-मा उल्लिखित व्यवस्थाका केही थप असल सिद्धान्तहरूतर्फ ध्यान आकर्षित गर्नुहोस्‌। (ग) ती कुराहरूको मूल्याङ्‌कन गर्नाले परमेश्‍वरलाई खुशी तुल्याउनमा हामीलाई कसरी मदत मिल्नेछ?

१४ येशूले आफ्नो डाँडाको उपदेशमा यस कुरालाई निकै नै प्रभावकारी ढङ्‌गमा दर्शाउनु भयो। त्यसबेला व्यवस्थाको अधीनमा भएका मानिसहरूलाई सम्बोधन गर्नुहुँदै उहाँले देखाउनु भयो कि कसैको हत्या नगर्नु यथेष्ट थिएन। तिनीहरूले आफ्ना भाइहरूबारे होच्याउने किसिमको कुरा बोल्न आफ्नो जिब्रोको प्रयोग गर्ने र क्रोधित हुने झुकाउसमेत आफूबाट जरैसमेत उखेल्नु आवश्‍यक थियो। आफूले कहिले पनि व्यभिचार गरेको छैन भन्दै ढुक्क बस्नुको सट्टा तिनीहरूले कुनै स्त्रीलाई काम​वासनाका साथ हेर्नु पनि हुँदैन थियो। तिनीहरूले झैं हामीले पनि आफ्ना शरीरका सबै नै अङ्‌गहरूलाई यहोवाका धार्मिक मार्गहरू​अनुसार प्रयोग गर्ने प्रयास गर्नुपर्छ। (मत्ती ५:२१, २२, २७-३०; रोमी १३:८-१० पनि हेर्नुहोस्‌।) यसो गऱ्‍यौं भने “तैंले परमप्रभु [यहोवा, न्यु व.] आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू” भन्‍ने व्यवस्थाको सबैभन्दा ठूलो आज्ञाको अर्थ हामीले बुझेका छौं भनी प्रदर्शित गर्नेछौं। (मत्ती २२:३६, ३७) निश्‍चय पनि यसले हामीलाई यहोवाको नजीक तान्‍नेछ। हुन तः हो, मोशाको व्यवस्थाको विधिविधान पालन गर्न हामीलाई कुनै बाध्यता छैन। तापनि त्यसका आधारभूत सिद्धान्तहरू र त्यसमा पाइने भविष्य​सूचक नमुनाहरूको सही ज्ञानको प्राप्तिले हामी निश्‍चय नै लाभान्वित हुनेछौं।

पुनरावलोकन एवं छलफल

• मोशाको व्यवस्था पालन गर्ने कुरामा जिद्दी गर्नेहरूले वास्तवमा ख्रीष्टलाई इन्कार गरिरहेका हुन्‌ भनी किन भन्‍न सकिन्छ?

• यहोवाको उद्देश्‍यमा येशूले निभाउनु हुने भूमिका बुझ्नमा हामीलाई व्यवस्थाको ज्ञानले कसरी मदत दिन्छ?

• हामीहरू व्यवस्थाको अधीनमा नभएता पनि त्यसको अध्ययन​बाट हामीले कुनकुन बहुमूल्य कुराहरू बुझ्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५२-मा भएको पेटी]

मोशाको व्यवस्थामा पाइने केही आधारभूत सिद्धान्तहरू

परमेश्‍वरप्रति निभाउनु पर्ने केही जिम्मेवारीहरू

यहोवाको मात्र उपासना गर्नुहोस्‌ प्रस्थ. २०:३; २२:२०

उहाँको नामको प्रयोग श्रद्धापूर्वक गर्नुहोस्‌ प्रस्थ. २०:७; लेवी २४:१६

आफ्नो पूरा हृदय, प्राण र शक्‍तिसाथ उहाँको

सेवा र उहाँलाई प्रेम गर्नुहोस्‌ व्यव. ६:५; १०:१२; ३०:१६

उहाँको अवज्ञा गर्नदेखिन डराउनुहोस्‌,

उहाँका लागि भय र श्रद्धाको भाव राख्नु होस्‌ व्यव. ५:२९; ६:२४

उहाँले अह्राउनु भएको विधिअनुसार मात्र लेवी १:१-५; गन्ती १६:१-५०;

उहाँसित सम्पर्क राख्नुहोस्‌ व्यव. १२:५-१४

उहाँलाई आफूले सकेसम्म राम्रो सेवा

चढाउनु होस्‌; तपाईंसित भएको सबै

कुरा उहाँबाटै आएको हो प्रस्थ. २३:१९; ३४:२६

उपासकहरू शारीरिक तौरमा शुद्ध हुनु पर्दछ प्रस्थ. १९:१०, ११; ३०:२०

सांसारिक काम-धन्दाले गर्दा पवित्र प्रस्थ. २०:८-१०; ३४:२१;

कामकुरालाई पन्छाउनु मिल्दैन गन्ती १५:३२-३६

निषेध गरिएका धार्मिक क्रियाकलापहरू

मूर्तिपूजा प्रस्थ. २०:४-६; व्यव. ७:२५

अर्न्तविश्‍वास प्रस्थ. २३:१३; ३४:१२-१५;

व्यव. ६:१४, १५; १३:१-५

प्रेतवाद, तन्त्र-मन्त्र, जोखाना हेर्ने, प्रस्थ. २२:१८; लेवी २०:२७;

ज्योतिषविद्या, टुनामुना व्यव. १८:१०-१२

विवाह र पारिवारिक जीवन

व्यभिचार निषेध प्रस्थ. २०:१४; लेवी २०:१०

यहोवाको उपासना नगर्ने व्यक्‍तिसित

विवाह गर्नु हुँदैन थियो व्यव. ७:१-४

हाडनाताकरनी निषेध थियो लेवी १८:६-१६; २०:११

यौनक्रिडासित सम्बन्धित भ्रष्ट

तौरतरिकाहरूबाट अलग बस्नु लेवी १८:२३; २०:१३

नजन्मेको बच्चाको प्राणलाई पनि मान्यता दिनु प्रस्थ. २१:२२, २३

तपाईंका आमा-बाबुहरूको आदर गर्नु प्रस्थ. २०:१२; २१:१५, १७;

व्यव. २१:१८-२१

तपाईंका छोरा-छोरीहरूलाई यहोवाका

मार्गहरू सिकाउनु होस्‌ व्यव. ६:४-९; ११:१८-२१

अरूहरूप्रति निभाउनु पर्ने कर्त्तव्यहरू

मानव जीवनलाई पवित्र ठान्‍नु प्रस्थ. २०:१३; गन्ती ३५:९-३४

आफ्ना सङ्‌गीहरूलाई प्रेम गर्नु; मनमा ईख नराख्नु लेवी १९:१७, १८

बूढापाकाहरूका लागि विचार पुऱ्‍याउने गर्नुहोस्‌ लेवी १९:३२

आर्थिक कठिनाइमा परेकाहरू, टुहुराहरू र

विधवाहरूका लागि प्रेमपूर्ण चासो देखाउनु होस्‌ लेवी २५:३५-३७;

व्यव. १५:७-११; २४:१९-२१

अन्धाहरू र बहिराहरूलाई हेला नगर्नु लेवी १९:१४; व्यव. २७:१८

व्यापार सम्बन्धी लेनदेन गर्दा इमान्दार हुनुहोस्‌ लेवी १९:३५, ३६; 

२५:१४

अरूहरूको हकलाई मान्यता दिनुहोस्‌ प्रस्थ. २०:१५; २२:१, ६; २३:४;

व्यव. २२:१-३

अरूहरूको कुनै पनि कुराको लोभ नगर्नु होस्‌ प्रस्थ. २०:१७

घोर कुकर्मीहरूको पर्दाफास गरी दिनुहोस्‌ लेवी ५:१; व्यव. १३:६-११

सत्यवादी हुनुहोस्‌; झुट्टा गवाही नदिनु होस्‌ प्रस्थ. २०:१६; २३:१, २

ओहदा वा प्रतिष्ठाको कारण पक्षपात नगर्नु प्रस्थ. २३:३, ६;

लेवी १९:१५