सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

दुःख-कष्टबाट मुक्‍त पृथ्वी

दुःख-कष्टबाट मुक्‍त पृथ्वी

भाग २

दुःख-कष्टबाट मुक्‍त पृथ्वी

१, २. धेरै जनाको कुन भिन्‍न दृष्टिकोण छ?

 तथापि संसारभरि लाखौं मानिसहरूको एउटा एकदम भिन्‍न दृष्टिकोण छ। तिनीहरू आफ्नो अगाडि मानवजातिका लागि एउटा आश्‍चर्यपूर्ण भविष्य देख्छन्‌। यसै पृथ्वीमा दुष्टता र दुःख-कष्टबाट बिलकुलै मुक्‍त एउटा संसार चाँडै नै बसालिनेछ भनेर तिनीहरू भन्छन्‌। जे कुराहरू खराब छन्‌ त्यसलाई चाँडै नै हटाइनेछ र एउटा नयाँ संसार स्थापना गरिनेछ भनेर तिनीहरू निर्धक्क छन्‌। त्यस नयाँ संसारको पूर्वाधार अहिले नै बसालिंदैछ भनेर समेत तिनीहरू भन्छन्‌!

यी मानिसहरू विश्‍वास गर्छन्‌ कि त्यो नयाँ संसार युद्ध, क्रूरता, अपराध, अन्याय र गरिबीबाट मुक्‍त हुनेछ। त्यो संसार रोग, दुःख, आँसु र मृत्युसमेत नभएको एउटा संसार हुनेछ। त्यस समयमा मानिसहरू सिद्धतातर्फ बढ्‌नेछन्‌ र पार्थिव प्रमोदवनमा आनन्दसाथ सधैंभरि जीवित रहनेछन्‌। अझ भनौं भने, मरिसकेका व्यक्‍तिहरूको पुनरुत्थान समेत हुनेछ र तिनीहरूले पनि सधैंभरि बाँच्ने मौका पाउनेछन्‌!

३, ४. आफ्नो दृष्टिकोणप्रति ती व्यक्‍तिहरू किन निर्धक्क छन्‌?

भविष्यबारे यस्तो दृष्टिकोण राख्नु के एउटा सपना वा मनोकामना मात्र हो? कदापि होइन। आउँदै गरेको प्रमोदवन रोक्न नसकिने कुरा हो भन्‍ने ठोस विश्‍वासमा यो आधारित छ। (हिब्रू ११:१) तिनीहरू किन यति विश्‍वस्त छन्‌? किनभने ब्रह्‍माण्डको सर्वशक्‍तिमान सृष्टिकर्ताले यो प्रतिज्ञा गर्नुभएको हो।

परमेश्‍वरका प्रतिज्ञाहरूबारे बाइबलले यसो भन्छ: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन।” “परमेश्‍वर ढाँट्‌नुहुन्‍न, कारण उहाँ मानिस हुनुहुन्‍न, . . . उहाँले भनेपछि के त्यो गर्नुहुन्‍न र? अथवा उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्‍न र?” “सेनाहरूका परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, जो युक्‍ति मैले गरेको छु, त्यो निश्‍चय पूरा हुनेछ, जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ।”—यहोशू २३:१४; गन्ती २३:१९; यशैया १४:२४.

५. कुन प्रश्‍नहरूको जवाफ दिनु आवश्‍यक छ?

तर परमेश्‍वरको उद्देश्‍य दुःख-कष्टबाट मुक्‍त एउटा पार्थिव प्रमोदवनको स्थापना गर्नु नै थियो भने सर्वप्रथम उहाँले यतिका नराम्रा कुराहरू हुने अनुमति किन दिनुभयो? गलत कुराहरूलाई सुधार्न उहाँले छ हजार वर्षदेखि आजसम्म किन कुर्नुभयो? दुःख-कष्टले भरिएका ती शताब्दीहरूले के परमेश्‍वर वास्तवमा हाम्रो चिन्ता गर्नुहुन्‍न वा उहाँको अस्तित्व नै छैन भनेर समेत देखाउँदैन र?

[अध्ययनका लागि प्रश्‍नहरू]