सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अन्तरधार्मिक उपासना

अन्तरधार्मिक उपासना

के धर्मकर्म गर्ने सबै मानिसले एउटै परमेश्‍वरको उपासना गर्छन्‌?

के यहोवाले फरक-फरक कुरा सिकाउने सबै धर्मलाई स्विकार्नुहुन्छ?

मत्ति ७:१३, १४; युह १७:३; एफि ४:४-६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • यहो २४:१५​—यहोसुले इस्राएलीहरूलाई यहोवाको उपासना गर्ने कि अरू देवीदेवताको उपासना गर्ने भनेर रोज्न आग्रह गरे

    • १रा १८:१९-४०​—यहोवाले भविष्यवक्‍ता एलियामार्फत उहाँका उपासकहरूले बाआल र अरू कुनै पनि देवीदेवताको उपासना गर्नु हुँदैन भनेर देखाउनुभयो

मानिसहरूले झूटा देवीदेवताको उपासना गर्दा यहोवालाई कस्तो लाग्छ?

यहोवाको उपासनामा झूटा रीतिथिति मिसाउँदा उहाँलाई कस्तो लाग्छ?

यसै १:१३-१५; १को १०:२०-२२; २को ६:१४, १५, १७

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रस्थ ३२:१-१०​—इस्राएलीहरूको दबाबमा परेर हारुनले एउटा बाछोको मूर्ति बनाए र तिनीहरूले त्यसलाई पुजेर “यहोवा परमेश्‍वरको निम्ति एउटा चाड” मनाए, जसले गर्दा उहाँ क्रोधित हुनुभयो

    • १रा १२:२६-३०​—मानिसहरू यरुसलेमको मन्दिरमा नजाऊन्‌ भनेर राजा यरोबामले यहोवाको प्रतीकस्वरूप मूर्तिहरू बनाए र मानिसहरूले त्यसलाई पुजेर पाप गरे

अरू देवीदेवताको उपासना गर्ने मानिसहरूबाट अलग रहन यहोवाले इस्राएलीहरूलाई कसरी सिकाउनुभयो?

आफ्ना उपासकहरूले झूटा रीतिथितिमा भाग लिँदा यहोवाले के गर्नुभयो?

न्या १०:६, ७; भज १०६:३५-४०; यर्मि ४४:२, ३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १रा ११:१-९​—राजा सुलेमानले विदेशी पत्नीहरूको दबाबमा परेर अरू देवीदेवताको उपासना गरे र तिनका प्रजाहरूले पनि त्यसै गरे, जसको कारण यहोवा रिसाउनुभयो

    • भज ७८:४०, ४१, ५५-६२​—इस्राएलीहरूले विद्रोह र मूर्तिपूजा गरेकोले यहोवा दुःखी हुनुभयो र तिनीहरूलाई त्याग्नुभयो भनेर आसापले बताए

के येसुले परमेश्‍वरको वचनसित बाझिने धार्मिक शिक्षाहरूलाई समर्थन गर्नुभयो?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति १६:६, १२​—येसुले फरिसीहरू र सदुकीहरूको शिक्षालाई खमिरसित तुलना गर्नुभयो किनकि झूटा शिक्षाहरू तुरुन्तै फैलिन्छ र त्यसले यहोवासितको सम्बन्धलाई बिगार्छ

    • मत्ति २३:५-७, २३-३३​—येसुले गलत शिक्षा सिकाउने कपटी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार्नुभयो

    • मर्कु ७:५-९​—येसुले शास्त्रीहरू र फरिसीहरूले परमेश्‍वरको वचनलाई भन्दा मानव परम्परालाई बढी महत्त्व दिइरहेको कुरा उदाङ्‌ग पारिदिनुभयो

के येसु आफ्ना अनुयायीहरूले विभिन्‍न धार्मिक गुट बनाएको चाहनुहुन्छ?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • युह १५:४, ५​—येसुले आफ्ना अनुयायीहरू उहाँसित र एकअर्कासित एकतामा रहनुपर्छ भनेर बुझाउन अङ्‌गुरको बोटको उदाहरण चलाउनुभयो

    • युह १७:१, ६, ११, २०-२३​—येसुले प्रेषितहरूसित बिताउनुभएको अन्तिम रातमा आफ्ना सबै साँचो अनुयायी एकतामा रहून्‌ भनेर प्रार्थना गर्नुभयो

के प्रथम शताब्दीको विभिन्‍न ख्रिष्टियन मण्डलीहरूमा एउटै शिक्षा सिकाइन्थ्यो र एउटै तरिकामा यहोवाको उपासना गरिन्थ्यो?

प्रे १६:४, ५; रोमी १२:४, ५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • प्रे ११:२०-२३, २५, २६​—एन्टिओक र यरुसलेमका मण्डलीहरूले एकतामा रहेर काम गरे

    • रोमी १५:२५, २६; २को ८:१-७​—प्रथम शताब्दीका थुप्रै मण्डलीले राहतकार्यको लागि उदार भई दान दिए र यसबाट प्रेमले मण्डलीहरूलाई एकतामा बाँध्छ भनेर प्रमाणित भयो

के परमेश्‍वरले येसुमाथि विश्‍वास गरेको दाबी गर्ने सबै धर्मलाई स्विकार्नुहुन्छ?

के कुनै ख्रिष्टियनले ख्रिष्ट र उहाँका प्रेषितहरूको शिक्षा स्विकार्दैनन्‌ भने तिनको उपासना ग्रहणयोग्य हुन्छ?

प्रे २०:२९, ३०; १ति ४:१-३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति १३:२४-३०, ३६-४३​—येसुले झूटा ख्रिष्टियनहरूलाई सामासित तुलना गर्नुभयो र मण्डलीमा थुप्रै झूटा ख्रिष्टियन देखा पर्ने भएकोले केही समयको लागि साँचो ख्रिष्टियनहरू ओझेलमा पर्नेछन्‌ भन्‍नुभयो

    • १यु २:१८, १९​—वृद्ध भइसकेका प्रेषित युहन्‍नाले प्रथम शताब्दीको अन्तसम्ममा थुप्रै ख्रिष्ट-विरोधी देखा परिसकेको कुरा बताए

झूटो शिक्षा सिकाउने र ख्रिष्टियनहरूलाई नसुहाउने आचरण देखाउने व्यक्‍तिलाई मण्डलीको भाग भइरहन दिइयो भने के हुन्छ?

एकतामा रहिरहन ख्रिष्टियनहरूले के गर्नुपर्छ?

ख्रिष्टियनहरूले किन झूटो उपासनामा भाग लिनु हुँदैन?

झूटा धार्मिक शिक्षाहरूबारे अरू मानिसलाई थाह दिनु किन जरुरी छ?

झूटो धर्मका मानिसहरूले साँचो उपासकहरूलाई आक्रमण वा खेदो गर्दा हामी किन छक्क पर्नु पर्दैन?