खेदो
ख्रिष्टियनहरूले किन खेदो भोग्ने आशा गर्नुपर्छ?
खेदो भोग्दा किन यहोवासित मदत माग्नुपर्छ?
भज ५५:२२; २को १२:९, १०; २ति ४:१६-१८; हिब्रू १३:६
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
१रा १९:१-१८—भविष्यवक्ता एलियाले खेदो भोग्दा यहोवालाई आफ्नो मनको बह पोखाए अनि उहाँबाट प्रोत्साहन र सान्त्वना पाए
-
प्रे ७:९-१५—युसुफले आफ्नै दाइहरूबाट खेदो भोगे तर यहोवाले तिनीप्रति वफादारी देखाउनुभयो, तिनलाई जोगाउनुभयो र तिनको परिवारलाई बचाउन तिनलाई प्रयोग गर्नुभयो
-
हामीले के-कस्ता खेदो भोग्नुपर्ने हुन्छ?
मौखिक दुर्व्यवहार
२इ ३६:१६; मत्ति ५:११; प्रे १९:९; १प ४:४
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२रा १८:१७-३५—अस्सेरियाली राजाका सन्देशवाहक रबसाकेले यहोवाको बेइज्जत गरे अनि यरुसलेमका मानिसहरूको गिल्ला गरे
-
लुका २२:६३-६५; २३:३५-३७—येसु हिरासतमा हुनुहुँदा र पछि यातनाको खम्बामा टाँगिनुहुँदा विरोधीहरूले उहाँको बेइज्जत गरे र खिल्ली उडाए
-
आफन्तहरूबाट आउने विरोध
गिरफ्तार गरिँदा र अख्तियारवालाहरूसामु उभ्याइँदा
शारीरिक दुर्व्यवहार
भीडको आक्रमण
हत्या
खेदो भोग्दा ख्रिष्टियनहरूले के गर्नुपर्छ?
मत्ति ५:४४; प्रे १६:२५; १को ४:१२, १३; १प २:२३
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे ७:५७–८:१—भीडले ढुङ्गा हान्दै गर्दा स्तिफनसले खेदो गर्ने ती मानिसहरूलाई कृपा देखाउन यहोवालाई बिन्ती गरे, जुन भीडमा टार्ससका सावल पनि थिए
-
प्रे १६:२२-३४—प्रेषित पावल पिटिए र ठिँगुरोमा हालिए तैपनि तिनले जेलरलाई दया देखाए, जसले गर्दा उनी र उनको घरमा हुनेजति सबै ख्रिष्टियन बने
-
प्रथम शताब्दीका केही ख्रिष्टियनहरूलाई के भयो?
हामीले खेदोप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
खेदो भोग्दा भविष्यको आशाले हामीलाई कसरी बलियो बनाउँछ?
मत्ति १०:२८, २९; हिब्रू ११:३५-४०
फिलि ३:८, १०, ११; प्रका २:१० पनि हेर्नुहोस्
खेदो भोग्नुपर्दा हामी किन सरम मान्दैनौँ, डराउँदैनौँ, निरुत्साहित हुँदैनौँ र यहोवाको सेवा गर्न छोड्दैनौँ?
भज ५६:१-४; प्रे ४:१८-२०; २ति १:८, १२
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२इ ३२:१-२२—राजा सनहेरिब ठूलो सैन्यदलसहित यरुसलेमलाई आक्रमण गर्न आउँदा राजा हिजकियाह यहोवामा भर परे र मानिसहरूलाई ढाडस दिए; तिनले ठूलो इनाम पाए
-
हिब्रू १२:१-३—खेदो गर्नेहरूले येसुको बेइज्जत गरे तर उहाँ निरुत्साहित हुनुभएन
-
खेदो भोग्नुपर्दा कस्ता राम्रा नतिजाहरू प्राप्त हुन सक्छ?
परीक्षाको बेला सहनशील हुँदा यहोवालाई खुसी बनाइरहेका हुन्छौँ र उहाँको नामको महिमा हुन्छ
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
अयु १:६-२२; २:१-१०—आफूमाथि आइपरेका विपत्तिहरूको पछाडि सैतानको हात छ भनेर थाह नभए तापनि अय्युब यहोवाप्रति वफादार रहे, जसले गर्दा सैतान झूटो साबित भयो र यहोवाको महिमा भयो
-
दा १:६, ७; ३:८-३०—वफादार हानन्याह, मिसाएल र अजर्याह (सद्रक, मेसक र अबेद्नगो) यहोवाको आज्ञा उल्लङ्घन गर्नुभन्दा पीडादायी मृत्यु भोग्न तयार भए; नतिजास्वरूप मूर्तिपुजक राजा नबुकद्नेजरले सबैसामु यहोवाको महिमा गरे
-
खेदोले गर्दा थुप्रैले यहोवाबारे सिक्ने मौका पाउन सक्छन्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे ११:१९-२१—खेदोको कारण ख्रिष्टियनहरू तितरबितर भएपछि सुसमाचार टाढा-टाढासम्म फैलियो
-
फिलि १:१२, १३—प्रेषित पावल कैदमा परेको बेला धेरैलाई सुसमाचार सुनाउन पाएकोले खुसी भए
-
खेदो आइपर्दा सहनशील भयौँ भने अरू भाइबहिनीको विश्वास बलियो हुन सक्छ
यहोवाका सेवकहरूले भोग्ने खेदोमा धार्मिक र राजनैतिक नेताहरूले अक्सर कस्तो भूमिका खेल्छन्?
यर्मि २६:११; मर्कु ३:६; युह ११:४७, ४८, ५३; प्रे २५:१-३
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
प्रे १९:२४-२९—एफिससमा अर्तिमिस देवीको मन्दिर बनाउनेहरूले ख्रिष्टियनहरूको खेदो गरे किनकि तिनीहरूको सन्देशले गर्दा आफ्नो मुनाफादायी व्यापार घाटामा जाला भनेर उनीहरूलाई चिन्ता लागेको थियो
-
गला १:१३, १४—यहुदी धर्मका परम्पराहरू जोसिलो भई पालन गर्ने सावल (पावल) ख्रिष्टियन बन्नुअघि मण्डलीको खेदो गर्थे
-
यहोवाका सेवकहरूले भोग्ने खेदोको पछाडि कसको हात छ?