दया
यहोवाले दया देखाउनुभएको कस्ता प्रमाणहरू हामी देख्न सक्छौँ?
रोमी ३:२३, २४; ति ३:३-६; हिब्रू २:९; १प ५:५
सम्बन्धित बाइबल विवरण(हरू):
योना ३:१०; ४:११—यहोवाले निनवेका पश्चात्तापी मानिसहरूलाई दया देखाउनुभयो र क्षमा दिनुभयो; उहाँले तिनीहरूको वस्तुभाउलाई समेत दया देखाउनुभयो
लुका ६:३२-३६—येसुले यहोवा कृतघ्न र दुष्टहरूलाई समेत दया देखाउनुहुन्छ भन्ने कुरा बताएर हामीलाई दयालु हुन सिकाउनुभयो
हामी के-कस्ता तरिकामा दया देखाउन सक्छौँ?
हित १९:१७; २२:९; लुका ६:३५; एफि ४:३२
हित ११:१७; ३१:१०, २६; हिब्रू १३:१६ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
मर्कु १४:३-९; युह १२:३—येसुले लाजरसकी दिदी मरियमले देखाएको दया र उदारताको प्रशंसा गर्नुभयो
२ति १:१६-१८—प्रेषित पावल झ्यालखानामा छँदा ओन्सिफरसले तिनलाई मदत र प्रोत्साहन दिए