नम्रता
यहोवा नम्र र अहङ्कारीलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?
भज १३८:६; हित १५:२५; १६:१८, १९; २२:४; १प ५:५
हित २९:२३; यसै २:११, १२ पनि हेर्नुहोस्
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२इ २६:३-५, १६-२१—राजा उज्जियाह अहङ्कारी भए; तिनले यहोवाको नियम तोडे र पुजारीहरूले सल्लाह दिँदा रिसले चूर भए; त्यसैले परमेश्वरले तिनलाई कुष्ठरोगले प्रहार गर्नुभयो
-
लुका १८:९-१४—येसुले अहङ्कारी र नम्र दुवैले गरेको प्रार्थनाबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ भनेर बुझाउन उदाहरण चलाउनुभयो
-
कसैले आफूलाई नम्र तुल्याएर मनैदेखि पश्चात्ताप गरे भने यहोवा के गर्नुहुन्छ?
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
२इ १२:५-७—राजा रहबाम र यहुदाका भारदारहरूले आफूलाई यहोवासामु नम्र तुल्याएकोले उहाँले तिनीहरूलाई नाश गर्नुभएन
-
२इ ३२:२४-२६—असल राजा हिजकियाह अहङ्कारी भए तर तिनले आफूलाई नम्र तुल्याएकोले यहोवाले तिनलाई क्षमा दिनुभयो
-
हामी नम्र हुँदा अरूसितको सम्बन्ध कसरी अझ राम्रो हुन्छ?
एफि ४:१, २; फिलि २:३; कल ३:१२, १३
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
उत्प ३३:३, ४—याकुबले रिसाएको आफ्नो दाइ एसावलाई भेट्दा नम्रतापूर्वक अभिवादन गरेकोले तिनीहरूबीच शान्ति कायम भयो
-
न्या ८:१-३—न्यायकर्ता गिदोनले नम्र हुँदै एप्रैमका मानिसहरू तिनीभन्दा महान् छन् भनेर बताएपछि तिनीहरूको रिस शान्त भयो र गिदोनसित झगडा गरेनन्
-
येसुले नम्रता देखाउनुको महत्त्वबारे कसरी सिकाउनुभयो?
मत्ति १८:१-५; २३:११, १२; मर्कु १०:४१-४५
-
सम्बन्धित बाइबल विवरण(हरू):
-
यसै ५३:७; फिलि २:७, ८—भविष्यवाणी गरिएझैँ येसु नम्र हुनुभएकोले राजीखुसी पृथ्वीमा आउनुभयो अनि पीडादायी र अपमानजनक मृत्युसमेत भोग्नुभयो
-
लुका १४:७-११—नम्रता देखाउँदा हाम्रै फाइदा हुन्छ भनेर बुझाउन येसुले भोजमा मुख्य आसन खोज्नेहरूबारे उदाहरण दिनुभयो
-
युह १३:३-१७—येसुले दासले जस्तै आफ्ना प्रेषितहरूको खुट्टा धोइदिनुभएर नम्रता देखाउने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभयो
-
आफू र अरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्दा हामी कसरी नम्र हुन सक्छौँ?
नम्रताको ढोँग गर्नु किन व्यर्थ छ?