सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिचय

परिचय

ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू किताबले तपाईँलाई चुनौतीहरूको सामना गर्नको लागि उपयोगी बाइबल पदहरू र विवरणहरू सजिलै भेट्टाउन मदत गर्नेछ। साथै यस किताबमा तपाईँले अरूलाई प्रोत्साहन दिने र यहोवाको महिमा हुने निर्णय गर्न मदत दिने शास्त्रपदहरू भेट्टाउन सक्नुहुनेछ। तपाईँलाई चाहिएको विषय सीधै खोज्नुहोस्‌ अनि त्यस विषयअन्तर्गत भएका प्रश्‍नहरू र बाइबल विवरणहरूको छोटो व्याख्या हेर्नुहोस्‌। (“ यो प्रकाशन प्रयोग गर्ने तरिका” पेटी हेर्नुहोस्‌।) यसरी तपाईँले बाइबलबाट चाहिएकै सल्लाह, डोऱ्‍याइ र सान्त्वना पाउन सक्नुहुनेछ। साथै तपाईँले अरूलाई मदत र प्रोत्साहन दिन प्रयोग गर्न सक्ने उपयोगी शास्त्रपदहरू पनि पत्ता लगाउन सक्नुहुनेछ।

यस किताबमा भएका विषयहरूअन्तर्गत त्यससित सम्बन्धित सबै शास्त्रपद उल्लेख गरिएको छैन। तर कुनै विषयमा अनुसन्धान थाल्न यो किताब तपाईँको लागि निकै उपयोगी हुन सक्छ। (हित २:१-६) अझ खोतल्न पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा भएको सम्बन्धित पदहरूको सूची प्रयोग गर्नुहोस्‌। कुनै शास्त्रपदबारे थप कुरा बुझ्न यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी वा प्रहरीधरहरा अनलाइन लाइब्रेरी प्रयोग गर्नुहोस्‌। त्यस शास्त्रपदको नयाँ बुझाइ आएको छ भने त्यसबारे थाह पाउन हालसालैका प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्‌।

ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू किताबले तपाईँलाई पवित्र शास्त्रमा भएको बुद्धि, ज्ञान र समझ पाउन मदत गरोस्‌ भनेर हामी कामना गर्छौँ। यो किताब प्रयोग गर्नुहुँदा तपाईँ “परमेश्‍वरको वचन जीवित र प्रबल” छ भन्‍ने कुरामा अझ विश्‍वस्त हुनुहुनेछ।—हिब्रू ४:१२.