सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परिवार

परिवार

यहोवा परिवारको सुरुवातकर्ता हुनुहुन्छ

आमाबुबा

आमाबुबा” हेर्नुहोस्‌

बुबा

बुबा” हेर्नुहोस्‌

आमा

आमा” हेर्नुहोस्‌

पतिपत्नी

वैवाहिक जीवन” हेर्नुहोस्‌

छोराछोरी

परिवारमा छोराछोरीको जिम्मेवारी के हो?

छोराछोरीले किन आमाबुबाको आज्ञा पालन गर्नुपर्छ?

एफि ६:१-३; कल ३:२०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ७८:१-८​—इस्राएलीहरू आफ्ना पितापुर्खाले गरेका कामहरूबारे आफ्ना छोराछोरीलाई बताउँथे ताकि उनीहरूले यहोवामाथि भरोसा राखून्‌ र उहाँको विद्रोह नगरून्‌

    • लुका २:५१, ५२​—येसु त्रुटिरहित हुनुभए तापनि बाल्यकालमा आफ्ना त्रुटिपूर्ण मानव आमाबुबाको अधीनमा बस्नुभयो

छोराछोरीलाई किन आमाबुबाको आदर गर्न गाह्रो लाग्न सक्छ?

यहोवा विद्रोही छोराछोरीलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • व्य २१:१८-२१​—कुनै छोरा अटेरी, विद्रोही र पियक्कड छ अनि ऊ सुध्रिनै चाहँदैन भने मोसाको व्यवस्थाअनुसार उसलाई मृत्युदण्ड दिइनुपर्थ्यो

    • २रा २:२३, २४​—केही ठिटाले यहोवाको प्रतिनिधि भविष्यवक्‍ता एलिसालाई गिज्याएर तिनको घोर अपमान गर्दा दुइटा भालु आएर तिनीहरूलाई खाइदिए

आमाबुबाले छोराछोरी हुर्काउने सुअवसरलाई कुन दृष्टिकोणले हेर्नुपर्छ?

भज १२७:३; १२८:३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • लेवी २६:९​—इस्राएलीहरूले छोराछोरी जन्माउनुलाई यहोवाबाट पाएको आशिष्‌ ठान्थे

    • अयु ४२:१२, १३​—अय्युब निष्ठावान्‌ रहेकोले यहोवाले तिनी र तिनकी पत्नीलाई थप १० जना छोराछोरी दिनुभयो

परिवारमा दाजुभाइ दिदीबहिनीले कसरी यहोवाको आदर हुने तरिकामा एकअर्कासित व्यवहार गर्न सक्छन्‌?

भज ३४:१४; हित १५:२३; १९:११

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प २७:४१; ३३:१-११​—याकुबले आफ्नो दाइ एसावको आदर गरेर शान्ति स्थापना गरे अनि एसावले पनि तिनीसित मायालु व्यवहार गरे

आमाबुबा र बाजेबज्यैप्रति हुर्किसकेका छोराछोरीको कस्तो दायित्व छ?

हित २३:२२; १ति ५:४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ११:३१, ३२​—उर देश छोडेर जाँदा अब्राहामले आफ्नो बुबा तेरहलाई पनि सँगै लगे अनि तिनको मृत्यु नहोउन्जेल स्याहारसुसार गरे

    • मत्ति १५:३-६​—येसुले मोसाको व्यवस्था चलाएर हुर्किसकेका छोराछोरीले खाँचोमा परेका आमाबुबालाई मदत गर्नुपर्छ भनेर सिकाउनुभयो

सासू-ससुरा

सासू-ससुरा” हेर्नुहोस्‌

बाजेबज्यै

बाजेबज्यै” हेर्नुहोस्‌