सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मनमुटाव सुल्झाउनु

मनमुटाव सुल्झाउनु

कसैले हाम्रो चित्त दुखाउँदा किन रिसाउनु हुँदैन वा बदलाको भाव राख्नु हुँदैन?

हित २०:२२; २४:२९; रोमी १२:१७, १८; या १:१९, २०; १प ३:८, ९

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स २५:९-१३, २३-३५​—नाबालले दाउद र उनका मानिसहरूको अपमान गरे र मदत गर्न इन्कार गरे। यो कुरा सुन्‍नेबित्तिकै दाउदले तिनलाई र तिनको घरानाका पुरुषहरूलाई मार्ने निर्णय गरे तर अबिगेलको बुद्धिमानी सल्लाहले दाउदलाई रक्‍तदोषी हुनदेखि जोगायो

    • हित २४:१७-२०​—यहोवाका सेवकहरू आफ्नो शत्रुको दुःखमा रमाएको यहोवा चाहनुहुन्‍न भनेर राजा सुलेमानले बताए; हामी न्याय गर्ने काम यहोवाकै हातमा छोडिदिन्छौँ

के कसैसित मनमुटाव हुँदा ऊसित कुरा गर्न छोड्‌नु वा मनमा रिस पालेर राख्नु उचित हो?

लेवी १९:१७, १८; १को १३:४, ५; एफि ४:२६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति ५:२३, २४​—कुनै भाइबहिनीसित हामीविरुद्ध केही गुनासो छ भने हामीले तिनीसित मिलाप गर्न हरप्रयास गर्नुपर्छ भनेर येसुले बताउनुभयो

कसैले हाम्रो चित्त दुखाउँदा हामीले के गर्नुपर्छ?

कसैले हामीविरुद्ध बारम्बार पाप गरे पनि मनैदेखि पश्‍चात्ताप गर्छन्‌ भने हामीले तिनलाई किन क्षमा दिनुपर्छ?

कसैले हाम्रो निन्दा गर्दा, हामीलाई धोका दिँदा वा हामीविरुद्ध यस्तै कुनै गम्भीर गल्ती गर्दा तिनीसित सुरुमा कसले कुरा गर्नुपर्छ र त्यसको उद्देश्‍य के हुनुपर्छ?

मत्ति १८:१५

या ५:२० पनि हेर्नुहोस्‌

निन्दा गर्ने वा धोका दिने व्यक्‍तिसित तपाईँ एक्लैले कुरा गरिसकेपछि पनि तिनले पश्‍चात्ताप गर्दैनन्‌ भने तपाईँले के गर्नुपर्छ?