सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येसु ख्रिष्ट

येसु ख्रिष्ट

यहोवाको उद्देश्‍यमा येसुले कस्तो महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ?

प्रे ४:१२; १०:४३; २को १:२०; फिलि २:९, १०

हित ८:२२, २३, ३०, ३१; युह १:१०; प्रका ३:१४ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति १६:१३-१७​—प्रेषित पत्रुसले येसुलाई ख्रिष्ट र परमेश्‍वरको छोराको रूपमा चिनाए

    • मत्ति १७:१-९​—येसुका तीन जना चेलाले भविष्यमा उहाँले पाउनुहुने महिमाको दर्शन देखे र यहोवाले उहाँलाई छोरा भनेर सम्बोधन गर्नुभएको सुने

येसु किन मानिसहरूभन्दा फरक हुनुहुन्थ्यो?

युह ८:५८; १४:९, १०; कल १:१५-१७; १प २:२२

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति २१:१-९​—येसु यरुसलेममा गधाको बछेडोमाथि सवार भएर आउनुहुँदा यहोवाले रोज्नुभएको मसीही राजाबारे गरिएको भविष्यवाणी पूरा भयो

    • हिब्रू ७:२६-२८​—प्रेषित पावलले महान्‌ प्रधानपुजारी येसु कसरी अरू सबै प्रधानपुजारीभन्दा फरक हुनुहुन्छ भनेर बताए

येसुले गर्नुभएका चमत्कारहरूबाट उहाँ र यहोवाबारे के सिक्न सक्छौँ?

युह ३:१, २; ५:३६

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • मत्ति ४:२३, २४​—येसुले आफूसित प्रेतहरूलाई वशमा पार्ने र जुनसुकै रोगबिमार निको पार्ने शक्‍ति छ भनेर देखाउनुभयो

    • मत्ति १४:१५-२१​—येसुले चमत्कारपूर्ण तरिकामा पाँच वटा रोटी र दुई वटा माछा प्रयोग गरेर हजारौँ मानिसलाई खुवाउनुभयो

    • मत्ति १७:२४-२७​—येसुले अरूलाई ठेस नपुगोस्‌ भनेर मन्दिरको कर तिर्न पत्रुसलाई चमत्कारपूर्ण ढङ्‌गमा पैसा जुटाइदिनुभयो

    • मर्कु १:४०, ४१​—एक जना कुष्ठरोगीको पीडा देखेर येसु टिठाउनुभयो र तिनलाई निको पार्नुभयो; उहाँ रोगबिमार निको पार्न मनैदेखि इच्छुक हुनुहुन्छ भनेर स्पष्ट हुन्छ

    • मर्कु ४:३६-४१​—येसुले भयङ्‌कर आँधीलाई शान्त पार्नुभयो; यसबाट बुबाले उहाँलाई प्रकृतिमाथि अख्तियार दिनुभएको छ भनेर देखिन्छ

    • युह ११:११-१५, ३१-४५​—येसु आफ्नो साथी लाजरसको मृत्यु हुँदा रुनुभयो; उहाँले तिनलाई फेरि जीवित पारेर मृत्यु र त्यसको असरलाई घृणा गरेको देखाउनुभयो

येसुको मुख्य सन्देश के थियो?

येसुले पृथ्वीमा छँदा कसरी निम्न मनमोहक गुणहरू देखाउनुभयो, याद गर्नुहोस्‌:

आज्ञाकारिता​—लुका २:४०, ५१, ५२; हिब्रू ५:८.

करुणा; कृपा​—मर्कु ५:२५-३४; लुका ७:११-१५.

नजिकिन सजिलो​—मत्ति १३:२; मर्कु १०:१३-१६; लुका ७:३६-५०.

नम्रता​—मत्ति ११:२९; २०:२८; युह १३:१-५; फिलि २:७, ८.

प्रेम​—युह १३:१; १४:३१; १५:१३; १यु ३:१६.

बुद्धि​—मत्ति १२:४२; १३:५४; कल २:३.

साहस​—मत्ति ४:२-११; युह २:१३-१७; १८:१-६.

येसुले किन आफ्नो जीवन अर्पण गर्नुभयो र यसले गर्दा हामीलाई कस्तो फाइदा भएको छ?

येसु स्वर्गमा राजाको रूपमा शासन गर्दै हुनुहुन्छ भनेर थाह पाउँदा हामी किन खुसी हुनुपर्छ?

भज ७२:१२-१४; दा २:४४; ७:१३, १४; प्रका १२:९, १०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • भज ४५:२-७, १६, १७​—परमेश्‍वरले रोज्नुभएको राजाले आफ्ना सबै शत्रुमाथि विजय हासिल गर्नुहुनेछ अनि सत्यता, नम्रता र धार्मिकतासहित शासन गर्नुहुनेछ

    • यसै ११:१-१०​—येसुले राजाको रूपमा शासन गर्नुहुँदा पृथ्वीमा शान्ति छाउनेछ

येसुले निकट भविष्यमा के गर्नुहुनेछ?