सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

वृद्धावस्था; वृद्धवृद्धा

वृद्धावस्था; वृद्धवृद्धा

हाम्रो उमेर ढल्कँदै जाँदा के हुन्छ?

भज ७१:९; ९०:१०

सान्त्वना​—रोगबिमार वा बुढ्यौलीको कारण सीमितता” पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उप १२:१-८​—राजा सुलेमानले वृद्धावस्थाका केही समस्या, जस्तै: दृष्टि (“झ्यालबाहिर चियाएर हेर्ने स्त्रीहरूको सामुन्‍ने अन्धकार छाउँछ”) र सुन्‍ने क्षमता कमजोर हुनेबारे (“छोरीहरूको गीत मधुरो हुँदै जान्छ”) कवितात्मक शैलीमा लेखे

के वृद्धवृद्धाले ढल्कँदो उमेरसँगै आइपर्ने परीक्षा र सीमितताको बाबजुद आनन्द कायम राख्न सक्छन्‌?

२को ४:१६-१८; या १:२-४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १स १२:२, २३​—वृद्ध भविष्यवक्‍ता समुएलले यहोवाका जनहरूको तर्फबाट प्रार्थना गरिरहे किनभने तिनलाई त्यसो गर्नुको महत्त्व थाह थियो

    • २स १९:३१-३९​—राजा दाउद वृद्ध बार्जिलैको साथ पाएकोमा निकै आभारी भए अनि दाउदले तिनलाई आफूसँगै आउन आग्रह गर्दा तिनले आफ्नो सीमितता स्विकार्दै यरुसलेम जान नसक्ने कुरा बताए

    • भज ७१:९, १८​—राजा दाउदलाई वृद्धावस्थामा आफू यहोवाको लागि उपयोगी हुन नसक्ने हो कि भनेर चिन्ता लाग्यो, त्यसैले तिनले आफूलाई नत्याग्न यहोवालाई बिन्ती गरे र भावी पुस्तालाई उहाँबारे बताउन बल मागे

    • लुका २:३६-३८​—वृद्धावस्थाकी भविष्यवक्‍ता हन्‍ना विधवा थिइन्‌ अनि तिनले भक्‍ति र वफादार सेवाको इनाम पाइन्‌

यहोवाले वृद्धवृद्धालाई कस्तो आश्‍वासन दिनुभएको छ?

भज ९२:१२-१४; हित १६:३१; २०:२९; यसै ४६:४; ति २:२-५

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प १२:१-४​—पचहत्तर वर्षीय अब्राहामले यहोवाबाट एउटा ठूलो जिम्मेवारी पाए

    • दा १०:११, १९; १२:१३​—एक स्वर्गदूतले ९० वर्ष नाघिसकेका भविष्यवक्‍ता दानिएललाई तिनी यहोवाको लागि अतिप्रिय छन्‌ र तिनले आफ्नो वफादारीको इनाम पाउनेछन्‌ भनेर आश्‍वासन दिए

    • लुका १:५-१३​—उमेर ढल्किसकेका जकरिया र इलिसिबाले यहोवाबाट आशिष्‌ पाएर एउटा छोरा जन्माए र उसको नाम युहन्‍ना राखे

    • लुका २:२५-३५​—वृद्ध भइसकेका सिमियोनले भावी मसीहलाई देख्ने सुअवसर पाए र उहाँबारे भविष्यवाणी गरे

    • प्रे ७:२३, ३०-३६​—यहोवाले भविष्यवक्‍ता मोसालाई इस्राएलीहरूको नाइके नियुक्‍त गर्नुहुँदा तिनी ८० वर्ष पुगिसकेका थिए

हामीले यहोवाप्रति वफादार वृद्धवृद्धासित कस्तो व्यवहार गर्नुपर्छ?

लेवी १९:३२; १ति ५:१

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ४५:९-११; ४७:१२​—युसुफले आफ्नो वृद्ध बुबा याकुबलाई आफूसँगै बस्न बोलाए र तिनको मृत्यु नहोउन्जेल हेरविचार गरे

    • रुथ १:१४-१७; २:२, १७, १८, २३​—रुथले बोली र व्यवहारद्वारा आफ्नी वृद्ध सासू नाओमीलाई साथ दिएको देखाइन्‌

    • युह १९:२६, २७​—आफ्नो मृत्युको अन्तिम घडीमा येसुले प्रेषित युहन्‍नालाई आफ्नी वृद्ध आमाको हेरचाह गर्ने जिम्मेवारी दिनुभयो

ख्रिष्टियनहरूले मण्डलीका वृद्धवृद्धालाई के-कस्ता व्यावहारिक तरिकाहरूमा मदत गर्न सक्छन्‌?