सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सामाजिक ओहदा

सामाजिक ओहदा

के यहोवाले कुनै व्यक्‍तिको जात, वंश वा आर्थिक स्तरको आधारमा तिनलाई अरूभन्दा श्रेष्ठ ठान्‍नुहुन्छ?

प्रे १७:२६, २७; रोमी ३:२३-२७; गला २:६; ३:२८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • युह ८:३१-४०​—केही यहुदी अब्राहाम आफ्नो पुर्खा भएकोमा घमन्ड गर्थे तर तिनीहरूको काम अब्राहामको जस्तो छैन भनेर येसुले बताउनुभयो

हामीले अर्को जात वा देशका मानिसहरूलाई किन तुच्छ नजरले हेर्नु हुँदैन?

युह ३:१६; रोमी २:११

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • योना ४:१-११​—यहोवाले भविष्यवक्‍ता योनालाई निनवेका मानिसहरूप्रति कृपालु हुन धीरजी भई सिकाउनुभयो

    • प्रे १०:१-८, २४-२९, ३४, ३५​—प्रेषित पत्रुसले अन्यजातिलाई अशुद्ध ठान्‍नु हुँदैन भनेर सिके, त्यसैले तिनले कर्निलियस र उनका घरमा हुने सबैलाई येसुको चेला बन्‍न मदत गरे अनि तिनीहरू गैर-यहुदी ख्रिष्टियन बन्‍ने पहिलो समूह भए

के सम्पन्‍न ख्रिष्टियनले आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍नु हुन्छ वा अरूले आफूलाई विशेष मान दिएको आशा गर्नु हुन्छ?

के निरीक्षकको जिम्मेवारी पाएका भाइले आफूलाई अरूभन्दा श्रेष्ठ ठान्‍नु हुन्छ वा आफ्नो मातहतमा काम गर्नेहरूसित कठोर व्यवहार गर्नु हुन्छ?

२को १:२४; १प ५:२, ३

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • व्य १७:१८-२०​—आफूलाई अरू इस्राएलीभन्दा ठूलो नठान्‍न यहोवाले इस्राएलका राजाहरूलाई आज्ञा दिनुभयो किनकि उहाँको नजरमा तिनीहरू सबै दाजुभाइ थिए

    • मर्कु १०:३५-४५, ४२​—आफूहरूमध्ये को ठूलो भनेर विवाद गरिरहने प्रेषितहरूलाई येसुले सुधार्नुभयो (अङ्‌ग्रेजी नयाँ संसार अनुवाद-मा मर्कु १०:४२ को “हैकम चलाउनु” अध्ययन नोट पनि हेर्नुहोस्‌)

कस्तो व्यक्‍तिले परमेश्‍वरको अनुमोदन पाउन सक्छ?

के ख्रिष्टियनहरूले सामाजिक सुधार अभियानमा भाग लिनु हुन्छ?

एफि ६:५-९; १ति ६:१, २

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • युह ६:१४, १५​—मानिसहरू येसुले राजा बनेर समाजको लागि केही असल काम गरिदिएको चाहन्थे तर उहाँले त्यसो गर्न इन्कार गर्नुभयो