सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यो संसार कतातिर लम्कँदैछ?

यो संसार कतातिर लम्कँदैछ?

यो संसार कतातिर लम्कँदैछ?

गम्भीर समस्याहरू र अत्यासलाग्दा घटनाहरू संसारभरि नै दैनिक समाचार बन्दैछन्‌! यसको मतलब के हो?

व्यक्‍तिगत सुरक्षा: व्यस्त बजारमा बम विस्फोटन। स्कूलमा शिक्षक तथा विद्यार्थीहरूलाई गोली हानियो। हेर्दाहेर्दै बच्चाको अपहरण। दिनदहाडै महिला र वृद्धहरूमाथि लुटपाट।

धार्मिक अवस्था: युद्धमा धर्मको समर्थन। जातीय संहारको दोष धर्मगुरुहरूमाथि। धर्मगुरुहरूबाट केटाकेटीको यौनशोषण; धार्मिक संगठनहरूबाट ढाकछोप। भक्‍तालुहरूको संख्यामा कमी; धार्मिक स्थलहरूमा अतिक्रमण।

वातावरण: व्यापारिक प्रयोजनको निम्ति वन फँडानी। जीविकोपार्जनका लागि गरिएको घाँस-दाउराले जङ्‌गल नाङ्‌गियो। भूमिगत पानी प्रदूषित, पिउन अयोग्य। औद्योगिक फोहोर तथा केही आधुनिक प्रविधिले गर्दा माछाहरू सङ्‌कटमा। प्रदूषणले गर्दा सास फेर्नै गाह्रो।

जीविकोपार्जन: कुनै-कुनै एसियाली मुलुकहरूको प्रतिव्यक्‍ति आय एकदमै न्यून छ। लोभले गर्दा ठूल्ठूला व्यापार गृहहरू टाट पल्टेका छन्‌, हजारौं कामदार बेरोजगार। जालसाजीले गर्दा जिन्दगीभरको कमाइ स्वाहा।

भोकमरी: विश्‍वमा लगभग ८०,००,००,००० मानिसहरू प्रायजसो भोक-भोकै सुत्छन्‌।

युद्ध: बीसौं शताब्दीमा भएको युद्धले गर्दा १०,००,००,००० भन्दा बढी मानिसहरूले ज्यान गुमाए। सम्पूर्ण मानवजातिलाई थुप्रै पटक खत्तम गर्न सकिने आणविक हतियार उपलब्ध। गृहयुद्धहरू। आतङ्‌कवादको जालो विश्‍वभरि फैलियो।

महामारी तथा अन्य रोगहरू: सन्‌ १९१८ मा सुरु भएदेखि स्पेनिश फ्लुले २,१०,००,००० मानिसहरूको ज्यान लियो। एड्‌स अहिले “मानव इतिहासमै सर्वव्याप्त विध्वंसकारी प्रकोप” भएको छ। क्यान्सर र मुटुसम्बन्धी रोग संसारभरि थप पीडाको स्रोत भएको छ।

एउटा समाचारलाई मात्र ध्यान नदिनुहोस्‌। के ती छिटपुट घटनाहरू मात्र हुन्‌? वा ती विश्‍वको परिस्थितिलाई चिनाउने अर्थपूर्ण घटनाहरू हुन्‌?

[पृष्ठ ५-मा भएको पेटी/चित्र]

के परमेश्‍वरले साँच्चै हाम्रो चासो राख्नुहुन्छ?

अत्यासलाग्दा घटना वा गम्भीर व्यक्‍तिगत क्षति भोग्नुपरेको कारण विचलित भएका थुप्रै मानिसहरू परमेश्‍वरले यी कुराहरू रोक्न किन हस्तक्षेप नगर्नुभएको होला भनेर अलमलमा पर्छन्‌।

परमेश्‍वरले अवश्‍य चासो राख्नुहुन्छ। उहाँले अहिले भरपर्दो डोऱ्‍याइ र साँचो छुटकारा दिनुहुन्छ। (मत्ती ११:२८-३०; २ तिमोथी ३:१६, १७) उहाँले हिंसा, बिमारी र मृत्यु सदाको लागि अन्त गर्ने प्रबन्ध मिलाउनुभएको छ। उहाँले गर्नुभएका प्रबन्धहरूले एउटा मुलुकको मानिसप्रति मात्र होइन तर सबै मुलुक, जाति र भाषाका मानिसहरूप्रति उहाँ चासो राख्नुहुन्छ भनेर देखाउँछ।—प्रेरित १०:३४, ३५.

हामी कत्तिको चासो राख्छौं? स्वर्ग र पृथ्वीको सृष्टिकर्ता को हुनुहुन्छ भनेर के तपाईंलाई थाह छ? उहाँको नाउँ के हो? उहाँको उद्देश्‍य के हो? उहाँले बाइबलमा यी प्रश्‍नहरूको जवाफ दिनुभएको छ। उहाँले हिंसालगायत बिमारी र मृत्युको अन्त गर्न कस्ता कदमहरू चाल्नुभएको छ भनेर बाइबलमा बताउनुभएको छ। यसबाट लाभ उठाउन हामीले के गर्नुपर्छ? हामीले उहाँ र उहाँको उद्देश्‍यबारे सिक्नुपर्छ। हामीले उहाँमा विश्‍वास नदेखाई कसरी उहाँका प्रबन्धहरूबाट लाभ उठाउने आशा गर्न सक्छौं र? (यूहन्‍ना ३:१६; हिब्रू ११:६) उहाँले हामीबाट चाहनुहुने कुराहरूप्रति आज्ञाकारी हुनु पनि आवश्‍यक छ। (१ यूहन्‍ना ५:३) परमेश्‍वरले तपाईंबाट चाहनुहुने कुराहरू पालन गर्ने हदसम्म के तपाईं चासो राख्नुहुन्छ?

परमेश्‍वरले वर्तमान अवस्था किन रहिरहन दिनुभएको भनी बुझ्न हामीले एउटा महत्त्वपूर्ण विवादबारे बुझ्नुपर्छ। बाइबलले यसबारे बताउँछ। यही प्रकाशनको पृष्ठ १५ मा तपाईं त्यस विवादबारे पढ्‌न सक्नुहुन्छ।