प्रश्न ४
के सबै जीवको पुर्खा एउटै हो?
डार्विन सबै जीवको पुर्खा एउटै हुनुपर्छ भनी सोच्थे। तिनले पृथ्वीमा जीवनको सुरुवातलाई एउटा ठूलो रूखसित तुलना गरे। पछि अरूले पनि यस कुरालाई समर्थन गर्दै “जीवनको रूख” एउटा मूल काण्ड अर्थात् एउटा सरल कोषबाट सुरु भयो भन्न थाले। यस धारणाअनुसार मूल काण्डबाट नयाँ जीवहरू बनिन थाले। यसका हाँगाहरूबाट वनस्पति र जन्तु जगत् छुट्टियो। यसपछि अहिले संसारमा भएका सबै वनस्पति र जीवजन्तुको आ-आफ्नै हाँगाहरू छुट्टिन थाल्यो। के साँच्चै यस्तै भएको थियो?
थुप्रै वैज्ञानिक कस्तो दाबी गर्छन्? सबै जीवको पुर्खा एउटै हो भन्ने कुरालाई जीवावशेषहरूले प्रमाणित गर्छ भनेर थुप्रै वैज्ञानिक सिकाउने गर्छन्। साथै सबै जीवहरूमा डिएनए हुने भएकोले सबै जीवको पुर्खा एउटै हुनुपर्छ भनेर पनि तिनीहरू दाबी गर्छन्।
बाइबल के भन्छ? उत्त्पत्तिको किताबमा “जातजातका” बोटबिरुवा, जलचर, थलचर र चराचुरुङ्गीहरू सृष्टि गरिए भनेर बताइएको छ। (उत्पत्ति १:१२, २०-२५) “जातजातका” भन्ने अभिव्यक्तिबाट फरक-फरक जातहरू छन् तर एउटै जातमा पनि विविधता छ भन्ने कुरा बुझ्न सक्छौँ। सृष्टिसम्बन्धी बाइबलको विवरण सही हो भने नयाँ प्रकारका जीवजन्तुहरू बिस्तारै-बिस्तारै गरी नभई एकैचोटि अस्तित्वमा आएका थिए भनेर जीवावशेषहरूबाट प्रमाणित हुनुपर्छ।
प्रमाणहरूले के देखाउँछ? प्रमाणहरूले बाइबलको विवरणलाई समर्थन गर्छ वा डार्विनको शिक्षालाई? विगत १५० वर्षमा भेटिएका प्रमाणहरूले के देखाउँछ?
डार्विनको रूख ढालियो
हालैका वर्षहरूमा वैज्ञानिकहरूले थुप्रै एक कोषीय जीवहरूमा अनि बोटबिरुवा र पशुहरूमा पाइने आनुवंशिक कोडहरूलाई तुलना गरेर हेरेका छन्। यस्ता तुलनाहरूले डार्विनले अघि सारेको “जीवनको रूख”-को शिक्षालाई समर्थन गर्छ होला भनेर तिनीहरूले सोचेका थिए। तर प्रमाणहरूले यो कुरालाई समर्थन गर्दैन।
अनुसन्धानबाट के कुरा पत्ता लागेको छ? सन् १९९९ मा जीवशास्त्री म्यालकम एस. गोर्डनले यस्तो लेखे: “जीवनको सुरुवात विभिन्न स्रोतबाट भएको हुनुपर्छ। सबै जीवको सुरुवात एउटै जराबाट भएको होइन जस्तो देखिन्छ।” डार्विनले विश्वास गरेजस्तै जीवनको रूखका सबै मुख्य हाँगाहरू मूल काण्डमा जोडिएका छन् भन्ने कुराको के कुनै प्रमाण छ? गोर्डन अझ यसो भन्छन्: “वनस्पति र जीवजन्तुबारे अहिले जे-जति कुरा पत्ता लागेको छ त्यसबाट सबै जीवको पुर्खा एउटै हो भन्ने शिक्षा प्रमाणित हुँदैन। २९ a
यो शिक्षा कुनै-कुनै फाइलममा त लागू होला तर फाइलमको सबै वर्गमा त पक्कै लागू हुँदैन।”हालको अनुसन्धानले पनि सबैको पुर्खा एउटै हो भन्ने डार्विनको शिक्षालाई समर्थन गर्दैन। उदाहरणको लागि, सन् २००९ मा एउटा पत्रिकाको (New Scientist) लेखमा क्रमविकासका समर्थक वैज्ञानिक एरिक बापटेस्टले भनेको कुरा यसरी उद्धरण गरिएको थियो: “जीवनको रूख एउटा वास्तविकता हो भनेर प्रमाणित गर्न सक्ने कुनै आधार हामीसित छैन।”३० सोही लेखमा क्रमविकासका समर्थक माइकल रोजको भनाइ पनि यसरी उद्धरण गरिएको थियो: “जीवनको रूखको शिक्षालाई बिस्तारै हटाइँदै छ भनेर हामी सबैलाई थाह छ। तर यसो गर्दा जीवविज्ञानबारे आफ्नो धारणा पूरै परिवर्तन गर्नुपर्ने भएकोले धेरै वैज्ञानिकलाई यो कुरा स्विकार्न गाह्रो भइरहेको छ।”३१ b
जीवावशेषहरूले के देखाउँछ?
सबै जीव एउटै पुर्खाबाट आएको हो भन्ने धारणालाई जीवावशेषले समर्थन गर्छ भनेर धेरै वैज्ञानिक दाबी गर्छन्। उदाहरणको लागि, माछाबाट उभयचर अर्थात् जल र थल दुवैमा बस्ने जीवहरू बने अनि घस्रने जन्तुहरूचाहिँ स्तनपायी जीवहरू बने भनेर जीवावशेषहरूले प्रमाणित गर्छ भनेर वैज्ञानिकहरू भन्ने गर्छन्। तर जीवावशेषहरूले के देखाउँछ?
क्रमविकासका समर्थक जीवावशेष विशेषज्ञ डेभिड एम. राउप यसो भन्छन्: “जीवनको सुरुवात बिस्तारै भयो भन्ने कुराको प्रमाण पाउनु त परै जाओस्, डार्विनको समयको र अहिलेको समयका भूगर्भविद्हरूले पत्ता लगाएका कुराहरूमा धेरै भिन्नता छ। मतलब प्रजातिहरू एउटा क्रममा अचानक देखा पर्छन् र तिनीहरू अस्तित्वमा रहेसम्म तिनीहरूमा खासै केही परिवर्तन देखिँदैन र तिनीहरू अचानक लोप हुन्छन्।”३२
वास्तवमा धेरै जीवावशेषहरूको जाँच गरेर हेर्दा फरक-फरक जातका जीवहरूमा लामो समय बित्दा पनि कुनै परिवर्तन भएको देखिँदैन। प्रमाणहरूले तिनीहरू एक किसिमको जीवबाट अर्को किसिमको जीवमा परिवर्तन भएको देखाउँदैन। फरक-फरक प्रकारका जीवहरू अचानक देखा पर्छन् र तिनीहरूको शारीरिक बनौट एक-अर्काको भन्दा फरक हुन्छ। उदाहरणको लागि, चमेराहरूमा तरङ्ग र आवाजको मदतले आफ्नो बाटो पत्ता लगाउने क्षमता हुन्छ। तर तिनीहरूभन्दा पहिलेका जीवहरूसित चमेराहरूको कुनै समानता भेटिँदैन।
वास्तवमा भन्ने हो भने जन्तु जगत्का मुख्य प्रजातिहरूमध्ये आधाभन्दा धेरै प्रजाति तुलनात्मक रूपमा थोरै समयको अन्तरमा देखा परेजस्तो देखिन्छ। जीवावशेषहरूको रेकर्ड हेर्दा नयाँ र फरक प्रकारको जीव अचानक देखा परेकोले जीवावशेष विशेषज्ञहरूले यस समयावधिलाई “क्याम्ब्रियन विष्फोटन” भन्ने नाम दिएका छन्। क्याम्ब्रियन विष्फोटन कहिलेदेखि सुरु भयो?
मानिलिनुहोस्, ती अनुसन्धानकर्ताहरूको अनुमान सही छ। त्यसो हो भने पृथ्वीको इतिहासलाई बुझ्न हामीलाई (१) फुटबल मैदानको लम्बाइ बराबरको समयरेखा चाहिन्छ। (२) अनि तपाईँले त्यस मैदानको लम्बाइलाई आठ भाग लगाएर त्यसको सात भाग हिँडेर पार गर्नुभयो भने मात्र तपाईँ जीवावशेष विशेषज्ञहरूले भनेको क्याम्ब्रियन समयावधिमा आइपुग्नुहुन्छ। जीवावशेषहरूको जाँच गरेर हेर्दा यो छोटो क्याम्ब्रियन समयावधिमा जन्तु जगत्को मुख्य-मुख्य प्रजातिहरू देखा पर्छन्। तिनीहरू कसरी अचानक देखा पर्छन्? क्याम्ब्रियन समयावधिमा तपाईँले एक पाइला चाल्न नपाउँदै यी विभिन्न प्रजातिका जन्तुहरू अचानक देखा पर्न थाल्छन्।
यसरी विभिन्न प्रजातिका जन्तुहरू तुलनात्मक रूपमा छोटो समयमा देखा परेको कारण ३३
क्रमविकासका केही अनुसन्धानकर्ताहरू डार्विनको शिक्षामाथि प्रश्न उठाउन बाध्य भएका छन्। उदाहरणको लागि, सन् २००८ मा क्रमविकासका समर्थक जीवशास्त्री स्टुवार्ट न्युम्यानले एउटा अन्तरवार्तामा नयाँ प्रकारका जीवहरू अचानक देखा परेको कुरालाई बुझाउन क्रमविकासको नयाँ सिद्धान्त बनाउनु आवश्यक छ भनेर चर्चा गरे। तिनले यसो भने: “क्रमविकासको दौडान जीवहरूमा देखिएका ठूलठूला परिवर्तनलाई बुझाउन डार्विनको शिक्षा मात्र पर्याप्त देखिँदैन। मेरो विचारमा क्रमविकासको दौडान जीवहरूमा भएका ठूलठूला परिवर्तनलाई बुझाउन थप अरू सिद्धान्तको खाँचो पर्छ र यसमा डार्विनको शिक्षालाई समावेश गरे तापनि यसको खासै महत्त्व हुँदैन।”कमजोर “प्रमाण”
माछाहरू उभयचर जन्तुहरूमा अनि जमिनमा घस्रने जन्तुहरू स्तनपायी जन्तुहरूमा परिवर्तन भएको देखाउन चलाइने जीवावशेषहरूबारे चाहिँ के भन्न सकिन्छ? के यसले तिनीहरू क्रमविकासबाटै आएका हुन् भनेर ठोस प्रमाण दिन्छ? नजिकैबाट हेऱ्यौँ भने नमिल्ने कुरा छर्लङ्गै देखिन्छ।
पहिलो, जमिनमा घस्रने जीवहरू स्तनपायी जीवहरूमा परिवर्तन भए भनेर बुझाउन पाठ्यपुस्तकहरूमा जुन चित्रहरू राखिन्छन्, त्यसको सही साइज देखाइँदैन। पाठ्यपुस्तकमा सबै जीवावशेषहरूको साइज एउटै देखाइन्छ तर वास्तवमा तिनीहरू केही ठूला हुन्छन् त केही साना।
दोस्रो प्रमाण अझै कमजोर छ किनभने ती जीवजन्तुहरूबीच कुनै सम्बन्ध देखिँदैन। अनुसन्धानकर्ताहरूअनुसार क्रमविकासको नमुनाको रूपमा चलाइने प्रजातिहरूबीच लाखौँ वर्षको भिन्नता छ। ती जीवावशेषहरूको समयावधिबारे जीवशास्त्री हेन्रि जी यसो भन्छन्: “फरक-फरक जीवावशेषहरूबीचको समय अन्तराल यति फराकिलो छ कि तिनीहरूको पुर्खा र तिनीहरूको सन्तानबीचको सम्बन्धबारे केही कुरा ठोकुवा गरेर भन्न सकिँदैन।”३४ c
माछा र उभयचरहरूका जे-जति जीवावशेषहरू भेट्टिए, ती “प्राचीन समयमा अस्तित्वमा भएका विविध प्रजातिहरूमध्ये” सानो सङ्ख्याको मात्र नमुना हुन सक्छ भनेर जीवशास्त्री म्यालकम ३५ d
एस. गोर्डनले बताए। तिनी अझ यसो भन्छन्: “जीवहरू साँच्चै क्रमिक रूपमा विकास भएका हुन् भने पनि तिनीहरू कुन पुर्खाबाट विकास भएका हुन् अथवा तिनीहरूबीच कस्तो सम्बन्ध थियो भनेर पत्ता लगाउनु असम्भव छ।”“फिल्म”-को वास्तविक कथा
सन् २००४ मा एउटा पत्रिकामा (National Geographic) प्रकाशित एउटा लेखमा जीवावशेषहरूको रेकर्डलाई “क्रमविकासको फिल्म”-सित तुलना गरिएको थियो। त्यस लेखअनुसार “क्रमविकास एउटा यस्तो फिल्म हो, जसको १,००० वटा नेगेटिभमध्ये ९९९ वटा नेगेटिभ फिल्म छाँटकाँट गर्ने क्रममा हराए।”३६ यस उदाहरणबाट हामी के कुरा बुझ्न सक्छौँ?
कल्पना गर्नुहोस्, तपाईँले १ लाख नेगेटिभ भएको फिल्मको १०० वटा नेगेटिभ मात्र भेट्टाउनुभयो। यस्तो अवस्थामा तपाईँ फिल्मको कथावस्तु कसरी बुझ्न सक्नुहुन्छ? फिल्मको कथावस्तुबारे तपाईँले अनुमान लगाइसक्नुभएको हुन्छ होला तर तपाईँले भेट्टाउनुभएको १०० वटा नेगेटिभमध्ये ५ वटा मात्र तपाईँले सोचेको कथावस्तुसित मिल्दो पाउनुभयो र बाँकी ९५ वटा नेगेटिभ बिलकुलै फरक पाउनुभयो भने नि? त्यो ५ वटा नेगेटिभको आधारमा तपाईँले पहिला सोच्नुभएको कथावस्तु नै सही हो भनेर ठोकुवा गर्न मिल्छ र? आफूले सोचेको कथावस्तुअनुसार तपाईँले ती ५ वटा नेगेटिभको क्रम मिलाउनुभएको पो हो कि? बाँकी ९५ वटा नेगेटिभको आधारमा तपाईँले आफ्नो दृष्टिकोण परिवर्तन गर्नु बुद्धिमानी होइन र?
यो उदाहरण क्रमविकासका समर्थकहरूले जीवावशेषको रेकर्डबारे राख्ने दृष्टिकोणसित कसरी सम्बन्धित छ? ९५ वटा नेगेटिभ अर्थात् धेरैजसो जीवावशेषहरूले प्रजातिहरूमा खासै ठूलो परिवर्तन भएन भनेर प्रमाणित गरे तापनि वर्षौँसम्म अनुसन्धानकर्ताहरूले यस कुरालाई मानिलिएनन्। यस्तो महत्त्वपूर्ण विषयमा तिनीहरू किन चुप लागेर बसे? लेखक रिचर्ड मोरिस् यसो भन्छन्: “अनुसन्धानले बिलकुलै फरक कुरा प्रमाणित गरे तापनि जीवावशेष विशेषज्ञहरूले जीवहरू बिस्तारै विकास हुँदै आएको हो भन्ने ३७
पहिलेदेखि राख्दै आएको विचारलाई नै समातिराखे। सबैले मानिलिएको क्रमविकासको शिक्षामै तिनीहरूले जीवावशेषहरूबाट पत्ता लागेको कुरालाई गाभ्न खोजे।”“जीवावशेषहरूलाई एउटा क्रममा राखेर तिनीहरू एउटाबाट अर्को विकास हुँदै आएका हुन् भनेर दाबी गर्नुलाई पक्कै पनि वैज्ञानिक प्रमाण भन्न मिल्दैन। त्यसो गर्नु भनेको त केटाकेटीलाई राती सुताउनको लागि सुनाउने कथाजस्तो मात्र हो। त्यो कथा चाखलाग्दो हुन्छ र केही शिक्षामूलक पनि हुन्छ तर त्यस्तो कथाको कुनै वैज्ञानिक आधार हुँदैन।”—In Search of Deep Time—Beyond the Fossil Record to a New History of Life, हेन्रि जी, पृष्ठ ११६-११७
आजका क्रमविकासका समर्थकहरूबारे के भन्न सकिन्छ? आज पनि जीवावशेषलाई जुन क्रममा राखिएको छ, त्यो जीवावशेष र आनुवंशिक प्रमाणको आधारमा नभई क्रमविकासको शिक्षालाई समर्थन गर्नको लागि मात्र त्यहीअनुसार मिलाएर राखिएको हो कि? e
तपाईँको विचार कस्तो छ? प्रमाणहरूको आधारमा कस्तो निष्कर्षमा पुग्नु मनासिब देखिन्छ? हामीले अहिलेसम्म चर्चा गरेका तथ्यहरूलाई विचार गर्नुहोस्।
-
पृथ्वीको सबैभन्दा पहिलो जीव “सरल” थिएन।
-
कोषका तत्त्वहरू आफसेआफ बन्ने सम्भावना अत्यन्तै न्यून छ।
-
कोषमा हुने डिएनए अर्थात् “कम्प्युटर प्रोग्राम” एकदमै जटिल छ र जानकारी सङ्कलन गर्न मानिसले बनाएको कुनै पनि प्रोग्रामसित यसको तुलना गर्न सकिँदैन। यसले यस्तो जटिल कोष बनाउनुहुने कोही बुद्धिमान् व्यक्ति हुनुपर्छ भनेर प्रमाणित गर्छ।
-
आनुवंशिक अनुसन्धानले सबै जीवको पुर्खा एउटै होइन भनेर प्रमाणित गर्छ। यसबाहेक जीवावशेष रेकर्डमा जन्तु जगत्का मुख्य प्रजातिहरू अचानक देखा पर्छन्।
यी सबै कुरालाई विचार गर्दा जीवनको सुरुवातबारे बाइबलको विवरण प्रमाणहरूसित मेल खान्छ भन्ने निष्कर्षमा पुग्नु व्यावहारिक छैन र? तर धेरैजसो मानिस सृष्टिबारे बाइबलको विवरण विज्ञानसित मेल खाँदैन भन्छन्। के यो साँचो हो? बाइबलले वास्तवमा के भन्छ?
a जीवविज्ञानमा प्रयोग हुने “फाइलम” भन्ने शब्दले उस्तै प्रकारको शारीरिक बनौट भएको जनावरहरूको ठूलो समूहलाई बुझाउँछ। वैज्ञानिकहरूले सबै जीवलाई सात वटा श्रेणीमा वर्गीकरण गरेका छन्। पहिलो श्रेणी जगत् हो र यसले सबैभन्दा ठूलो घेरा ढाक्छ। त्यसपछिका श्रेणीहरू क्रमशः यसप्रकार छन्: फाइलम, वर्ग, गण, परिवार, वंश र प्रजाति। उदाहरणको लागि, घोडालाई यसरी वर्गीकरण गरिन्छ—जगत्: जन्तु जगत्; फाइलम: कोरडेटा; वर्ग: म्यामलिया; गण: पेरिसोडेक्टिला; परिवार: इक्विडी; वंश: इक्कस; प्रजाति: काबालस।
b याद गर्नुहोस्, उक्त पत्रिका (New Scientist), बापटेस्ट र रोज कसैले पनि क्रमविकासको शिक्षा गलत हो भनेका छैनन्। तिनीहरूले केवल डार्विनको शिक्षाको प्रमुख आधार जीवनको रूखलाई प्रमाणहरूले समर्थन गर्दैन भनेर औँल्याएका छन्। यी वैज्ञानिकहरू क्रमविकास सही हो भनेर प्रमाणित गर्न अझै पनि लागिपरेका छन्।
c हेन्रि जीले क्रमविकासको शिक्षा गलत हो भनेनन्। बरु तिनले जीवावशेषहरू जाँचेर पत्ता लगाउन सक्ने कुरा कति सीमित छ भनेर बताए।
d म्यालकम एस. गोर्डन क्रमविकास शिक्षाको समर्थक हुन्।
e उदाहरणको लागि, “ मानव क्रमविकासबारे के भन्न सकिन्छ?” भन्ने शीर्षकको पेटी हेर्नुहोस्।