प्रश्न २
के कुनै प्रकारको जीव साँच्चै सरल हुन्छ?
तपाईँको शरीरको बनौट ब्रह्माण्डको सबैभन्दा जटिल बनौटहरूमध्ये एक हो। यो लगभग एक हजार खरब सूक्ष्म कोष मिलेर बनेको हुन्छ। जस्तै: अस्थि कोष, रक्त कोष, मस्तिष्क कोष।७ वास्तवमा तपाईँको शरीरमा २०० भन्दा धेरै किसिमका कोषहरू छन्।८
कोषहरूको आकार र काम एकदमै फरक-फरक भए तापनि तिनीहरूबीचको तालमेल बेजोड छ। हुनत डाटा केवलद्वारा इन्टरनेट जोडिएका लाखौँ कम्प्युटर द्रुत गतिमा काम गर्छन् तर कोषको तुलनामा तिनीहरूको गति सुस्त हुन्छ। कोषले गर्ने सामान्य कामसमेत मानिसको कुनै आविष्कारले गर्न सकेको छैन। कोषहरू, जुन मिलेर मानिसहरूको शरीर बन्छ, ती कसरी अस्तित्वमा आए?
थुप्रै वैज्ञानिक कस्तो दाबी गर्छन्? सबै जीवित कोषलाई दुई भागमा विभाजन गर्न सकिन्छ। एउटा युकेर्योटिक कोष, जसमा न्युक्लियस हुन्छ र अर्को प्रोकेर्योटिक कोष, जसमा न्युक्लियस हुँदैन। मानिस, जीवजन्तु र बोटबिरुवाको कोषमा न्युक्लियस हुन्छ। ब्याक्टेरियाको कोषमा चाहिँ न्युक्लियस हुँदैन। प्रोकेर्योटिक कोष युकेर्योटिक कोषजति जटिल नहुने भएकोले जीव र वनस्पति कोषको उत्पत्ति त्यही प्रोकेर्योटिक कोषबाट भएको हो भनेर धेरैले विश्वास गर्छन्।
वास्तवमा थुप्रै वैज्ञानिकले केही “सरल” प्रोकेर्योटिक कोषहरूले लाखौँ वर्षसम्म अरू कोषलाई निले ९ a
तर पचाउनचाहिँ सकेनन् भनेर सिकाउँछन्। तर त्यो शिक्षाअनुसार बुद्धिहीन “प्रकृति”-ले अर्कै तरिका अपनायो। प्रोकेर्योटिक कोषहरूले निलेका कोषहरूको काम गर्ने तरिका मात्र परिवर्तन भएन तर जब “मुख्य” कोष विभाजन भयो तब निलेका कोषहरू पनि त्यसैसँग विभाजित भयो।बाइबल के भन्छ? एक जना बुद्धिमान् रचनाकारले पृथ्वीमा जीवनको सुरुवात गर्नुभयो भनेर बाइबल बताउँछ। बाइबलमा पाइने यो स्पष्ट तर्क विचार गर्नुहोस्: “हो, हरेक घर कसै न कसैद्वारा निर्माण गरिएको हुन्छ तर सबै थोक निर्माण गर्ने त परमेश्वर नै हुनुहुन्छ।” (हिब्रू ३:४) बाइबलको अर्को एउटा ठाउँमा यस्तो लेखिएको छ: “हे यहोवा, तपाईँका कामहरू अनगिन्ती छन्! ती सबै तपाईँले आफ्नो बुद्धिले बनाउनुभयो। पृथ्वी तपाईँको सृष्टिले भरिपूर्ण छ। . . . साना-ठूला सबै किसिमका अनगिन्ती जलजन्तुले त्यो भरिभराउ छ।”—भजन १०४:२४, २५.
प्रमाणहरूले के देखाउँछ? सूक्ष्म जीवविज्ञानको क्षेत्रमा भएको उन्नतिले गर्दा सबैभन्दा सरल प्रोकेर्योटिक कोषभित्र के-के छन् भनेर हेर्न पनि सम्भव भएको छ। कोषभित्रका कुराहरू देखेर हामी छक्कै पर्छौँ। क्रमविकासमा विश्वास गर्ने वैज्ञानिकहरू सबैभन्दा सुरुका कोषहरू यी कोषहरूजस्तै हुनुपर्छ भन्ने मान्यता राख्छन्।१०
यदि क्रमविकासको शिक्षा सही हो भने त्यसले पहिलो “सरल” कोष कसरी आफसेआफ आयो भन्नेबारे चित्तबुझ्दो जवाफ दिनुपर्छ। अर्कोतर्फ, जीवन सृष्टि गरिएको हो भने सबैभन्दा सूक्ष्म जीवको डिजाइनमा समेत सृष्टिकर्ताको प्रमाण भेटिनुपर्छ। आउनुहोस्, प्रोकेर्योटिक कोषभित्र के-कस्ता काम हुन्छन्, हेरौँ। यस क्रममा आफैलाई सोध्नुहोस्: के यस्तो कोष आफसेआफ उत्पत्ति हुन सक्छ?
कोषलाई सुरक्षा दिने पर्खाल
प्रोकेर्योटिक कोषभित्र नियाल्न तपाईँ एउटा थोप्लोभन्दा पनि सयौँ गुणा सानो हुनुपर्छ। कोषको झिल्ली लचिलो तर मजबुत हुन्छ, जसले कुनै कारखानाको सुरक्षाको लागि बनाइएको इँटा र सिमेन्टको पर्खालले जस्तो काम गर्छ। हामीले १० हजार झिल्लीलाई खप्टाएर राख्यौँ भने यसको मोटाइ एउटा पानाको मोटाइ बराबर मात्र हुन्छ। तर कोषको झिल्ली इँटाको पर्खालभन्दा धेरै जटिल हुन्छ। कसरी?
जसरी पर्खालले कारखानालाई सुरक्षा दिन्छ, त्यसरी नै झिल्लीले कोषलाई बाहिरको हानिकारक कुराहरूबाट जोगाउँछ। तर यसले कोषलाई “सास” फेर्न दिन्छ अर्थात् अक्सिजनजस्ता साना परमाणुहरूलाई भित्र प्रवेश गर्न र बाहिर निस्कन दिन्छ। तर झिल्लीले हानिकारक र जटिल अणुहरूलाई कोषको अनुमतिविना भित्र पस्न दिँदैन। झिल्लीले उपयोगी अणुहरूलाई कोषबाहिर निस्कनदेखि पनि रोक्छ। झिल्लीले कसरी यस्तो गाह्रो र अचम्मलाग्दो काम गर्छ?
कारखानाबारे फेरि विचार गर्नुहोस्। त्यहाँ पहरेदारहरू हुन्छ, जसले कारखानाको ढोकाबाट भित्र-बाहिर गरिने हरेक कुरामा नजर राख्छन्। त्यसैगरि कोषको झिल्लीमा पनि विशेष किसिमका प्रोटिन अणुहरू हुन्छन्, जसले ढोका र पहरेदारहरूले जस्तै काम गर्छ।
केही (१) प्रोटिनको बीचमा प्वाल हुन्छ, जसबाट खास अणुहरू मात्र कोषको भित्र वा बाहिर जान
सक्छ। अरू प्रोटिनहरूमा चाहिँ झिल्लीको एकातिर खुला हुन्छ (२) अनि अर्कोतिर बन्द हुन्छ। यिनीहरूमा (३) बन्दरगाहको जस्तै काम गर्ने एउटा भाग हुन्छ, जसबाट खास आकारका तत्त्वहरू मात्र भित्र छिर्न पाउँछन्। अनि (४) प्रोटिनको अर्को छेउ खुलेपछि ती तत्त्वहरू झिल्लीभित्र जान्छन्। यी सब काम सबैभन्दा सरल कोषको बाहिरी सतहमा समेत हुन्छ।कारखानाभित्र
मानिलिनुहोस्, तपाईँलाई “पहरेदारहरू”-ले भित्र जान दिए र अहिले तपाईँ कोषभित्र हुनुहुन्छ। प्रोकेर्योटिक कोषको भित्री भागमा तरल पदार्थ हुन्छ, जुन पोषण, नुन र अन्य तत्त्वले भरिपूर्ण हुन्छ। कोषले यी कच्चा पदार्थहरूबाट आफूलाई चाहिने कुरा उत्पादन गर्छ। तर यो प्रक्रिया अव्यवस्थित तरिकाले हुँदैन। व्यवस्थित तरिकामा चल्ने कारखानाले जस्तै कोषले पनि हजारौँ रासायनिक प्रक्रिया पूरा गर्छ, जुन निश्चित क्रममा र निर्धारित समयतालिकाअनुसारै हुन्छ।
कोषले धेरै समय लगाएर प्रोटिनहरू बनाउँछ। कोषले यो काम कसरी गर्छ? पहिला, कोषले एमिनो एसिड भनिने २० वटा फरक-फरक आधारभूत मूल तत्त्वहरू उत्पादन गर्छ। यी मूल तत्त्वहरूलाई (५) राइबोजोममा पठाइन्छ, जसले कुनै खास प्रकारको प्रोटिन तयार पार्न स्वचालित यन्त्रले जस्तै एमिनो एसिडलाई एउटा निश्चित क्रममा सङ्गठित गर्छ। कारखानामा हुने गतिविधि कम्प्युटर प्रोग्रामको निर्देशनमा सञ्चालन भएझैँ कोषमा हुने विभिन्न कामहरू (६) डिएनए भनिने “कम्प्युटर प्रोग्राम” वा कोडको निर्देशनमा सञ्चालन हुन्छ। (७) त्यसैले कुन प्रोटिन बनाउने र कसरी बनाउने भनेर राइबोजोमले डिएनए-बाट विस्तृत जानकारी पाउँछ।
प्रोटिन बन्ने प्रक्रिया देखेर तपाईँ तीनछक पर्नुहुनेछ! हरेक (८) प्रोटिन त्रिआयामिक (3D) आकारमा बेरिन्छ। यही आकारले प्रोटिनले गर्ने निश्चित काम तय गर्छ। b एउटा कारखानाको कल्पना गर्नुहोस्, जहाँ इन्जिनको पार्टपुर्जा जोड्ने काम हुन्छ। त्यो इन्जिनले राम्ररी काम गरेको चाहन्छौँ भने त्यसका सबै पार्टपुर्जा ठीक-ठीक तरिकामा बनिएको हुनुपर्छ। त्यसैगरि कुनै प्रोटिन ठीक तरिकामा बनिएको छैन र सही आकारमा बेरिएको छैन भने त्यसले आफ्नो काम राम्ररी गर्न सक्दैन र कोषलाई समेत हानि पुऱ्याउन सक्छ।
प्रोटिनले आफू बनेको ठाउँबाट पुग्नुपर्ने ठाउँसम्मको बाटो कसरी पत्ता लगाउँछ? कोषले बनाउने हरेक प्रोटिनमा “ठेगाना” लेखिएको हुन्छ अर्थात् त्यो प्रोटिन कहाँ पुग्नुपर्ने हो सुरुमै तय गरिन्छ, जसले गर्दा त्यो प्रोटिन आफ्नो गन्तव्यसम्म पुग्छ। हुनत प्रत्येक मिनेटमा हजारौँ प्रोटिन बन्छ र पठाइन्छ तर हरेक नै सही ठाउँमा पुग्छ।
यी तथ्यहरू किन महत्त्वपूर्ण छन्? सबैभन्दा सरल जीवमा भएको जटिल अणु पनि आफसेआफ बन्न सक्दैन। तिनीहरूले कोषबाहिर काम गर्नै सक्दैनन्। कोषभित्र पनि तिनीहरूले अरू जटिल अणुको मदतविना प्रजनन गर्न सक्दैनन्। उदाहरणको लागि, एडीनोसाइन ट्राइफोस्फेट (ए टि पि) भनिने एउटा खास प्रकारको उर्जा-अणु बन्नको लागि इन्जाइम चाहिन्छ तर इन्जाइम बन्नको लागि ए टि पि-बाट उर्जा चाहिन्छ। त्यसैगरि इन्जाइम बन्नको लागि डिएनए (भाग ३ मा यस अणुबारे छलफल गरिन्छ) चाहिन्छ तर डिएनए बन्न इन्जाइम नभई हुँदैन। साथै कोषले मात्र अरू प्रोटिन बनाउन सक्छ तर कोष बन्नको लागि पनि प्रोटिन नभई हुँदैन। c
१३ तिनले अझ यसो भने: “कुनै एउटा जीवित कोषको काम गर्ने तरिका यत्ति जटिल छ कि यी सब एकै चोटि संयोगले आउन सम्भवै छैन।”१४
सूक्ष्मजीव शास्त्री राडु पोपा सृष्टिसम्बन्धी बाइबलको शिक्षासित सहमत छैनन्। तैपनि सन् २००४ मा तिनले यस्तो प्रश्न सोधे: “हामीले होसियार भएर प्रयोगशालामा परीक्षण गर्दा त जीवनको सुरुवात गर्न सकेका छैनौँ भने प्रकृतिले कसरी आफसेआफ जीवनको सुरुवात गर्न सक्छ र?”तपाईँको विचार कस्तो छ? क्रमविकासको शिक्षाले पृथ्वीमा जीवनको सुरुवात गर्न सृष्टिकर्ता चाहिँदैन भनेर साबित गर्न खोज्छ। तर वैज्ञानिकहरूले जीवनबारे जति धेरै कुरा थाह पाएका छन्, त्यसबाट जीवन आफसेआफ आएको हुनै सक्दैन भन्ने कुरा अझ स्पष्ट भएको छ। यस दुबिधाबाट बच्न क्रमविकासमा विश्वास गर्ने केही वैज्ञानिक क्रमविकासको शिक्षा र जीवनको सुरुवातबारे उठेको प्रश्न अलग-अलग विषय हुन् भन्छन्। तर के तपाईँलाई यो कुरा तार्किक लाग्छ?
क्रमविकासको शिक्षाअनुसार लामो समयको अन्तरालमा संयोगवश भएका घटनाहरूले गर्दा जीवनको सुरुवात भयो। त्यसपछि फेरि अरू केही घटना घटे अनि त्यसले गर्दा फरक-फरक र जटिल जीवहरू संसारमा उत्पत्ति भए। तर त्यस शिक्षाको जग नै कमजोर छ भने त्यसको आधारमा बनेका अन्य शिक्षाहरूको हालत झन् कस्तो होला? कमजोर जग भएको गगनचुम्बी भवन गर्ल्यामगुर्लुम ढले जस्तै जीवनको सुरुवातबारे सही जानकारी दिन नसक्ने क्रमविकासको शिक्षाको हालत पनि त्यस्तै हुनेछ।
“सरल” कोषको बनौट र कामबारे छोटकरीमा छलफल गरेपछि तपाईँ कस्तो निष्कर्षमा पुग्नुभयो? लामो समयसम्म एकपछि अर्को घटना घट्दै जाँदा जीवन सुरु भएको हो कि जीवन बुद्धिमान् सृष्टिकर्ताले रचना गर्नुभएको हो? तपाईँ अझै पनि पक्का हुनुहुन्न भने सबै कोषको कामलाई नियन्त्रणमा राख्ने “मुख्य प्रोग्राम”-मा ध्यान दिनुहोस्।