तपाईं किन बाइबलमा विश्वास गर्न सक्नुहुन्छ
तपाईं किन बाइबलमा विश्वास गर्न सक्नुहुन्छ
कसैकसैको भनाइअनुसार बाइबल अविश्वसनीय छ। यो विचारले धेरै ठाउँमा मान्यता पनि पाएको छ। जसले गर्दा आज धेरैले बाइबलमा दिइएका कुराहरूलाई विश्वास गर्दैनन्।
तर अर्कोतिर, येशू ख्रीष्टले परमेश्वरसँग प्रार्थना गर्नुहुँदा यसो भन्नुभएको थियो: “तपाईंको वचन सत्य हो।” उहाँका यी शब्दहरूले हाम्रो मनमा परमेश्वरमाथि विश्वासको भावना जागृत गराउँछ। साथै, बाइबल परमेश्वरको प्रेरणाद्वारा लेखिएको हो भनेर स्वयम् बाइबलमै दिइएको छ।—यूहन्ना १७:१७; २ तिमोथी ३:१६.
यस विषयमा तपाईंको के भन्नु छ? के साँच्चै नै बाइबलमा विश्वास गर्नका निम्ति ठोस कारणहरू छन् र? अथवा के वास्तवमा बाइबल अविश्वसनीय छ र त्यसमा भएका कुराहरू पनि विवादास्पद छन् भन्ने प्रमाण फेला परेको छ?
के बाइबलका कुराहरू अन्तर्विरोध छन् र?
बाइबलमा उल्लिखित कुराहरू विवादास्पद छन् भनेर कसैकसैले भने तापनि, यसको कुनै विशेष उदाहरण तपाईंलाई देखाएका छन् र? हामीले यसप्रकारका कुनै एउटा उदाहरण पनि आजसम्म देखेका छैनौं। हो, बाइबलका कुनैकुनै व्याख्याहरूमा भिन्नता भएको जस्तो हामीलाई लाग्ला। तर त्यो त त्यसबेलाको परिस्थिति र अरू अन्य विवरणबारे हामीलाई सम्पूर्ण ज्ञान नभएकोले गर्दा त्यस्तो लागेको हो।
उदाहरणका लागि, कसैकसैले आदम र हव्वाको जम्मा सन्तान दुई छोरा अर्थात् कयिन र हाबिल मात्र थिए भन्ठान्दै, “कयिनले पत्नी कहाँबाट पायो त?” भन्ने प्रश्न गर्छन्। तर यो त उहाँहरूले बाइबलको कुरा नबुझेर सोधेका हुन्। किनभने बाइबलमा आदमका अरू “छोराउत्पत्ति ५:४) यसर्थ, कयिनले आफ्नै बहिनी वा भान्जीसँग विवाह गरेको हुनुपर्छ।
छोरीहरू जन्मे” भन्ने कुरा दिइएको छ। (आलोचकहरूले बाइबलमा अन्तर्विरोध मात्र खोजेको हुनाकारण यसो पनि भन्छन्: “बाइबलको एउटा लेखक मत्तीअनुसार पल्टनको कप्तान स्वयम् येशूकहाँ कुनै निवेदन चढाउन आए। तर लूकाले दिएको व्याख्यामा कप्तानले आफ्ना प्रतिनिधिहरूद्वारा निवेदन गरेको पाउँछौं। अब कुन व्याख्या सही मान्ने?” (मत्ती ८:५, ६; लूका ७:२, ३) तर के यसलाई अन्तर्विरोध भन्न मिल्छ र?
कुनै कार्य अन्य मानिसहरूद्वारा सम्पन्न भए तापनि, त्यो कार्य अह्राउने मुख्य मानिसले नै त्यो काम गरेको हो भन्न मिल्छ। यसो भन्नु कुनै अन्तर्विरोध होइन। उदाहरणका लागि, कुनै सडकको निर्माण इन्जिनियर र अन्य कारिन्दाहरूले मिलेर गरे तापनि, त्यो सडकको निर्माण नगरपिताले गर्नुभयो भन्नु मिल्दैन र? अवश्य मिल्छ। यसप्रकार, मत्तीको वर्णनअनुसार कप्तानले येशूलाई निवेदन गरेका हुन् तर त्यो निवेदन लूकाको वर्णनअनुसार कप्तानले आफ्नो प्रतिनिधिहरूद्वारा गरे।
यसरी, सम्पूर्ण विवरण बुझ्दै जाँदा, अन्तर्विरोध जस्तो देखिने कुराहरू हराउँदै जान्छन्।
इतिहास र विज्ञान
बाइबलको ऐतिहासिक सत्यतामा एकताक सन्देह थियो। उदाहरणका लागि, आलोचकहरूले बाइबलमा उल्लिखित व्यक्तिहरू अर्थात् अश्शूरी राजा सर्गान, बेबिलोनको बेलसजर र रोमी राज्यपाल पिलातसको अस्तित्वबारे शंका गरेका थिए। तर हालसालै भएका आविष्कारहरूद्वारा बाइबलको एउटाएउटा वर्णन सत्य साबित हुँदै आएको छ। यस विषयमा इतिहासकार मोशे पर्लम्यान यसो भन्नुहुन्छ: “पुरानो नियमको ऐतिहासिक व्याख्याहरूमा शंका गर्ने आलोचकहरूले अचानक आफ्नो विचार बद्लन थाले।”
बाइबल विश्वसनीय हुनका लागि, यो पुस्तक वैज्ञानिक क्षेत्रमा पनि सत्य हुनुपर्छ। तर छ र सत्य? केही समयअघि, बाइबलको शिक्षा विपउत्पत्ति १:१.
रीत, विज्ञानवेत्ताहरूले बह्माण्डको कुनै सुरु थिएन भने। तर खगोलविद् रबर्ट ज्यास्ट्रोले यो विचारलाई यसो भन्नुहुँदै खण्डन गर्नुभएको छ: “ब्रह्माण्डको सुरुबारे खगोल विद्यासम्बन्धी प्रमाणले बाइबलमा उल्लिखित जगत्को आरम्भको व्याख्यालाई पुष्टि दिन्छ। विवरणमा सानोतिनो भिन्नता भए तापनि, बाइबलमा दिइएको व्याख्या र खगोल विद्याको वर्णनको मूल सिद्धान्त एउटै छ।”—पृथ्वीको आकारबारे पनि मानिसहरूले आफ्नो विचार बद्लनु परेको छ। द वर्ल्ड बूक इनसाइक्लोपीडिया यसो भन्छ: “पृथ्वी च्याप्टो छ भनेर धेरैले ठानेका थिए। तर आविष्कारहरूको भ्रमणद्वारा पृथ्वीको आकार गोल रहेछ भनेर साबित भयो।” तर बाइबल यस विषयमा पनि सुरुदेखि नै सत्य थियो। आविष्कारका यी भ्रमणहरूभन्दा प्रायः २,००० वर्षअघि नै बाइबलले यशैया ४०:२२ (NW) मा यसो भनेको थियो: “उहाँ . . . जो पृथ्वीको गोलाकार माथि विराजमान हुनुहुन्छ।” (ड्वे अनुवाद र अरू अनुवादहरूले पनि “गोलाकार” शब्द प्रयोग गरेका छन्।)
यसर्थ, मानिसले जतिजति बढी शिक्षा प्राप्त गर्दै जान्छ, बाइबलमाथि विश्वास गर्ने आधारहरू पनि अझ बढ्दै जान्छ। ब्रिटिश म्युजियमका एक जना भूतपूर्व निर्देशक, सर फ्रेडरिक केन्यनले यी शब्दहरू भन्नुभएको थियो: “आजसम्म उपलब्ध परिणामले विश्वासको आधारलाई अझ बलियो पारेको छ। मानिसको बढ्दो ज्ञानले बाइबलको सत्यतालाई बढ्ता टेको दिन्छ।”
भविष्यबारे पूर्व बताउनु
तर के बाइबलका अगमवाणीहरूमा हामी साँच्चै नै विश्वास गर्नसक्छौं र? विशेष गरी, भविष्यमा एउटा “नयाँ स्वर्ग र नयाँ पृथ्वी” हुने प्रतिज्ञामा भरोसा गर्नु उचित होला र? (२ पत्रुस ३:१३; प्रकाश २१:३, ४) बितेको समयमा बाइबल कहाँसम्म विश्वसनीय साबित भएको छ? एक पटक होइन, बारम्बार सयौं वर्षअघि दिइएका अगमवाणीहरू सम्पूर्ण रूपमा पूरा भएका छन्!
उदाहरणका लागि, शक्तिशाली बेबिलोनको पतन हुनुभन्दा २०० वर्षअघि त्यसको पतनको अगमवाणी भएको थियो। त्यसको पतन हुँदा विजयी पक्ष मादीहरू हुनेछन् भनेर नाउँ तोकेर दिइएको थियो। यी मादीहरू फारसीहरूसँग संलग्न थिए। साथै, विजयमा फारसी राजा कोरेसले प्रमुख भूमिका निभाउनेछन् भनेर कोरेस जन्मनुभन्दा २०० वर्षअघि नै बाइबलमा अगमवाणी भएको थियो। अगमवाणीअनुसार बेबिलोनलाई चारतिरबाट घेरेर सुरक्षित राख्ने युफ्रेटिस नदीको पानी ‘सुक्नेछ’ र ‘बेबिलोनका ढोकाहरू खुल्लै’ रहनेछन् भनिएको थियो।—यर्मिया ५०:३८; यशैया १३:१७-१९; ४४:२७–४५:१.
इतिहासकार हेरोडोटसले दिनुभएको विवरणमा यी जम्मै कुरा पूरा भएको पाइन्छ। साथै, बेबिलोन अन्तत्वोगत्वा उजाड हुनेछ भन्ने कुराको पनि बाइबलमा अगमवाणी भएको थियो। र आज ठीक त्यस्तै भएको छ। आज बेबिलोनमा उजाड खण्डहरहरू मात्र पाइन्छन्। (यशैया १३:२०-२२; यर्मिया ५१:३७, ४१-४३) बाइबलमा यसप्रकारका अनेक अगमवाणी पाउनुहुनेछ जसका प्रस्ट र निर्विवाद पूर्ति पनि भएका छन्।
तर आजको वर्तमान रीतिरिवाजबारे बाइबलमा के अगमवाणी गरिएको छ? यही: “यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, . . . परमेश्वरभन्दा बरु सुख विलास निको मान्ने। भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्।”—२ तिमोथी ३:१-५.
अवश्य, आज हामीले यो भविष्यवाणी पूरा भएको देख्दैछौं! तर यसबाहेक, संसारको “आखिरी दिन[बारे]” यो अगमवाणी पनि दिइएको थियो: “जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ ठाउँमा अनिकाल र भैंचालो हुनेछ।” साथै, “विभिन्न ठाउँहरूमा रूढ़ी . . . हुनेछ।”—वास्तवमा, हो आज बाइबलका अगमवाणीहरू पूरा भइरहेका छन्। तर, “धर्मात्माहरूले [पृथ्वी] अधिकार गर्नेछन् र त्यसैमा सधैंभरि रहन्छन्” र “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली . . . बनाउनेछन् . . . औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्” जस्ता अगमवाणीहरूबारे के भन्ने?—भजन ३७:२९; यशैया २:४.
कसैले भन्नुहोला ती पूरा हुनै सक्तैनन्। तर सृजनहारका प्रतिज्ञाहरूमा सन्देह गर्ने हाम्रो कुनै ठोस आधार छैन। उहाँको वचन विश्वसनीय छ। (तीतस १:२) अझ थप प्रमाणहरूको जाँच गर्नुभयो भने, यसबारे तपाईं निश्चित हुनुहुनेछ।
अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्स-बाट उद्धृत गरिएका हुन्।
[पृष्ठ ४-मा भएको ठूलो अक्षरको क्याप्सन]
“आजसम्म उपलब्ध परिणामले विश्वासको आधारलाई अझ बलियो पारेको छ। मानिसको बढ्दो ज्ञानले बाइबलको सत्यतालाई बढ्ता टेको दिन्छ”