सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १०

स्वर परिवर्तन

स्वर परिवर्तन

हितोपदेश ८:४, 

सारांश: स्वर, स्वरको तीखोपना र स्वरको गतिमा विविधता ल्याएर जानकारीलाई स्पष्ट र मन छुने तरिकामा प्रस्तुत गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • स्वर सानो-ठूलो बनाउनुहोस्‌। मुख्य बुँदालाई जोड दिन र श्रोतालाई जुर्मुऱ्‍याउन स्वर ठूलो बनाउनुहोस्‌। कसैलाई न्यायदण्ड सुनाइएको भाग धर्मशास्त्रबाट पढ्‌दा पनि त्यसै गर्नुहोस्‌। श्रोतालाई उत्सुक बनाउन अथवा चिन्ता वा डर व्यक्‍त गर्न स्वर सानो बनाउनुहोस्‌।

  • स्वरको तीखोपनामा विविधता ल्याउनुहोस्‌। तपाईँको भाषामा सुहाउँछ भने उत्साह देखाउन स्वरको तीखोपना बढाउनुहोस्‌। साथै सानो-ठूलो आकार वा दूरीलाई सङ्‌केत गर्न कुनै अक्षरको लामो उच्चारण गर्न सक्नुहुन्छ। जस्तै: “ठूलो”-मा “ऊ”-को लामो उच्चारण गर्न सक्नुहुन्छ। दुःख वा चिन्ता व्यक्‍त गर्न स्वरको तीखोपना घटाउनुहोस्‌।

  • स्वरको गतिमा उतारचढाव ल्याउनुहोस्‌। उत्साह देखाउन छिटो बोल्नुहोस्‌। महत्त्वपूर्ण बुँदा बताउँदा बिस्तारै बोल्नुहोस्‌।