सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा ११

उत्साह

उत्साह

रोमी १२:११

सारांश: जोसिलो भई बोलेर श्रोतालाई जुर्मुऱ्‍याउनुहोस्‌ र कदम चाल्न उत्प्रेरित गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • मन लगाएर तयारी गर्नुहोस्‌। प्रस्तुति तयार गर्दा आफ्नो सन्देशको महत्त्वबारे गहिरिएर सोच्नुहोस्‌। प्रस्तुत गर्नुपर्ने सामग्रीसित राम्ररी परिचित हुनुभयो भने तपाईँले आफ्नो कुरा मनैदेखि व्यक्‍त गर्न सक्नुहुनेछ।

  • श्रोताबारे सोच्नुहोस्‌। तपाईँले पढ्‌ने वा सिकाउने कुराले अरूलाई कस्तो लाभ पुऱ्‍याउँछ भनेर मनन गर्नुहोस्‌। अनि त्यो कुरा श्रोतालाई कसरी स्पष्ट तरिकामा बुझाउने, विचार गर्नुहोस्‌।

  • जीवन्त ढङ्‌गमा प्रस्तुत गर्नुहोस्‌। जोसिलो भई बोल्नुहोस्‌। स्वाभाविक तरिकाले इसारा गरेर अनि अनुहारमा निष्कपट भाव व्यक्‍त गरेर आफ्नो भावना प्रकट गर्नुहोस्‌।