सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १३

व्यावहारिकता प्रस्ट पार्ने

व्यावहारिकता प्रस्ट पार्ने

हितोपदेश ३:२१, फुटनोट

सारांश: तपाईँले प्रस्तुत गर्नुभएको विषय श्रोताको जीवनसित कसरी सम्बन्धित छ भनेर बुझ्न तिनीहरूलाई मदत गर्नुहोस्‌ अनि सिकेको कुरा कसरी लागू गर्ने भनेर बताउनुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • श्रोताबारे सोच्नुहोस्‌। तपाईँले दिने जानकारी श्रोताको लागि किन व्यावहारिक छ भनेर मनन गर्नुहोस्‌। अनि खासगरि कुन कुरा तिनीहरूको लागि मदतकारी हुन्छ, विचार गर्नुहोस्‌।

  • प्रस्तुतिको दौडान व्यावहारिक पक्षबारे बताउनुहोस्‌। तपाईँको प्रस्तुतिको सुरुदेखि नै प्रत्येक श्रोताले ‘यो मेरो लागि उपयोगी छ’ भनेर महसुस गर्नु आवश्‍यक छ। सामान्य जानकारी मात्र दिने तरिकामा प्रस्तुत नगर्नुहोस्‌। प्रत्येक मुख्य बुँदाबारे व्याख्या गर्दा त्यो लागू गर्ने तरिका पनि बताउनुहोस्‌।