सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १५

विश्‍वस्त भएर बोल्ने

विश्‍वस्त भएर बोल्ने

१ थिस्सलोनिकी १:५

सारांश: आफूले भनिरहेको कुरा सत्य हो र एकदमै महत्त्वपूर्ण छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै बोल्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • राम्ररी तयारी गर्नुहोस्‌। प्रस्तुतिका मुख्य कुराहरू के-के हुन्‌ र ती सत्य हुन्‌ भनेर बाइबलले कसरी पुष्टि गर्छ, त्यो नबुझेसम्म विषयवस्तुलाई अध्ययन गरिरहनुहोस्‌। प्रस्तुतिका मुख्य बुँदाहरूलाई सरल शब्दमा बताउने कोसिस गर्नुहोस्‌। त्यसले श्रोतालाई कसरी लाभ पुऱ्‍याउँछ भनेर विचार गर्नुहोस्‌। प्रार्थना गरेर पवित्र शक्‍ति माग्नुहोस्‌।

  • विश्‍वस्तता झल्किने शब्दहरू प्रयोग गर्नुहोस्‌। स्रोत-सामग्रीमा भएको शब्द जस्ताको तस्तै दोहोऱ्‍याउनुभन्दा आफ्नै शब्दमा व्यक्‍त गर्नु राम्रो हो। आफूले बोलेको कुरामा विश्‍वस्त हुनुहुन्छ भनेर तपाईँको भाषाशैलीबाट देखिनुपर्छ।

  • विश्‍वस्त र निष्कपट भएको देखाउनुहोस्‌। ठिक्कको आवाजमा बोल्नुहोस्‌। यदि श्रोतालाई आपत्तिजनक लाग्दैन भने कुराकानीको दौडान तिनीहरूको अनुहारमा हेरेर बोल्नुहोस्‌।