सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १६

उत्थानदायी र सकारात्मक

उत्थानदायी र सकारात्मक

अय्युब १६:५

सारांश: समस्यामा नभई समाधानमा र श्रोतालाई विश्‍वस्त बनाउने कुराहरूमा जोड दिनुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • श्रोताप्रति सकारात्मक दृष्टिकोण राख्नुहोस्‌। सङ्‌गी ख्रिष्टियनहरू यहोवालाई खुसी पार्न चाहन्छन्‌ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। सल्लाह दिनुपर्ने अवस्थामा पनि सम्भव भएसम्म सुरुमा मनैदेखि प्रशंसा गर्नुहोस्‌।

  • नकारात्मक विषयवस्तुबारे लम्बेतान कुरा नगर्नुहोस्‌। नकारात्मक विषय उल्लेख गर्नु उपयोगी छ भने मात्र त्यसबारे चर्चा गर्नुहोस्‌। तपाईँको प्रस्तुति समग्रमा सकारात्मक किसिमको हुनुपर्छ।

  • परमेश्‍वरको वचन प्रभावकारी तरिकामा चलाउनुहोस्‌। मानिसजातिको लागि यहोवाले के गर्नुभएको छ, के गर्दै हुनुहुन्छ अनि भविष्यमा के गर्नुहुनेछ, त्यसमा ध्यान खिच्नुहोस्‌। श्रोतामा आशा जगाउनुहोस्‌ र तिनीहरूको साहस बढाउनुहोस्‌।