सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १८

श्रोताका लागि जानकारीमूलक

श्रोताका लागि जानकारीमूलक

१ कोरिन्थी ९:१९-२३

सारांश: श्रोतालाई सोच्न उत्प्रेरित गर्नुहोस्‌ र तिनीहरूलाई केही महत्त्वपूर्ण कुरा सिकेको महसुस गराउनुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • श्रोतालाई के थाह छ, विचार गर्नुहोस्‌। श्रोताले पहिल्यै सुनिसकेका कुराहरू दोहोऱ्‍याउनुको साटो तिनीहरूलाई त्यसबारे नयाँ तरिकाले सोच्न मदत गर्नुहोस्‌।

  • अनुसन्धान र मनन गर्नुहोस्‌। सम्भव भएसम्म मुख्य बुँदा प्रस्ट पार्न ताजा जानकारी वा हालसालै घटेको घटना उल्लेख गर्नुहोस्‌। विषयवस्तुमा मनन गर्नुहोस्‌ अनि तपाईँले उल्लेख गर्न लाग्नुभएको तथ्य र विषयवस्तुबीच कस्तो सम्बन्ध छ, राम्ररी विचार गर्नुहोस्‌।

  • सन्देशको उपयोगिताबारे बताउनुहोस्‌। शास्त्रपदमा भनिएको कुराले श्रोताको दैनिक जीवनमा कसरी लाभ पुऱ्‍याउन सक्छ, बताउनुहोस्‌। श्रोतालाई चासो लाग्ने कुनै खास अवस्था, मनोवृत्ति र गतिविधिबारे छलफल गर्नुहोस्‌।