सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा १

प्रभावकारी परिचय

प्रभावकारी परिचय

प्रेषित १७:२२

सारांश: तपाईँले दिने परिचयले श्रोताको चासो जगाउनुपर्छ, प्रस्तुत गर्ने विषयलाई प्रस्ट पार्नुपर्छ अनि विषयको महत्त्व बुझाउनुपर्छ।

कसरी गर्न सकिन्छ?

  • चासो जगाउनुहोस्‌। श्रोतालाई चासो लाग्ने कुनै प्रश्‍न, भनाइ, वास्तविक अनुभव वा समाचार रोज्नुहोस्‌।

  • विषयलाई प्रस्ट पार्नुहोस्‌। तपाईँले कुन विषयमा कुरा गर्न लाग्नुभएको हो र त्यसको उद्देश्‍य के हो भन्‍ने कुरा परिचयबाट श्रोताहरूले बुझ्नुपर्छ।

  • विषयको महत्त्व बुझाउनुहोस्‌। श्रोतालाई व्यावहारिक लाग्ने तरिकामा परिचय प्रस्तुत गर्नुहोस्‌। प्रस्तुत गरिने विषयबाट कस्तो लाभ उठाउन सकिन्छ भनेर श्रोताहरूले स्पष्टसित बुझ्नु आवश्‍यक छ।