सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा २०

प्रभावकारी समापन

प्रभावकारी समापन

उपदेशक १२:१३, १४

सारांश: सिकेको कुरा स्विकार्न र लागू गर्न प्रस्तुतिको अन्तमा श्रोतालाई उत्प्रेरित गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • सम्पूर्ण विषयलाई ढाक्ने किसिमको समापन बनाउनुहोस्‌। मुख्य बुँदाहरू र मूल विषयलाई दोहोऱ्‍याउनुहोस्‌ वा आफ्नै शब्दमा व्यक्‍त गर्नुहोस्‌।

  • श्रोतालाई कदम चाल्न उत्प्रेरित गर्नुहोस्‌। श्रोताले के गर्नुपर्छ र किन त्यसो गर्नुपर्छ, चित्तबुझ्दो तरिकाले बताउनुहोस्‌। विश्‍वस्त हुँदै मनैदेखि बोल्नुहोस्‌।

  • समापन सरल र ठिक्कको बनाउनुहोस्‌। नयाँ बुँदा नबताउनुहोस्‌। थोरैभन्दा थोरै शब्द चलाएर श्रोतालाई कदम चाल्न अन्तमा फेरि प्रोत्साहन दिनुहोस्‌।