सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा ४

शास्त्रपदको प्रभावकारी परिचय

शास्त्रपदको प्रभावकारी परिचय

मत्ति २२:४१-४५

सारांश: शास्त्रपद पढ्‌नुअघि श्रोताको मन तयार पार्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • कुनै शास्त्रपद पढ्‌नुको कारण विचार गर्नुहोस्‌। शास्त्रपदबाट तपाईँले बुझाउन खोज्नुभएको मुख्य कुरातर्फ श्रोताको ध्यान खिच्नेगरि त्यस शास्त्रपदको परिचय दिनुहोस्‌।

  • बाइबललाई मुख्य आधार बनाउनुहोस्‌। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूसित कुराकानी गर्दै हुनुहुन्छ भने बाइबल परमेश्‍वरको वचन हो भन्‍ने कुरातर्फ ध्यान खिच्नुहोस्‌। यसो गर्दा तपाईँ परमेश्‍वरकै विचार सिकाउँदै हुनुहुन्छ भन्‍ने देखिन्छ।

  • शास्त्रपदप्रति चासो जगाउनुहोस्‌। यस्तो प्रश्‍न सोध्नुहोस्‌, जसको जवाफ बाइबलले दिन्छ; यस्तो समस्याबारे बताउनुहोस्‌, जसको समाधान बाइबलमा पाइन्छ वा यस्तो तथ्य उल्लेख गर्नुहोस्‌, जसबारे बुझ्न बाइबल विवरणले मदत गर्छ।