सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा ६

शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने

शास्त्रपद प्रयोग गर्नुको कारण प्रस्ट पार्ने

युहन्‍ना १०:३३-३६

सारांश: शास्त्रपद पढेपछि तुरुन्तै अर्को बुँदामा नजानुहोस्‌। तपाईँले पढ्‌नुभएको शास्त्रपद र जोड दिन खोज्नुभएको बुँदाबीचको सम्बन्ध श्रोताले बुझे कि बुझेनन्‌, पक्का गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • मुख्य शब्दहरू खुट्ट्याउनुहोस्‌। शास्त्रपद पढेपछि त्यसको जुन भाग मुख्य बुँदासित सम्बन्धित छ, त्यसैमा जोड दिनुहोस्‌। सम्बन्धित शब्दहरू दोहोऱ्‍याउनुभयो वा प्रश्‍न सोध्नुभयो भने श्रोताले मुख्य शब्दहरू खुट्ट्याउन सक्नेछन्‌।

  • मुख्य बुँदामा जोड दिनुहोस्‌। तपाईँले शास्त्रपद पढ्‌नुको कारणबारे पहिल्यै प्रस्ट पार्नुभएको छ भने शास्त्रपदका मुख्य शब्दहरूले त्यसलाई कसरी समर्थन गर्छ, व्याख्या गर्नुहोस्‌।

  • सरल तरिकामा बुझाउनुहोस्‌। मुख्य बुँदासित कुनै सम्बन्ध नभएको भागको व्याख्या नगर्नुहोस्‌। छलफल गरिएको विषयबारे तपाईँका श्रोतालाई के-कति थाह छ, त्यो विचार गर्नुहोस्‌। त्यसपछि शास्त्रपदको कुरा सरल र स्पष्ट तरिकामा बताउन श्रोतालाई कति जानकारी दिनुपर्छ भनेर निर्णय गर्नुहोस्‌।