सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा ७

सही र चित्तबुझ्दो

सही र चित्तबुझ्दो

लुका १:३

सारांश: श्रोतालाई सही निष्कर्षमा पुऱ्‍याउन भरपर्दो स्रोत प्रयोग गर्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • भरपर्दो स्रोत खोज्नुहोस्‌। परमेश्‍वरको वचनलाई आधार बनाएर कुरा गर्नुहोस्‌। सम्भव भएसम्म बाइबलबाटै पढ्‌नुहोस्‌। यदि कुनै वैज्ञानिक तथ्य, समाचार, अनुभव वा अन्य कुनै स्रोतमा उल्लेख गरिएको कुरा बताउँदै हुनुहुन्छ भने ती स्रोतहरू भरपर्दा र हालसालैका हुन्‌ भनेर पहिल्यै पक्का गर्नुहोस्‌।

  • स्रोतहरू सही तरिकामा प्रयोग गर्नुहोस्‌। शास्त्रपदलाई त्यसको सन्दर्भ, पूरै बाइबलको सन्देश अनि “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले तयार पारेका प्रकाशनहरूसित मिल्नेगरि व्याख्या गर्नुहोस्‌। (मत्ति २४:४५) अन्य स्रोतबाट जानकारी प्रस्तुत गर्दै हुनुहुन्छ भने त्यसको सन्दर्भ र लेखकले भन्‍न खोजेको कुरासित मेल खाने तरिकामा बताउनुहोस्‌।

  • श्रोतासित तर्क गर्नुहोस्‌। शास्त्रपद पढेपछि वा कुनै स्रोतबारे उल्लेख गरेपछि श्रोता आफै सही निष्कर्षमा पुग्न सकून्‌ भनेर सुझबुझ चलाउँदै प्रश्‍न सोध्नुहोस्‌ अथवा उदाहरण दिनुहोस्‌।