सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बुँदा ८

सुहाउँदो उदाहरण

सुहाउँदो उदाहरण

मत्ति १३:३४, ३५

सारांश: प्रभावकारी तरिकामा सिकाउन श्रोताको मन छुने सरल उदाहरण प्रयोग गर्नुहोस्‌ र मुख्य बुँदा प्रस्ट पार्नुहोस्‌।

कसरी गर्न सकिन्छ?

  • सरल उदाहरण रोज्नुहोस्‌। येसुले जस्तै महत्त्वपूर्ण कुरा बुझाउन साधारण कुराको उदाहरण दिनुहोस्‌ अनि गाह्रो कुरा बुझाउन सरल कुराको उदाहरण दिनुहोस्‌। उदाहरणलाई जटिल बनाउने अनावश्‍यक कुराहरू नथप्नुहोस्‌। तपाईँले उदाहरणमा बताउनुभएको कुरा र सिकाउन खोज्नुभएको कुरा मेल खान्छ कि खाँदैन, पक्का गर्नुहोस्‌। यसो गर्नुभयो भने श्रोता अलमलमा पर्नेछैनन्‌।

  • श्रोतालाई मनमा राख्नुहोस्‌। श्रोतालाई चासो लाग्ने विषय वा श्रोतालाई थाह भएको कुनै क्रियाकलापलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुहोस्‌। तपाईँको उदाहरण अरूलाई अप्ठेरोमा पार्ने वा ठेस पुऱ्‍याउने खालको हुनु हुँदैन।

  • मुख्य बुँदा प्रस्ट पार्नुहोस्‌। कम महत्त्वपूर्ण कुरालाई नभई मुख्य बुँदालाई प्रस्ट पार्न उदाहरण चलाउनुहोस्‌। श्रोताले उदाहरण मात्र नभई त्यसबाट सिक्न सकिने पाठ पनि सम्झन सक्नेगरि बताउनुहोस्‌।