सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले घृणा गर्नुहुने बानीहरू

परमेश्‍वरले घृणा गर्नुहुने बानीहरू

पाठ १०

परमेश्‍वरले घृणा गर्नुहुने बानीहरू

परमेश्‍वरले खराब ठान्‍नुहुने कुराहरूलाई तपाईंले कुन दृष्टिले हेर्नुपर्छ? (१)

कस्ता यौन व्यवहारहरू गलत हुन्‌? (२)

झूट बोल्ने बानीलाई मसीहीले कुन दृष्टिले हेर्नुपर्छ? (३) जूवालाई? (३) चोरीलाई? (३) हिंसालाई? (४) प्रेतवादलाई (५) मतवालापनलाई (६)

खराब बानीहरू कसरी हटाउन सकिन्छ? (७)

. परमेश्‍वरका सेवकहरू असल कुरा मन पराउँछन्‌। तर तिनीहरूले खराब कुरालाई घृणा गर्न पनि सिक्नुपर्छ। (भजन ९७:१०) त्यसको अर्थ परमेश्‍वरले घृणा गर्नुहुने केही बानीहरूदेखि हामी टाढै बस्नुपर्छ। त्यस्ता केही बानीहरू के हुन्‌?

. करनी: विवाह गर्नुअघि नै यौनसम्बन्ध राख्नु, व्यभिचार गर्नु अनि पशुसित, आफ्नै नातेदारसित वा पुरुषले पुरुषसित अनि स्त्रीले स्त्रीसित यौनसम्बन्ध राख्नु परमेश्‍वर विरुद्ध गम्भीर पाप हो। (लेवी १८:६; रोमी १:२६, २७; १ कोरिन्थी ६:९, १०) स्त्री र पुरुष विवाह नगरिकन सँगै बसिरहेका छन्‌ भने उनीहरू या त छुट्टिनुपर्छ नभए कानुनी रूपमा विवाहित हुनुपर्छ।—हिब्रू १३:४.

. झूट बोल्ने बानी, जूवा, चोरी: यहोवा परमेश्‍वर झूट बोल्नुहुन्‍न। (तितस १:२) त्यसैकारण उहाँको अनुग्रह पाउन चाहने व्यक्‍तिले पटक्कै झूट बोल्नु हुँदैन। (हितोपदेश ६:१६-१९; कलस्सी ३:९, १०) सबै प्रकारको जूवामा लोभ लुकेको हुन्छ। त्यसैकारण मसीहीहरूले चिट्ठा किन्‍ने, घोडदौडमा बाजी थाप्ने वा बिंगोजस्ता कुनै पनि प्रकारको जूवामा भाग लिंदैनन्‌। (एफिसी ५:३-५) अनि मसीहीहरूले चोर्दैनन्‌ पनि। चोरेको धनमाल तिनीहरू जानाजानी किन्दैनन्‌। साथै अनुमति नलिइकन अरूको सामान लैजाँदैनन्‌।—प्रस्थान २०:१५; एफिसी ४:२८.

. रीसले काँप्नु, हिंसा: रीसलाई रोकेन भने हिंसात्मक कार्यहरू हुनसक्छन्‌। (उत्पत्ति ४:५-८) हिंसात्मक मान्छे परमेश्‍वरको मित्र हुनसक्दैन। (भजन ११:५; हितोपदेश २२:२४, २५) अरूले हाम्रो हानि गर्दा बदला लिनु वा खराबीको बदला खराबी गर्नु गलत हो।—हितोपदेश २४:२९; रोमी १२:१७-२१.

. तन्त्रमन्त्र अनि प्रेतवाद: केही मानिसहरू रोगबिमार निको पार्न प्रेतात्मालाई पुकार्छन्‌। अरू चाहिं आफ्नो शत्रुलाई बिरामी बनाउन वा मार्नसमेत मन्त्र फुक्छन्‌। यी सबै प्रचलनहरूपछाडि शैतानको शक्‍तिले काम गरिरहेको हुन्छ। त्यसैकारण मसीहीहरूले त्यस्ता कुनै पनि कुराहरूमा पटक्कै भाग लिनु हुँदैन। (व्यवस्था १८:९-१३) यहोवासित घनिष्ठ भयौं भने अरूले जति नै मन्त्र फुके पनि हामीलाई केही हुँदैन।—हितोपदेश १८:१०.

. मतवालापन: अलिकता दाखमद्य, जाँड वा अरू प्रकारको रक्सी पिउनु गलत होइन। (भजन १०४:१५; १ तिमोथी ५:२३) तर बेसरी पिउनु अनि मतवाला हुनु परमेश्‍वरको दृष्टिमा गलत कुरा हो। (१ कोरिन्थी ५:११-१३; १ तिमोथी ३:८) बेसरी पिउनाले तपाईंको स्वास्थ्य अनि परिवार बिग्रनसक्छ। साथै तपाईं अरू गलत कामहरूमा सजिलै फस्नसक्छ।—हितोपदेश २३:२०, २१, २९-३५.

. परमेश्‍वरले गलत ठान्‍नुहुने काम गर्ने मानिसहरू “परमेश्‍वरको राज्यका हकवाला हुनेछैनन्‌।” (गलाती ५:१९-२१) तपाईं साँच्चै परमेश्‍वरलाई माया गर्नुहुन्छ, उहाँलाई प्रसन्‍न तुल्याउन चाहनुहुन्छ भने यस्ता खराब बानीहरू हटाउन सक्नुहुन्छ। (१ यूहन्‍ना ५:३) परमेश्‍वरले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्न सिक्नुहोस्‌। (रोमी १२:९) परमेश्‍वरलाई मन पर्ने बानी हुने मानिसहरूसित संगत गर्नुहोस्‌। (हितोपदेश १३:२०) परिपक्व मसीही मित्रहरूसित संगत गर्नुभयो भने तिनीहरूले तपाईंलाई मदत दिनसक्छन्‌। (याकूब ५:१४) तर सबैभन्दा ठूलो कुरा, प्रार्थनाद्वारा यहोवासित मदत माग्नुहोस्‌।—फिलिप्पी ४:६, ७, १३.

[पृष्ठ २०-मा भएको चित्र]

परमेश्‍वरले मतवालापन, चोरी, जूवा अनि हिंसालाई घृणा गर्नुहुन्छ