सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले चाहनुहुने कुरा तपाईं कसरी पत्ता लगाउन सक्नुहुन्छ

परमेश्‍वरले चाहनुहुने कुरा तपाईं कसरी पत्ता लगाउन सक्नुहुन्छ

पाठ १

परमेश्‍वरले चाहनुहुने कुरा तपाईं कसरी पत्ता लगाउन सक्नुहुन्छ

बाइबलमा कस्तो महत्त्वपूर्ण जानकारी पाइन्छ? (१)

बाइबलको ग्रन्थकार को हुनुहुन्छ? (२)

तपाईंले किन बाइबल अध्ययन गर्नुपर्छ? (३)

. बाइबल परमेश्‍वरले दिनुभएको अमूल्य उपहार हो। त्यसलाई मायालु पिताले आफ्नो छोराछोरीलाई लेखेको पत्र भन्‍न सकिन्छ। त्यसले परमेश्‍वर को हुनुहुन्छ, उहाँका स्तर के के हुन्‌, त्यसबारे सत्य कुरा बताउँछ। समस्याहरूको सामना कसरी गर्ने अनि साँचो आनन्द कसरी प्राप्त गर्ने, त्यो पनि त्यसले बताउँछ। परमेश्‍वरलाई प्रसन्‍न पार्न हामीले के गर्नैपर्छ, बाइबलले मात्र त्यसको जवाफ दिन्छ।—भजन १:१-३; यशैया ४८:१७, १८.

. बाइबल १,६०० वर्षको दौडान ४० विभिन्‍न पुरुषहरूले लेखेको पुस्तक हो। बाइबल लेख्ने काम सा.यु.पू. १५१३ मा सुरु भयो। यसमा ६६ वटा स-साना पुस्तकहरू छन्‌। बाइबल लेख्ने मानिसहरू परमेश्‍वरबाट प्रेरित थिए। तर तिनीहरूले आफ्नै होइन, परमेश्‍वरका विचारहरू लेखे। अतः बाइबलको ग्रन्थकार स्वर्गमा बस्नुहुने परमेश्‍वर हुनुहुन्छ, पृथ्वीको कुनै मानिस होइन।—२ तिमोथी ३:१६, १७; २ पत्रुस १:२०, २१.

. बाइबलको नकल प्रति बनाउँदा त्यो सही अनि सुरक्षित होस्‌ भनेर परमेश्‍वरले पूर्णतया ध्यान दिनुभयो। अरू पुस्तकहरूभन्दा बाइबल धेरै छापिएका छन्‌। तपाईंले बाइबल अध्ययन गर्नुहुँदा अवश्‍य सबै खुशी हुनेछैनन्‌। तर तिनीहरूको कुरा नसुन्‍नुहोस्‌। किनभने तपाईंले परमेश्‍वरलाई चिन्‍नुभयो र विरोधको बावजूद उहाँको इच्छा पूरा गर्नुभयो भने मात्र अनन्त भविष्य पाउनुहुनेछ।—मत्ती ५:१०-१२; यूहन्‍ना १७:३.