सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १५

परमेश्‍वरका मित्रहरू असल काम गर्छन्‌

परमेश्‍वरका मित्रहरू असल काम गर्छन्‌

तपाईंले सराहना र आदर गर्ने मित्र छ भने, तपाईं तिनीजस्तै हुने प्रयास गर्नुहुन्छ। “परमप्रभु भला र सरल हुनुहुन्छ” भनी बाइबल बताउँछ। (भजन २५:८) परमेश्‍वरको मित्र हुन हामी भला र सरल हुनुपर्छ। बाइबल भन्छ: “तिमीहरू प्रिय बालकहरूझैं परमेश्‍वरका देखा-सिकी गर्नेहरू होओ, . . . प्रेममा चल।” (एफिसी ५:१, २) त्यसो गर्ने केही तरिकाहरू यसप्रकार छन्‌:

अरूलाई मदत गर्नुहोस्‌। “सबै मानिसतर्फ, . . . भलाइको काम गरौं।”—गलाती ६:१०.

परिश्रम गर्नुहोस्‌। “बरू त्यसले परिश्रम गरोस्‌, र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनालाई त्यससँग होस्‌।”—एफिसी ४:२८.

शारीरिक तथा नैतिक तवरमा स्वच्छ रहनुहोस्‌। “शरीर र आत्माका सबै किसिमका अशुद्धपनाहरूबाट हामी आफैलाई शुद्ध पारौं, औ परमेश्‍वरको डर राखेर पवित्रतालाई सिद्ध पारौं।”—२ कोरिन्थी ७:१.

आफ्नो परिवारका सदस्यहरूलाई प्रेम र आदरपूर्ण व्यवहार गर्नुहोस्‌। “तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई जस्तैगरी प्रेम गर, औ पत्नीले पनि आफ्ना पतिको डर मानोस्‌। ए बालक हो, प्रभुमा आफ्ना आमा-बाबुको आज्ञा पालन गर।”—एफिसी ५:३३–६:१.

अरूलाई प्रेम देखाउनुहोस्‌। “हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाटको हो।”—१ यूहन्‍ना ४:७.

आफ्नो देशको नियमकानुन पालन गर्नुहोस्‌। “हरेक प्राणी [सरकारको] अधीनमा रहोस्‌ . . . तिर्नु पर्ने कुरा सबैलाई तिर—कर तिर्नु पर्नेलाई कर।”—रोमी १३:१, ७.