सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १४

परमेश्‍वरका मित्रहरू खराब कुराहरूबाट टाढै बस्छन्‌

परमेश्‍वरका मित्रहरू खराब कुराहरूबाट टाढै बस्छन्‌

शैतानले मानिसहरूलाई खराब कुरा गर्न लोभ्याइरहन्छ। परमेश्‍वरका मित्र हुन चाहने मानिसले यहोवाले घृणा गर्नुहुने कुराहरूलाई घृणा गर्नुपर्छ। (भजन ९७:१०) परमेश्‍वरका मित्रहरू टाढै बस्ने केही कुराहरू यस प्रकारका छन्‌:

यौन अनैतिकता। “तैंले व्यभिचार नगर्नू।” (प्रस्थान २०:१४) विवाहअघि यौन सम्बन्ध राख्नु पनि गलत हो।—१ कोरिन्थी ६:१८.

मतवालापन। “मतवालाहरू . . . परमेश्‍वरको राज्यको हकदार हुनेछैन।”—१ कोरिन्थी ६:१०.

हत्या र गर्भपात। “तैंले हत्या नगर्नू।”—प्रस्थान २०:१३.

चोरी। “तैंले चोरी नगर्नू।”—प्रस्थान २०:१५.

झूटो बोली। यहोवा “झूट बोल्ने जिब्रो[लाई]” घृणा गर्नुहुन्छ।—हितोपदेश ६:१७.

हिंसा र अनियन्त्रित रिस। “दुष्ट र अत्याचार निको मान्‍नेलाई [यहोवाको] आत्माले घृणा गर्छ।” (भजन ११:५) “शरीरका कामहरू[मध्ये] . . . क्रोध” पनि हो।—गलाती ५:१९, २०.

जूवा। “त्यसको संगत नगर्नू . . . जो लोभी . . . हुन्छ।”—१ कोरिन्थी ५:११.

रंगभेद तथा जातीय घृणा। “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।”—मत्ती ५:४३, ४४.

परमेश्‍वरले भन्‍नुहुने कुरा हाम्रै भलाइको निम्ति हो। खराब कुराहरूबाट टाढै बस्नु सधैं सजिलो हुँदैन। यहोवा र उहाँका साक्षीहरूको मदतद्वारा तपाईं परमेश्‍वरलाई अप्रसन्‍न तुल्याउने कुराहरूबाट टाढा बस्न सक्नुहुन्छ।—यशैया ४८:१७; फिलिप्पी ४:१३; हिब्रू १०:२४, २५.