सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ ८

परमेश्‍वरका शत्रुहरू को हुन्‌?

परमेश्‍वरका शत्रुहरू को हुन्‌?

परमेश्‍वरको प्रमुख शत्रु, शैतान अर्थात्‌ दियाबल हो। त्यो, परमेश्‍वरको विद्रोह गर्ने आत्मिक प्राणी हो। शैतान अझै परमेश्‍वर विरुद्ध लड्‌दैछ र त्यसले मानिसहरूलाई निकै समस्या खडा गर्छ। शैतान दुष्ट छ। त्यो फटाहा र हत्यारा हो।—यूहन्‍ना ८:४४.

परमेश्‍वर विरुद्ध विद्रोहमा अन्य आत्मिक प्राणीहरूले शैतानको साथ दिए। बाइबलले तिनीहरूलाई भूतात्मा वा प्रेतहरू भन्छ। शैतानजस्तै ती भूतात्माहरू मानिसका शत्रु हुन्‌। तिनीहरू मानिसहरूलाई हानि गर्न चाहन्छन्‌। (मत्ती ९:३२, ३३; १२:२२) यहोवाले शैतान अनि त्यसका प्रेतहरूलाई सधैंको लागि नाश गर्नुहुनेछ। मानिसहरूलाई हानि गर्न अब तिनीहरूसित धेरै समय बाँकी छैन।—प्रकाश १२:१२.

तपाईं परमेश्‍वरको मित्र हुन चाहनुहुन्छ भने शैतानले भनेझैं नगर्नुहोस्‌। शैतान तथा त्यसका प्रेतहरूले यहोवालाई मन पराउँदैनन्‌। तिनीहरू परमेश्‍वरका शत्रु हुन्‌ र तपाईं पनि परमेश्‍वरको शत्रु होस्‌ भन्‍ने तिनीहरू चाहन्छन्‌। तपाईं कसलाई खुसी तुल्याउन चाहनुहुन्छ,—शैतानलाई वा यहोवा परमेश्‍वरलाई। अनन्त जीवन चाहनुहुन्छ भने तपाईंले परमेश्‍वरको इच्छाअनुसार गर्नुपर्छ। शैतानसित मानिसहरूलाई ठग्ने थुप्रै दाउपेच छ। थुप्रै मानिसलाई त्यसले बहकाइरहेको छ।—प्रकाश १२:९.