सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १

परमेश्‍वर तपाईंलाई उहाँको मित्र हुन बोलाउनुहुन्छ

परमेश्‍वर तपाईंलाई उहाँको मित्र हुन बोलाउनुहुन्छ

परमेश्‍वर तपाईंलाई मित्र बनाउन चाहनुहुन्छ। तपाईं ब्रह्‍माण्डको सबैभन्दा महान्‌ व्यक्‍तिको मित्र हुन सक्नुहुन्छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? धेरै समयअघिका अब्राहाम परमेश्‍वरका मित्र कहलिएका थिए। (याकूब २:२३) बाइबलमा उल्लिखित अन्य थुप्रै व्यक्‍तिले पनि परमेश्‍वरसित मित्रता गाँसे अनि प्रशस्त आशिष्‌ पाए। आज, संसारभरिका मानिसहरू परमेश्‍वरको मित्र भएका छन्‌। तपाईं पनि परमेश्‍वरको मित्र हुन सक्नुहुन्छ।

परमेश्‍वरसँगको मित्रता मानिससँगको मित्रताभन्दा उत्तम हो। परमेश्‍वरले आफ्ना वफादार मित्रहरूलाई कहिल्यै निराश पार्नु हुन्‍न। (भजन १८:२५) धनसम्पत्तिभन्दा परमेश्‍वरको मित्र हुनु उत्तम हो। धनी मानिसको सरसम्पत्ति तिनको मृत्युपछि अरूको हुन्छ। तथापि, परमेश्‍वरसित मित्रता गाँस्ने व्यक्‍तिहरूले कहिल्यै नाश नहुने धन थुपार्नसक्छन्‌।—मत्ती ६:१९.

तपाईंलाई कसै कसैले परमेश्‍वरबारे सिक्नदेखि रोक्नसक्छन्‌। तपाईंका कोही कोही मित्र तथा परिवारका सदस्यले समेत तपाईंलाई परमेश्‍वरबारे सिक्नदेखि रोक्नसक्छ। (मत्ती १०:३६, ३७) अरूले तपाईंको गिल्ला गर्दा वा धम्काउँदा आफैलाई यस्तो प्रश्‍न गर्नुहोस्‌, ‘म कसलाई खुसी पार्न चाहन्छु—मानिसलाई वा परमेश्‍वरलाई?’ यसबारे सोच्नुहोस्‌: तपाईंलाई कसैले अबदेखि खाना नखानू भन्यो भने के तपाईंले उसको कुरा सुन्‍नु हुनेछ? अवश्‍य सुन्‍नुहुने छैन! बाँच्नको निम्ति तपाईंलाई खाना चाहिन्छ। तर परमेश्‍वरले तपाईंलाई अनन्त जीवन दिन सक्नुहुन्छ! त्यसैले, परमेश्‍वरको मित्र कसरी हुने भनेर सिक्नदेखि तपाईंलाई कसैले रोक्न नसकोस्‌।—यूहन्‍ना १७:३.