सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठ १६

परमेश्‍वरलाई प्रेम देखाउनुहोस्‌

परमेश्‍वरलाई प्रेम देखाउनुहोस्‌

मित्रता कायम राख्न मित्रसित कुराकानी गर्नुपर्छ। तपाईंले मित्रको कुरा सुन्‍नुहुन्छ र उसले पनि तपाईंको कुरा सुन्छ। अनि अरूसित आफ्नो मित्रको राम्रा कुराहरू गर्नुहुन्छ। परमेश्‍वरसित मित्रता गाँस्नु पनि त्यस्तै हो। यसबारे बाइबलले के भन्छ विचार गर्नुहोस्‌:

नियमित तवरमा परमेश्‍वरसित प्रार्थनामा कुरा गर्नुहोस्‌। “प्रार्थनामा अटूटसँग लागिरहो।”—रोमी १२:१२.

परमेश्‍वरको वचन बाइबल पढ्‌नुहोस्‌। “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ।”—२ तिमोथी ३:१६.

परमेश्‍वरबारे अरूलाई सिकाउनुहोस्‌। “गएर सबै देशका जातिहरूलाई चेला बनाओ, र . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”—मत्ती २८:१९, २०.

परमेश्‍वरका मित्रहरूसित नजिक हुनुहोस्‌। “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ।”—हितोपदेश १३:२०.

राज्यभवनमा सभाहरू धाउनुहोस्‌। “प्रेम र सुकर्ममा उत्तेजित गराएर . . . एउटाले अर्कोलाई झन्‌ बढ़ता गरेर अर्ती दिंदै गरौं।”—हिब्रू १०:२४, २५.

परमेश्‍वरको राज्यसित सम्बन्धित क्रियाकलापलाई समर्थन गर्नुहोस्‌। “हरेक मानिसले आफ्नो मनमा अड़कले बमोजिम गरोस्‌, नता चित्त दुखाएर, न जरुरत भएकोले, किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.