सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं परमेश्‍वरका प्रतिज्ञाहरू पूरा भएको हेर्ने औधी इच्छा गर्नुहुन्छ?

भाग ७

परमेश्‍वरका प्रतिज्ञाहरू—सबै थोक नयाँ बनाउने

परमेश्‍वरका प्रतिज्ञाहरू—सबै थोक नयाँ बनाउने

तपाईं हेर्दै खाऊँ-खाऊँ लाग्ने स्याउ टिप्नुहुन्छ। अनि यसको मीठो बास्ना लिनुहुन्छ र टन्‍नै भरिसकेको टोकरीमा राख्नुहुन्छ। तपाईंले काम गरेको धेरै बेर भइसक्यो तैपनि तपाईंसित अझै काम गर्ने जाँगर छ। तपाईंकी आमाचाहिं नजिकै अर्को बोटबाट स्याउ टिप्दै हुनुहुन्छ र स्याउ टिप्न सघाइरहेका परिवारका अरू सदस्यहरू र साथीहरूसित कुरा पनि गर्दै हुनुहुन्छ। तपाईंकी आमा जवान देखिनुहुन्छ—तपाईंले आफू सानो छँदा उहाँलाई जस्तो देख्नुभएको थियो, ठीक त्यस्तै। बितेको संसारमा उहाँ बूढी हुँदै गएको, रोगले उहाँलाई गाँज्दै लगेको तपाईंले देख्नुभएको थियो। अनि उहाँले आफ्नो अन्तिम सास लिनुहुँदा तपाईं उहाँको हात समातेर धुरुधुरु रुनुभएको थियो। तर ती कुराहरू सम्झँदा तपाईंलाई अहिले सपनाजस्तो लाग्छ। किनभने उहाँ पुनर्जीवित भएका अरू थुप्रैजस्तै स्वस्थ अनि तन्दुरुस्त हुनुहुन्छ।

यस्ता दिनहरू अवश्‍य आउनेछन्‌ भनेर हामीलाई थाह छ। हामी यो कुरामा विश्‍वस्त छौं किनभने परमेश्‍वरका प्रतिज्ञाहरू सधैं पूरा हुन्छन्‌। आरमागेडोनको युद्धसम्म परमेश्‍वरका प्रतिज्ञाहरू निकट भविष्यमा कसरी पूरा हुनेछन्‌ भनेर हामी यस भागमा छलफल गर्नेछौं। साथै त्यो युद्धपछि पूरा हुने परमेश्‍वरको राज्यसम्बन्धी केही रोमाञ्चकारी प्रतिज्ञाहरूबारे पनि छलफल गर्नेछौं। परमेश्‍वरको राज्यले पूरै पृथ्वीभरि शासन गरेर सबै थोक नयाँ बनाएको हेर्न पाउँदा हामी कत्ति हर्षित हुनेछौं!

यस भागमा

अध्याय २१

परमेश्‍वरको राज्यले शत्रुहरूलाई नामेट पार्नेछ

आरमागेडोनको युद्धको लागि तपाईं अहिल्यैदेखि तयार रहन सक्नुहुन्छ।

अध्याय २२

परमेश्‍वरको राज्यले उहाँको इच्छा यस पृथ्वीमा पूरा गर्नेछ

यहोवाका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भनेर तपाईं किन पक्का हुन सक्नुहुन्छ?