सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबल के भन्छ?

बाइबल के भन्छ?

परमेश्‍वरको राज्य के हो?

कसै-कसैलाई परमेश्‍वरको राज्य मानिसको मनभित्रको अवस्था हो जस्तो लाग्छ; कसैलाई चाहिं विश्‍वमा शान्ति ल्याउने मानव प्रयासको नतिजा हो जस्तो लाग्छ। तपाईंलाई चाहिं कस्तो लाग्छ?

बाइबल के भन्छ?

“स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन . . . त्यसले यी सबै [मानव] राज्यहरूलाई चक्नाचूर पार्नेछ र तिनीहरूको अन्त गरिदिनेछ।” (दानियल २:४४) परमेश्‍वरको राज्य वास्तविक सरकार हो।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वरको राज्यले स्वर्गबाट शासन गर्छ।—मत्ती १०:७; लूका १०:९.

  • स्वर्ग र पृथ्वीमा आफ्नो इच्छा पूरा गर्न परमेश्‍वरले यही राज्य प्रयोग गर्नुहुन्छ।—मत्ती ६:१०.

परमेश्‍वरको राज्य कहिले आउनेछ?

तपाईं के भन्‍नुहुन्छ?

  • कसैलाई पनि थाह छैन

  • चाँडै आउँछ

  • कहिल्यै आउँदैन

बाइबल के भन्छ?

“सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” (मत्ती २४:१४) परमेश्‍वरको राज्यको सुसमाचार सारा पृथ्वीभरि प्रचार भएपछि त्यस राज्यले यस दुष्ट युगको अन्त गर्नेछ।

हामी बाइबलबाट अरू के सिक्न सक्छौं?

  • परमेश्‍वरको राज्य ठ्याक्क कहिले आउनेछ भनेर पृथ्वीमा कसैलाई पनि थाह छैन।—मत्ती २४:३६.

  • बाइबल भविष्यवाणीले परमेश्‍वरको राज्य चाँडै आउँछ भनेर देखाउँछ।—मत्ती २४:३, ७, १२.