सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

भाग ६ को परिचय

भाग ६ को परिचय

इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पुगेपछि वासस्थान साँचो उपासनाको केन्द्र भयो। पुजारीहरूले व्यवस्था सिकाए र न्यायकर्ताहरूले इस्राएललाई डोऱ्‍याए। यस भागमा कुनै मानिसको निर्णय र कामले अरूमा पार्ने गहिरो असरबारे बताइएको छ। सबै इस्राएली यहोवा र अरू इस्राएलीप्रति वफादार हुनुपर्थ्यो। दबोरा, नाओमी, यहोसु, हन्‍ना, यिप्तहकी छोरी र समुएलले सारा समुदायमाथि पारेको प्रभावबारे बताउनुहोस्‌। परमेश्‍वर इस्राएलीहरूको साथमा हुनुहुन्छ भनेर थाह भएकोले राहाब, रुथ, याएल र गिबोनीहरूजस्ता गैर-इस्राएलीहरूले समेत इस्राएलीहरूको पक्ष लिएको कुरामा जोड दिनुहोस्‌।

यस भागमा

पाठ २९

यहोवा परमेश्‍वरले यहोसुलाई रोज्नुभयो

परमेश्‍वरले यहोसुलाई दिनुभएका निर्देशनहरूले अहिले हामीलाई पनि मदत गर्छन्‌।

पाठ ३०

राहाबले जासुसहरूलाई लुकाइन्‌

यरिहोको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो। तर राहाबको घर पर्खालमाथि बनाइएको भए तापनि त्यसलाई केही भएन।

पाठ ३१

यहोसु र गिबोनीहरू

‘हे सूर्य, अडिरह!’ भनेर यहोसुले प्रार्थना गरे। के परमेश्‍वरले तिनको प्रार्थनाको जवाफ दिनुभयो?

पाठ ३२

नयाँ नाइके र दुई साहसी स्त्री

यहोसुको मृत्युपछि इस्राएलीहरूले मूर्ति पुज्न थाले। तिनीहरूको जीवन कष्टकर भयो तर यहोवाले न्यायकर्ता बाराक, भविष्यवक्‍ता दबोरा अनि याएल र पालको किला चलाएर मदत गर्नुभयो।

पाठ ३३

रुथ र नाओमी

आ-आफ्नो पति गुमाएका दुई स्त्री इस्राएल फर्किए। तीमध्ये एक जना रुथ खेतमा काम गर्न गइन्‌ र त्यहाँ तिनलाई बोअजले याद गरे।

पाठ ३४

गिदोनले मिद्यानीहरूलाई हराए

मिद्यानीहरूले धेरै दुःख दिएपछि इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई गुहारे। गिदोनको सानो सेनाले शत्रुहरूको १ लाख ३५ हजार सिपाहीलाई कसरी हरायो?

पाठ ३५

हन्‍ना एउटा छोराको लागि प्रार्थना गर्छिन्‌

एल्कानाले हन्‍ना, पनिन्‍नाह र छोराछोरीलाई वासस्थानमा उपासना गर्नको लागि सिलो लगे। त्यहाँ हन्‍ना एउटा छोराको लागि प्रार्थना गर्छिन्‌। एक वर्षपछि उनले समुएललाई जन्माइन्‌!

पाठ ३६

यिप्तहको भाकल

यिप्तहले कस्तो भाकल गरे र किन? यिप्तहकी छोरीले उनको बुबाको भाकल सुनेपछि के गरिन्‌?

पाठ ३७

यहोवा परमेश्‍वर समुएलसित बोल्नुहुन्छ

प्रधानपुजारी एलिका दुई छोरा वासस्थानको पुजारी थिए तर तिनीहरू यहोवा परमेश्‍वरको नियम पालन गर्दैनथे। ठिटो समुएल भने फरक थिए। यहोवा परमेश्‍वर समुएलसित बोल्नुभयो।

पाठ ३८

यहोवा परमेश्‍वरले सिमसोनलाई बल दिनुभयो

पलिस्तियालीहरूसित लड्‌न परमेश्‍वरले सिमसोनलाई बलियो बनाउनुभयो तर सिमसोनको एउटा गलत निर्णयको कारण पलिस्तियालीहरूले तिनलाई पक्रे।