सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कथा ७

साहसी मान्छे

साहसी मान्छे

पृथ्वीमा मान्छे बढ्‌दै गएपछि धेरैजसोले कयिनले जस्तै नराम्रो काम गर्न थाले। तर एक जना मान्छे भने बेग्लै थियो। उसको नाउँ हनोक थियो। हनोक साहसी थियो। अरूले असाध्यै नराम्रो काम गरे तापनि हनोकले चाहिं परमेश्‍वरलाई मनपर्ने काम गरिरह्‍यो।

त्यतिखेरका मान्छेहरू किन धेरै नराम्रो काम गर्थे, तिमीलाई थाह छ? आदम र हव्वालाई कसले रूखको फल खान लगायो, सोच त। हो, एउटा खराब स्वर्गदूतले। बाइबलले त्यसलाई शैतान भन्छ। त्यसले आदम र हव्वालाई परमेश्‍वरको आज्ञा तोड्‌न लगायो। त्यसले अरूलाई पनि खराब बनाउन खोज्छ।

एकदिन यहोवा परमेश्‍वरले हनोकलाई एउटा कुरा भन्‍न लगाउनुभयो। तर मान्छेहरू उसको कुरा सुन्‍न चाहँदैन थिए। त्यो कुरा थियो: ‘एकदिन परमेश्‍वरले सबै खराब मान्छेहरूलाई नाश गर्नुहुनेछ।’ यो सुनेर उनीहरूलाई हनोकसित असाध्यै रिस उठ्यो। उनीहरूले हनोकलाई मार्न पनि खोजे। परमेश्‍वरले भन्‍नुभएको कुरा बताउन हनोक धेरै साहसी हुनुपरेको थियो।

थुप्रै मान्छे खराब भएकोले परमेश्‍वरले हनोकलाई धेरै दिनसम्म राख्नुभएन। हनोक ३६५ वर्षसम्म मात्र बाँचे। किन “३६५ वर्षसम्म मात्र” भनेको? किनभने त्यतिखेर मान्छेहरू अहिलेभन्दा धेरै बलिया हुन्थे। उनीहरू धेरै समयसम्म बाँच्थे। हनोकको छोरा मतूशेलह त ९६९ वर्षसम्म बाँचे!

तर हनोक मरेपछि मान्छेहरू झन्‌झन्‌ खराब हुँदै गए। बाइबलले ‘उनीहरूले सोचेको सबै कुरा हरसमय खराब मात्र हुन्थ्यो’ र ‘पृथ्वी हिंसाले भरिएको थियो’ भन्छ।

त्यतिबेला पृथ्वीमा यत्ति धेरै गोलमाल किन भयो, तिमीलाई थाह छ? किनकि शैतानले मान्छेहरूलाई खराब कुरा गर्न लाउन एउटा नयाँ तरिका भेट्टाएको थियो। यस विषयमा ल्याउँछन्‌अब हामी अर्को कथा पढौं है